२९ चैत्र २०८२, आइतबार

कलाको भाषामा अन्तर्दृष्टि


अ+
अ-

"कला त्यहाँबाट सुरु हुन्छ जहाँ शब्दहरू समाप्त हुन्छन्..." याे चित्रकला तथा सेरामिक कलाका कलाकार संगी श्रेष्ठकाे भनाइ हाे । "कलाकाे कुनै निश्चित आकार मात्र हुँदैन" याे हाे संगीकाे बुझाई, कलाका सन्दर्भमा । यही भएर उनकाे कलामा मान्छेकाे अनुहार गाेलाे हाेइन आयाताकार बन्छ । उनकाे कला हेर्नेहरू त्यही आयाताकार अनुहारलाई विभिन्न अनुमान गरेर राेमाञ्चित हुन पुग्छन् । उनका कला हेर्ने दर्शकले आयाताकार अनुहारलाई कलम, कुची वा अन्य केही अनुमान लगाउन सक्छन् तर उनी भन्छिन् "याे मेराे चित्रकलाकाे अमूर्त अनुहार हाे, मेराे स्टाइल हाे ।" उनी राताे साना धर्कालाई देखाउँदै स्पष्ट पार्छिन्-" हेर्नुस् न, याे मुख हाे, नाक छ, आँखा अनि टीका पनि छ ।" उनले चित्रकला शुरू गरेदेखि नै यही शिल्पलाई पछ्याउँदै आएकी छन् ।

त्यही आयाताकार अनुहारलाई रेखांकन गर्न बनाईएका काला रेखाहरूले दुःख, नराम्रा तथा अँध्यारो पक्षलाई जनाउने गर्दछ भने सेता धर्सोले खुशी, आशा, राम्रो, उज्यालो पक्षलाई प्रतिनिधित्व गर्ने संगी बताउँछिन् । हामीभित्र रहेकाे अथाह शक्ति , संभावना, खुशी, सकारात्मक पक्षलाई हामीले निकाल्दै जानू पर्ने तर हामी आफैले दबाउने गरेकाे कुरालाई उनले आफ्ना अधिकांश चित्रमा देखाउने गरेकी छन् ।

हो, कलाकार संगी श्रेष्ठको ‘अन्तर्दृष्टि’ कला प्रदर्शनी काठमाडौंमा भइरहेको छ, छायाँ सेन्टर । दुइचोटी एकल प्रदर्शनी आयाेजना गरिसकेकी संगीले विगत तीन वर्षभित्र आफूमा भएका, अनुभूत गरिएका, भाेगेका सुख, दुःख, सफलता, आशा, निराशा सबैलाई यीनै कलाकृतिमा पाेखेकी छिन् । उनी भन्छिन्- "यो प्रदर्शनी नितान्त मेरो मात्र होइन हाम्रो साझा अनुभूति हो। प्रत्येक कलाकृति ऐनाजस्तै हो, यसले तपाईंका भावना र आत्मीय खोजको समष्टिगत रुपलाई तपाईंसामु प्रस्तुत गर्दछ।"

संगी कला आफ्नो लागि केवल दृश्य अभिव्यक्ति मात्र नभएर यो आन्तरिक पीडाको ओखती, ध्यानको एक रूप, ऊर्जाको खोज, अनि आत्म-खोजतर्फको गहिरो यात्राकाे रूपमा लिन्छिन् । र, त आमा बिरामी भएर स्याहार गर्दा हाेस् वा जैविक रूपमा छाेेडेर गएपछिकाे पीडामा- उनकाे आँखाबाट आँसु त बग्याे नै, दिल- दिमागमा फुरेकाे कला कुचीबाट आकार लिंदै गयाे । तिनै सृजनालाई उनले प्रदर्शनीमा समेटेकी थिइन् ।

