२९ चैत्र २०८२, आइतबार

वीर अस्पतालका लेखा अधिकृत दाहालविरुद्ध भ्रष्टाचार मुद्दा, विशेष अदालतमा आरोपपत्र दायर


अ+
अ-

काठमाडौं, चैत २५। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत वीर अस्पतालमा कार्यरत लेखा अधिकृत ढुण्डी राज दाहालविरुद्ध घुस/रिसवत लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगका अनुसार दाहालले विभिन्न सप्लायर्स कम्पनी तथा ठेकेदारहरूबाट भुक्तानी प्रक्रिया सहजीकरण गरिदिने बहानामा घुस रकम लिएको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो। सोही क्रममा आयोगको टोलीले उनलाई कार्यकक्षबाटै नगद रु.१ लाख २० हजार ८५० सहित नियन्त्रणमा लिएको जनाएको छ।
अनुसन्धानबाट दाहालले अस्पतालको आन्तरिक स्रोतबाट भुक्तानी दिने क्रममा गैरकानुनी लाभ लिने उद्देश्यले योजनाबद्ध रूपमा सेवाग्राहीसँग मोलमोलाई गरी रु.९३ हजार ८५० घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ।
उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ (१) बमोजिमको कसुर ठहर गर्दै आयोगले सोही बराबर बिगो कायम गरी कैद तथा जरिवानाको मागदाबी सहित विशेष अदालत काठमाडौं मा आरोपपत्र दायर गरेको हो।
आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीद्वारा जारी विज्ञप्तिमा सार्वजनिक निकायमा हुने अनियमितता नियन्त्रणका लागि निगरानी कडाइका साथ जारी रहने उल्लेख गरिएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
"अभिनव-छ्योर्तेन-मुसुरी बौद्धदर्शन तथा साहित्य सम्मान २०८२" बाट बसन्त महर्जन सम्मानित

"अभिनव-छ्योर्तेन-मुसुरी बौद्धदर्शन तथा साहित्य सम्मान २०८२" बाट बसन्त महर्जन सम्मानित

बुद्ध र बौद्ध दर्शनसम्बन्धी निरन्तर अध्ययन, अनुसन्धान तथा लेखनबापत आज बसन्त महर्जन "अभिनव-छ्योर्तेन-मुसुरी बौद्धदर्शन तथ...

हिमाल र महासागरको भविष्य एकै छ : परराष्ट्र मन्त्री खनाल

हिमाल र महासागरको भविष्य एकै छ : परराष्ट्र मन्त्री खनाल

नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले हिमाल र महासागरको अस्तित्व एक–अर्कासँग अभिन्न रूपमा जोडिएको बताउँदै जलवायु परिवर्त...

इन्धन अभावका कारण दिइएको २ दिने बिदा : चिकित्सक संघ भन्छ- आइतबार ओपीडी खाेल्न सकिन्न

इन्धन अभावका कारण दिइएको २ दिने बिदा : चिकित्सक संघ भन्छ- आइतबार ओपीडी खाेल्न सकिन्न

सरकारले इन्धन अभावका कारण शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरे पनि अस्पतालहरूमा आइतबार ओपीडी सेवा सञ्चालन गर्न...

अध्यागमन विभागद्वारा भ्रमको अन्त्य: प्रस्थानका लागि थप बिल/रसिद चाहिँदैन

अध्यागमन विभागद्वारा भ्रमको अन्त्य: प्रस्थानका लागि थप बिल/रसिद चाहिँदैन

नेपाल सरकार, अध्यागमन विभागले वैदेशिक रोजगारीको सिलसिलामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गर्ने नेपाली श्...

शून्य बाँकी फाइल सप्ताह’ अभियानका लागि  सरकारको मार्गदर्शन

शून्य बाँकी फाइल सप्ताह’ अभियानका लागि सरकारको मार्गदर्शन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी कार्यालयहरूमा लामो समयदेखि रोकिएका फाइलहरूको टुंगो लगाउन ‘शून्य बाँक...

नासाको आर्टेमिस द्वितीयको ऐतिहासिक सफलता: मानवसहित चन्द्रमाको परिक्रमा गरी पृथ्वीमा सुरक्षित फिर्ता

नासाको आर्टेमिस द्वितीयको ऐतिहासिक सफलता: मानवसहित चन्द्रमाको परिक्रमा गरी पृथ्वीमा सुरक्षित फिर्ता

नासाको बहुप्रतिक्षित आर्टेमिस द्वितीय मिसनले मानवलाई चन्द्रमाको वरिपरि सफलतापूर्वक घुमाएर पृथ्वीमा सुरक्षित फर्काउँदै अन...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्