छोडिएका, विदेशिएका र बिर्सिएका बाबुहरू


अ+
अ-
भाद्र कृष्ण औँशी, नेपाली समाजमा कुशे औँशी भनेर चिनिने विशेष दिन। यसलाई “बा को मुख हेर्ने दिन” पनि भनिन्छ। यो दिन घर–घरमा पवित्र घाँस कुश स्थापना गरिन्छ। कुशलाई वैदिक परम्परामा अत्यन्तै शुद्ध मानिन्छ। श्राद्ध, संकल्प, पूजा–पाठ, हवनमा यसको प्रयोग हुन्छ। विश्वास गरिन्छ – घरमा कुश राख्दा वातावरण शुद्ध हुन्छ, पितृ प्रसन्न हुन्छन् र सन्तानलाई दीर्घायु आशीर्वाद मिल्छ भन्ने धारणा छ ।

यसै दिनले हामीलाई बाबु–आमाको जीवितै सेवा गर्ने, मायालु सम्बन्ध कायम गर्ने गहिरो सन्देश दिन्छ।

बाबु नभएका बालबालिकाको पीडा

समाजमा धेरै बालबालिका छन् जसले कहिल्यै आफ्ना बाबुको अनुहार देख्न पाएनन्। कसैको बाबुको निधन भयो, कसैका जन्मदिने बाबु बेपत्ता भए, कसैलाई भने छोडेर अर्कै बाटो लागे। उनीहरूको लागि बा को मुख हेर्ने दिन शब्द नै हृदयमा तिखो बाणझैँ हुन्छ ।

विदेशिएका बाबु र खोसिएको बाल्यकाल

नेपालको हालको अवस्था हेर्दा लाखौँ बाबुहरू रोजगारीका लागि विदेशिएका छन्। औँशीमा छोराछोरीले न त बाबुको हात समाउन पाउँछन्, न त आशीर्वाद लिन। मोबाईल वा भिडियो कलले मात्र त्यो दूरी कम गर्दैन। बाबुको काँधमा चढेर मेलापात हेर्ने सपना, खेतबारीमा काम गर्ने अनुभव – यी सबै अवसर खोसिएका छन् । औँशीको दिन कुस राखे पनि, बाबु नजिकै नहुँदा त्यो संस्कार कता कता आफैमा अधुरो लाग्छ।

बिर्सिएका र बेवास्ता गरिएका बाबु

अझै दुखद कुरा के छ भने कतिपय बाबुहरू आफ्नै परिवारभित्र बिर्सिएका छन्। कोही वृद्धाश्रम पुगेका छन्, कोही आफ्नै घरमा भए पनि बेवास्ता गरिएका छन्, हेला भएका छन् । जीवित हुँदा बाबुलाई माया, सेवा र सम्मान नगर्ने तर कुशे औँशीमा फोटोमा फूल चढाएर मात्र “बा को मुख हेरेँ” भन्ने हाम्रो प्रवृत्ति समाजको कटु यथार्थ यहीँ हो ।

आज हामीले प्रश्न गर्नैपर्छ – के कुश राखेर मात्र पितृ ऋण तिर्न सकिन्छ ? कि बाबु जीवित रहँदासम्म उहाँलाई माया, सेवा र सम्मान गर्नु नै साँचो पितृधर्म हो ?

“बा भन्ने शब्दले नछुने घाउ हुन्छ” – कुनै बालबालिकाका लागि, कुनै आमाका लागि, र कतिपय वृद्ध बाबुहरूका लागि पनि। कुशे औँशीले केवल परम्परा मात्र होइन, जिम्मेवारी पनि सम्झाउँछ। कुश राखेर पितृलाई सम्झनु महत्त्वपूर्ण छ तर जीवित बाबुलाई माया, स्नेह र साथ दिनु नै अझ ठूलो धर्म हो।

 

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
Amrita Ghimire

More from Amrita Ghimire

Explore more articles by this author
अनाथ बच्चा: आमाको मात्र दोष कि पुरुषको गैरजिम्मेवारी पनि ?

अनाथ बच्चा: आमाको मात्र दोष कि पुरुषको गैरजिम्मेवारी पनि ?

उर्लाबारी मोरङस्थित अरनिको अस्पतालको शौचालयमा केहि दिन अगाडि सालनालसहित फेला परेको नवजात शिशुको घटनाले फेरि समाजलाई झस्क...

Teej, Shringar and our dual character society

Teej, Shringar and our dual character society

As Teej approaches, different scenes are seen on social media - on one hand, women dressed in colorful clothes and danci...

भगवान श्रीकृष्ण : आधुनिक समाजका लागि अमृत सन्देश

भगवान श्रीकृष्ण : आधुनिक समाजका लागि अमृत सन्देश

हिन्दु धर्मको हजारौँ वर्षको आध्यात्मिक धरोहरमा, भगवान श्रीकृष्ण एक अमूल्य मणि हुन्। उनको जीवन केवल धार्मिक कथा होइन, ज्ञ...

कृष्ण जन्मष्टमीको नाममा विद्यालयको विकृत व्यवहार

कृष्ण जन्मष्टमीको नाममा विद्यालयको विकृत व्यवहार

अमृता घिमिरे कृष्ण जन्माष्टमी आउन साथ बालबालिकालाई राधाकृष्णको भेषमा सजाउने होडबाजी हुन्छ। देशका धेरै विद्यालयहरूमा चल्न...

सामाजिक सञ्जालमा सेलिब्रेटी बनाउने प्रतिस्पर्धाले जोखिममा बालबालिका

सामाजिक सञ्जालमा सेलिब्रेटी बनाउने प्रतिस्पर्धाले जोखिममा बालबालिका

सेलिब्रेटी बनाउने होडबाजी भनेको मात्रै प्रसिद्धि र पैसा कमाउने चक्कर होइन यो बालबालिकाको भविष्य र समग्र विकासको लागि खतर...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्