आध्यात्म वास्तवमा यो सृष्टिका सम्पूर्ण अस्तित्वहरूलाई एकआपसमा कुनै उच्च शक्तिसंग बांधेर राख्ने एउटा सूक्ष्म धागो हो जस्तो लाग्छ उनलाई । उनका केही सिर्जना यही आध्यात्मिक सम्बन्धमा आधारित छ, जसलाई करुणा, सत्य र सेवाको भावनाले मार्गदर्शन गर्ने उनी बताउँछिन् । यी मूल्य र मान्यताहरूलाई उनी कलामार्फत अभिव्यक्त गर्ने गर्छिन् । तीव्र गतिमा चलिरहेको कोलाहलबीचको हाम्रो आधुनिक जीवनमा आधार र स्थिरता प्रदान गर्न यी मार्गदर्शक हुन सक्छन् भन्नेमा उनी विश्वास राख्छिन।

उनले बाेधिसत्व ताराकाे थुप्रै चित्र सिर्जना गरेकी छन् ।तारामा ममता, माया, करूणा, सकारात्मकता, नवीनताजस्ता पक्षलाई उजागर गरेकी छन् । ती तारामा उनी आमाकाे रूप देख्छिन् । घरकी कान्छि छाेरी संगीले चित्रकला बनाउँदै गर्दा उनकी आमा पछाडिबाट हेरेर बस्थिन्, विवाहपछि भिडियाे कल गरेरै पनि बनाएकाे हेरेर बस्थिन् । उनकाे चित्रकला यति जीवन्त छन् कि कलाका पारखी दर्शक लाखौं पर्ने चित्रकला पनि सरक्कै किन्न कञ्जुस्याई गर्दैनन् । संगीका अनुसार अधिकांश चित्रकला यसका पारखी संकलकहरूले खरिद गर्ने गरेका छन् ।

प्रदर्शनी हेर्न आएका कतिपय दर्शक भावुक भएर ह्वाँह्वाँ रून थाल्छन् । एक पटककाे प्रदर्शनीमा पनि एक महिला चित्र हेर्दाहेर्दै रून थालिन् । विदेशबाट फर्केकी ती महिला किन राेएकी भन्ने जिज्ञासा हुनु स्वाभाविक हो । भएको के रहेछ भने, ती महिलाले "आफ्नो जीवन अब यति नै हो, यहाँभन्दा अगाडि केही छैन, यस्तै हो" भन्ने साेच्ने गरेकी रहेछ तर संगीको उक्त चित्रकला हेर्दै उनी त्यही चित्रकलामा समाहित हुन पुगिछन् र आत्मसात गरिछन् । उक्त चित्रकला किनेर लगिन् मात्र होइन, जीवनलाई फेरि बढाइन् । उनी अहिले पनि संगीलाई बरोबर सम्पर्क गरिरहन्छिन् ।

कलाकारिताकाे पारिवारिक माहाेलले संगीलाई याे पेशामा अगाडि बढ्न अझ सघाएकाे छ । अर्थात, कार्टुनिष्ट श्रीमान अविन श्रेष्ठ तथा छाेरीले पनि बाल कलाकारकाे रूपमा एउटा चित्रकला प्रदर्शनी गरिसकेकी छिन् ।
संगी विश्वास गर्छिन्, "कलाको भाषा शब्दभन्दा पर हुन्छ। यसले प्रत्येक व्यक्तिलाई आफ्नै तरिकाले प्रभाव पारिरहेको हुन्छ। प्रत्येक ब्रस स्ट्रोक, प्रत्येक माटोको आकारमा भावना समाहित हुन्छ। मेरा सिर्जनाहरू व्याख्यामा सीमित होस् भन्ने म चाहन्न । ।"

संगीको कलाचेतमा दार्शनिक चेत पनि पाइन्छ । बज्रयानी बौद्ध दर्शनमा ताराहरुको उल्लेख विशेष रुपमा हुन्छ र आफ्नो कलामा ती ताराहरुलाई मनग्य ठाउँ दिएकी छन् तर बज्रयानी बौद्ध धर्ममा उल्लेख हुने ताराहरुलाई हुबहु उतारेकाे भने पाइन्न। बौद्ध कलालाई आफ्नो आधुनिक कलामा उतार्दा उनले आफ्नै सोच तथा सृजना घुसारेको पाइन्छ । उदाहरणका लागि; ताराहरुले पनि एउटा आँखा चिम्लेका हुन्छन् । अरु त अरु, सात वटा आँखा भएकी सप्तलोचनी तारालाई आफ्नो क्यानभासमा उतार्दा पनि एउटा आँखा चिम्लेकै पाइन्छ । किन त ? उनी स्पष्ट पार्छिन्- "तारा आमा हुन्, आमाले कतिपय अवस्थामा राम्रो होस् भनेर आँखा चिम्लनु पनि हुन्छ ।"

