काठमाडौं, माघ २० । गत वर्षको जनवरी महिनामा भन्दा यो वर्षको जनवरीमा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको सङ्ख्या १५ प्रतिशतले बढेको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२५ को जनवरीको तुलनामा यस वर्ष १५.७ प्रतिशत बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
गत वर्षको जनवरीमा ७९ हजार ९९१ पर्यटक नेपाल भित्रिएकामा यस वर्षको पहिलो महिनामै ९२ हजार ५७३ अन्तर्राष्ट्रिय आगन्तुकले नेपाल भ्रमण गरेका छन् ।
सन् २०२६ को तथ्याङ्क अनुसार पर्यटक आगमनमा शीर्ष स्थानमा रहँदै आएको भारतपछि चीन रहेको छ । कोभिडका कारण घटेका चिनियाँ पर्यटकको सङ्ख्यालाई भारतपछि अमेरिकाले उछिन्दै आएकोमा पछिल्लो समय चिनियाँ पर्यटकको आगमनमा समेत बढोत्तरी भएको छ । बोर्डका अनुसार यस वर्षको जनवरीमा भारतबाट २६ हजार ६२४ पर्यटक नेपाल आएका छन् । त्यसपछि चीनबाट नौ हजार १०१, अमेरिकाबाट आठ हजार ४०६, बङ्गलादेशबाट पाँच हजार ८१४ र अस्ट्रेलियाबाट चार हजार ९५७ पर्यटक नेपाल भित्रिएका छन् । जनवरीमा सार्क मुलुकबाट ३९ प्रतिशत पर्यटक नेपाल आएका छन् । त्यस्तै एसियाली देशबाट २६ प्रतिशत, युरोपबाट १२ प्रतिशत पर्यटक नेपाल भित्रिएका छन् ।
अन्य लेखहरू: नेवाः टाइम्स
मन्त्रिपरिषद्को निर्णय : राष्ट्रपतिद्वारा वैशाख २८ गते संसद्मा सम्बोधन, १५ मानार्थ वाणिज्य दूत पदमुक्त
मन्त्रिपरिषद्को निर्णय : राष्ट्रपतिद्वारा वैशाख २८ गते संसद्मा सम्बोधन, १५ मानार्थ वाणिज्य दूत पदमुक्त...
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ्को संवैधानिक परिषद अध्यादेश र प्रधानन्यायाधीश नियुक्तिमा आपत्ति
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ्को संवैधानिक परिषद अध्यादेश र प्रधानन्यायाधीश नियुक्तिमा आपत्ति...
वरिष्ठता उल्लंघन गर्दै चौथो वरियताका न्यायाधीश शर्मा प्रधानन्यायाधीश सिफारिस
वरिष्ठता उल्लंघन गर्दै चौथो वरियताका न्यायाधीश शर्मा प्रधानन्यायाधीश सिफारिस...
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव: देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव: देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना...
श्रम विभागद्वारा राष्ट्रिय स्तरका १२ ट्रेड युनियन खारेज
श्रम विभागद्वारा राष्ट्रिय स्तरका १२ ट्रेड युनियन खारेज...
पूर्वविशिष्ट पदाधिकारीका सवारी सुविधा छानबिनमा सरकार, गृहलाई आजै विवरण पठाउन निर्देशन
पूर्वविशिष्ट पदाधिकारीका सवारी सुविधा छानबिनमा सरकार, गृहलाई आजै विवरण पठाउन निर्देशन...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment