२९ चैत्र २०८२, आइतबार

निरन्तरकाे युद्धबीच युद्धविरामको प्रयास, तर सहमति अझै टाढा


अ+
अ-

काठमाडौं, चैत २३ । अमेरिका, इजरायल र इरानबीच जारी द्वन्द्वका बीच युद्धविरामको प्रयास तीव्र बने पनि तत्काल सहमति हुने सम्भावना अझै अनिश्चित देखिएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार पाकिस्तान, चीनलगायत देशहरूको मध्यस्थतामा अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने प्रस्ताव अघि सारिएको छ। उक्त प्रस्तावमा तत्काल युद्धविराम, हर्मुज जलडमरू पुनः खोल्ने तथा दीर्घकालीन सम्झौताका लागि दुई चरणको वार्ता समावेश गरिएको बताइएको छ।
तर, इरानले अहिलेसम्म उक्त प्रस्तावमा स्पष्ट सहमति जनाएको छैन। उसले अमेरिकी प्रस्तावलाई ‘अत्यधिक र असन्तुलित’ भन्दै अस्वीकार गर्ने संकेत दिएको अल जजिराले जनाएको छ।

यसबीच अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पलेले इरानलाई अल्टिमेटम दिँदै छिटो सहमति नगरे कडा सैन्य कारबाही गर्ने चेतावनी दिएका छन्। उनले इरानले हर्मुज जलडमरू नखोले ऊर्जा तथा पूर्वाधारमा ठूलो आक्रमण हुन सक्ने बताएकाे दि वाशिंटन पाेष्टले उल्लेख गरेकाे छ।

यद्यपि, केही कूटनीतिक स्रोतहरूका अनुसार ४५ दिनसम्मको अस्थायी युद्धविरामबारे पनि छलफल भइरहेको छ, जसले दीर्घकालीन सम्झौताका लागि आधार तयार गर्न सक्ने अनुमान गरिएको छ।

तर मैदानमा भने द्वन्द्व अझै चर्किंदो अवस्थामा छ। इजरायलले आक्रमण जारी राखेको छ भने इरानले पनि प्रतिकार गरिरहेको छ। दुवै पक्षको कठोर अडानका कारण तत्काल युद्धविराम हुने सम्भावना कमजोर देखिएको विश्लेषण गरिएको छ।
विश्लेषकहरूका अनुसार वर्तमान अवस्था “वार्ता र युद्ध सँगसँगै चलिरहेको” चरणमा पुगेको छ—जहाँ कूटनीतिक प्रयास भइरहे पनि विश्वासको कमी, कडा सर्तहरू र सैन्य दबाबका कारण सहमति तत्काल हुने सम्भावना न्यून छ
युद्धविरामको प्रयास सक्रिय छ, तर ट्रम्पको अल्टिमेटम, इरानको कडा अडान र मैदानमा जारी आक्रमणका कारण निकट भविष्यमा स्थायी सहमति हुने सम्भावना अझै अनिश्चित देखिन्छ।

एजेन्सीको सहयाेगमा

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
"अभिनव-छ्योर्तेन-मुसुरी बौद्धदर्शन तथा साहित्य सम्मान २०८२" बाट बसन्त महर्जन सम्मानित

"अभिनव-छ्योर्तेन-मुसुरी बौद्धदर्शन तथा साहित्य सम्मान २०८२" बाट बसन्त महर्जन सम्मानित

बुद्ध र बौद्ध दर्शनसम्बन्धी निरन्तर अध्ययन, अनुसन्धान तथा लेखनबापत आज बसन्त महर्जन "अभिनव-छ्योर्तेन-मुसुरी बौद्धदर्शन तथ...

हिमाल र महासागरको भविष्य एकै छ : परराष्ट्र मन्त्री खनाल

हिमाल र महासागरको भविष्य एकै छ : परराष्ट्र मन्त्री खनाल

नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले हिमाल र महासागरको अस्तित्व एक–अर्कासँग अभिन्न रूपमा जोडिएको बताउँदै जलवायु परिवर्त...

इन्धन अभावका कारण दिइएको २ दिने बिदा : चिकित्सक संघ भन्छ- आइतबार ओपीडी खाेल्न सकिन्न

इन्धन अभावका कारण दिइएको २ दिने बिदा : चिकित्सक संघ भन्छ- आइतबार ओपीडी खाेल्न सकिन्न

सरकारले इन्धन अभावका कारण शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरे पनि अस्पतालहरूमा आइतबार ओपीडी सेवा सञ्चालन गर्न...

अध्यागमन विभागद्वारा भ्रमको अन्त्य: प्रस्थानका लागि थप बिल/रसिद चाहिँदैन

अध्यागमन विभागद्वारा भ्रमको अन्त्य: प्रस्थानका लागि थप बिल/रसिद चाहिँदैन

नेपाल सरकार, अध्यागमन विभागले वैदेशिक रोजगारीको सिलसिलामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गर्ने नेपाली श्...

शून्य बाँकी फाइल सप्ताह’ अभियानका लागि  सरकारको मार्गदर्शन

शून्य बाँकी फाइल सप्ताह’ अभियानका लागि सरकारको मार्गदर्शन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी कार्यालयहरूमा लामो समयदेखि रोकिएका फाइलहरूको टुंगो लगाउन ‘शून्य बाँक...

नासाको आर्टेमिस द्वितीयको ऐतिहासिक सफलता: मानवसहित चन्द्रमाको परिक्रमा गरी पृथ्वीमा सुरक्षित फिर्ता

नासाको आर्टेमिस द्वितीयको ऐतिहासिक सफलता: मानवसहित चन्द्रमाको परिक्रमा गरी पृथ्वीमा सुरक्षित फिर्ता

नासाको बहुप्रतिक्षित आर्टेमिस द्वितीय मिसनले मानवलाई चन्द्रमाको वरिपरि सफलतापूर्वक घुमाएर पृथ्वीमा सुरक्षित फर्काउँदै अन...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्