उनी भन्छिन्, चित्रकला हेरेर आफ्नै तरिकाले बुझ्ने हाे, केही कुरा त आफै खोज्नु पर्छ, आफै देख्नु पर्छ, सबै कुरा किन देखाउने ? उनी चाहन्छिन्, "चित्रकलाले दर्शकसँग सहज रूपमा सीधा भावनात्मक र आत्मिक रूपमा संवाद गरोस्, आफ्नो किसिमले बुझून् भन्ने चाहन्छु ।" उनी अगाडि भन्छिन्- "मेरा सिर्जनाहरूले दर्शकसँग आफै संवाद गरोस् भन्नेतर्फ जोड दिन्छु। दर्शकहरू पूर्व धारणाविना कलादिर्घामा आऊन् र यी कलाकृतिमा आफ्ना आन्तरिक संसार र भावनाहरू सहज रूपमा महसुस गरून्।"

उनकाे चित्रकलामा आफ्नै मौलिक शैलीमा कलाकृतिहरु रचना गरिन्छन्, जहाँ आयत, वर्ग र बहुभुजजस्ता ज्यामितीय रूपहरू प्रयोग हुन्छन्। जसले आधुनिक मानवीय यान्त्रिक जीवन तर्फ संकेत गर्छ। उनी पत्र-पत्र रङ, टेक्स्चरका तहहरू प्रयोग गर्दै काम गर्छिन्, दैनिक १२ घण्टासम्म।

हाम्रा परम्परा, अनुष्ठान, आध्यात्म, मूल्य-मान्यताहरू र वातसँग सम्बन्धित विभिन्न प्रतीकहरूले आजसम्म पनि उनकाे कलात्मक यात्रामा गहिरो प्रभाव पारेको छ। ती सबले भौतिक सीमाभन्दा परको अर्थ बोकेकाे उनी मान्छिन्। "र, म ती सबैलाई आफ्नो अस्तित्वको रुपमा स्विकार्छु र सम्मान गर्छु। हाल मेरा रङ संयोजनहरु गाढा र मधुरतर्फ सरेको छ। पहिलो नजरमा गर्भभर देखिने रङ र छायाहरूभित्र शान्त शक्ति लुकेको अभास गराउँछ। यी रङहरूले पीडाको होइन गहिरो चिन्तनका भाव महसुस गराउँछन्।"- उनी आफ्नो रंग संयाेजनबारे खुल्दै भन्छिन्- "कस्तो रंग प्रयाेग गर्ने भन्ने कुरा चित्रले नै माग्छ, जतिबेला मैले राताे र कालाे रंगकाे प्रयाेग ज्यादा गरें त्यतिबेला म जीवनकाे कठीन माेडमा थिएँ ।" जसले प्रतिबिम्बको गहिराई, सहनशिलता र अन्तर्मनको शक्ति झल्काउँछ। वास्तवमा गाढा रङहरू शून्यता होइनन्। ती रङले दर्शकलाई विस्तारै गहिरो रूपमा भावनाको सतहमा पुग्न प्रेरित गर्दछ। उनी विश्वास गर्छिन्- कृतिहरूले दर्शकमाथि हावी हुँदै बोल्दैन, दर्शकसंग समानान्तर हुँदै बोल्छ।

संंगी चित्रकलाकाे मात्र संगी नभएर सेरामिक कलामा पनि पारंगत छिन् ।सेरामिकमा उनी साधारण र 'योग' मिसिएको माटोलाई आकार दिने गर्छिन्। याे प्रक्रियाले उनकाे मन मस्तिष्क र शरीरलाई समानरुपमा तालमेल गराउनको साथै एकाग्रता कायम गर्न मद्दत गरेको महसुस हुन्छ।

