५ असोज २०८३, सोमबार

'आइज टु एज’अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी शुरू

अ+
अ-

काठमाडौं, फागुन २७ गते । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका समसामयिक चित्रकला विभाग र शिल्प–हस्तकला विभागको सहकार्य तथा कोचिन फाइनआर्ट क्लब, भारतको आयोजनामा ‘आइज टु एज’अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी बुधबार सुरू भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले नेपाल र भारतबिचको सांस्कृतिक सम्बन्ध प्राचीन विरासतदेखि नै गहिरो रहेको तथा हिमवत्खण्डदेखि नै दुई देशबिच भाइचाराको सम्बन्ध कायम रहेको उल्लेख गर्दै वैदिक कालदेखि नै सांस्कृतिक र कलात्मक सूत्रहरू जोडिँदै आएको र दक्षिण एसियाली कलामा यसको उल्लेखनीय प्रतिविम्ब देखिने बताए ।
भारतीय कलाकार एवं प्रदर्शनीका क्युरेटर मनाेज भि दिल्लीले प्रतिष्ठानसँगको सहकार्यमा यस कार्यक्रम गर्न पाएकोमा खुसी व्यक्त गर्दै नेपाल र भारतबिच परम्परागत रूपमा कला र संस्कृतिका धेरै विषयहरू मिल्दाजुल्दा भएकाले कार्यक्रम प्रभावकारी भएको बताए ।
यसै गरी, कार्यक्रमका संयोजक एवं प्रतिष्ठानका शिल्प–हस्तकला विभाग प्रमुख अरुणा हिङमाङले यस किसिमका प्रदर्शनीले दुई देशको कला, संस्कृतिको आदानप्रदानमा सहयोग पुग्ने विचार व्यक्त गरे ।
प्रतिष्ठानका समसामयिक चित्रकला विभाग प्रमुख सञ्जय बान्तवाले प्रदर्शनी कोचिनसँगको सहकार्यले आगामी दिनमा यस्ता कार्यक्रम सञ्चालन गर्न थप ऊर्जा र प्रेरणा मिलेको बताएका थिए ।
नेपाल, भारत र बङ्गलादेशका कलाकारका ३० कलाकृति रहेको यस प्रदर्शनी फागुन ३० गतेसम्म चल्ने छ ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन

विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन

विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन...

बंगालको खाडीको न्यून चापीय क्षेत्रका कारण वर्षाको सम्भावना, सतर्क रहन आग्रह

बंगालको खाडीको न्यून चापीय क्षेत्रका कारण वर्षाको सम्भावना, सतर्क रहन आग्रह

बंगालको खाडीको न्यून चापीय क्षेत्रका कारण वर्षाको सम्भावना, सतर्क रहन आग्रह...

प्रसुती विदा: गिट्टी कुट्ने आमादेखि सरकारी जागिरेसम्म लाभान्वित हुने कानुन बनाउन जोड

प्रसुती विदा: गिट्टी कुट्ने आमादेखि सरकारी जागिरेसम्म लाभान्वित हुने कानुन बनाउन जोड

प्रसुती विदा: गिट्टी कुट्ने आमादेखि सरकारी जागिरेसम्म लाभान्वित हुने कानुन बनाउन जोड...

सुशासन र विपद् पूर्वतयारीलाई सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री शाह

सुशासन र विपद् पूर्वतयारीलाई सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री शाह

सुशासन र विपद् पूर्वतयारीलाई सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री शाह...

बाढीबाट प्रभावित बालबालिकाको संरक्षणमा परिषद् र एमआईटीबीच समझदारी

बाढीबाट प्रभावित बालबालिकाको संरक्षणमा परिषद् र एमआईटीबीच समझदारी

बाढीबाट प्रभावित बालबालिकाको संरक्षणमा परिषद् र एमआईटीबीच समझदारी...

भोटेकोशी बाढीमा ४ हजार १९५ जनाको हवाई उद्धार

भोटेकोशी बाढीमा ४ हजार १९५ जनाको हवाई उद्धार

भोटेकोशी बाढीमा ४ हजार १९५ जनाको हवाई उद्धार...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्