चित्रकला र सेरामिकले सिर्जनाको दुईवटा आयामहरुलाई महसुस गराउँछ। एउटाले गतिको तरलता र अर्कोले रूपको स्थायित्व। यी दुई माध्यम मध्ये चित्रकलामा, उनी रङ र भावनालाई स्वासजस्तै सतहमा बगोस् भन्ने सोच्छिन्। सेरामिकमा, उनी माटोलाई हातले आकार दिएर पृथ्वी भित्रको उर्जा महसुस गर्छिन। उनलाई लाग्छ, "रङको जीवन्त गति र माटोको स्थिरता एउटै अभिव्यक्तिका दुई पाटा हुन्। भावनालाई दृश्य बनाउनु र आत्मालाई स्पर्शयोग्य बनाउनु। आत्मा र शरीर, ऊर्जा र भौतिकता बीचको संयोजन जस्तै। कला निर्माणका यी दुवै प्रक्रियाहरुलाई म जीवनसंगै तुलना गर्दछु।"

उनका कृतिहरू मौनता र आध्यात्मिक जिज्ञासामा समर्पित छ- आफूसँग, अलौकिकतासँग र एकअर्कासँगको साक्षात्कार गराउने। उनी भन्छिन्- " मेरो अभ्यास कलाप्रतिको समर्पण हो। मेरा यी कलाकृतिहरू केवल रूप र आकार मात्र होइन आत्मिक पुनर्जागरणको साझा अनुभूति पनि हो जुन म यहाँहरुमा समर्पण गर्न चाहन्छु। "

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
अमिका राजथला

अन्य लेखहरू: अमिका राजथला

यस लेखकका अन्य रोचक लेखहरू
सर्वोच्च अदालतमा सपना प्रधान मल्ल कामु प्रधानन्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा सपना प्रधान मल्ल कामु प्रधानन्यायाधीश नियुक्त

सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल आजदेखि कायम मुकायम (कामु) प्रधानन्यायाधीश भएकी छिन्। प्रधानन्यायाधी...

मध्य पश्चिम युद्धको चपेटामा नेपाली बजार

मध्य पश्चिम युद्धको चपेटामा नेपाली बजार

विश्वको ऊर्जा राजधानी मानिने खाडी क्षेत्रमा भड्किएको यो सङ्कटले नेपाली बजारमा तेल र ग्यासको मूल्य मात्रै बढाएको छैन, सर्...

वायु प्रदूषण कसरी नियन्त्रण गर्ने?

वायु प्रदूषण कसरी नियन्त्रण गर्ने?

वातावरणीय संकट र विशेषगरी वायु प्रदूषणको समस्या आज नेपालका सहरहरूमा गम्भीर सार्वजनिक स्वास्थ्य चुनौतीका रूपमा देखा परेको...

एप्स्टिन काण्डः शक्तिशाली पुरुषहरूलाई सतह देखाउने पत्रकार जुली के. ब्राउन

एप्स्टिन काण्डः शक्तिशाली पुरुषहरूलाई सतह देखाउने पत्रकार जुली के. ब्राउन

जेफ्री एप्स्टिन काण्ड ! लाखौं पेजमा फैलिएको कुकृत्यको उक्त एप्स्टिन फाइलमा हालका अमेरिकी राष्ट्रपतिदेखि पूर्व राष्ट्रपति...

नेवार संस्कारमा "बाह्रा:पिकायेेगु" सूर्यदेवसँग विवाह हाे कि पूजा मात्र ?

नेवार संस्कारमा "बाह्रा:पिकायेेगु" सूर्यदेवसँग विवाह हाे कि पूजा मात्र ?

नेवार समुदायकाे संस्कृति पृथक छ, राेमाञ्चक पनि । यही कारण हुनसक्छ संस्कार-संस्कृतिकाे पहिचानमा हाेस् या व्यवहारमा- यसले ...

मन्दिरमा महिला पुजारी किन हुँदैन ?

मन्दिरमा महिला पुजारी किन हुँदैन ?

अधिकांश मन्दिरमा पूजा गर्न आउनेहरुको भीडमा महिला वर्गको वर्चश्व हुन्छ तर त्यहाँ पुजारी भने महिला हुँदैनन् । जहाँ पनि यस्...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्