भर्ना शुल्क असुलीमा मनपरी नगर्न विद्यालयलाई सरकारको चेतावनी


अ+
अ-

काठमाडौं, चैत २२ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय ले देशभरका केही संस्थागत विद्यालयहरूले कानुन विपरीत विद्यार्थी भर्ना तथा शुल्क असुली गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार शिक्षा नियमावली, २०५९ (संशोधनसहित) तथा सर्वोच्च अदालत को आदेश विपरीत नयाँ शैक्षिक सत्र २०८३ सुरु नहुँदै विद्यार्थी भर्ना गर्ने र मनपरी शुल्क उठाउने कार्य भएको पाइएको छ।
मन्त्रालयले यस्तो गतिविधि गैरकानुनी भएको स्पष्ट गर्दै सबै विद्यालयलाई कानुनी व्यवस्था पालना गर्न निर्देशन दिएको छ। नयाँ शैक्षिक सत्र सुरु भएपछि मात्र भर्ना प्रक्रिया सञ्चालन गर्नुपर्ने तथा तोकिएको मापदण्डअनुसार मात्र शुल्क लिन पाइने व्यवस्था रहेको विज्ञप्तिमा उल्लेख छ।
त्यसैगरी, शिक्षा तथा मानव स्रोत विकास केन्द्र ले निर्धारण गरेको मापदण्डअनुसार बाहेक अतिरिक्त शुल्क लिन नपाइने मन्त्रालयले जनाएको छ।
मन्त्रालयले अभिभावकबाट असुल गरिएको गैरकानुनी शुल्क फिर्ता गर्न सम्बन्धित विद्यालयलाई निर्देशन दिँदै स्थानीय तहलाई समेत आवश्यक अनुगमन र कारबाही प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।
तोकिएको समयभित्र शुल्क फिर्ता नगर्ने तथा नियम उल्लंघन गर्ने विद्यालयलाई शिक्षा ऐन २०२८ लगायत प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी मन्त्रालयले दिएको छ।
मन्त्रालयले सबै सरोकारवालालाई कानुनको पालना गर्न आग्रह गर्दै शिक्षा क्षेत्रमा अनुशासन, पारदर्शिता र उत्तरदायित्व कायम गर्न जोड दिएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
विपद् सूचना तथा गुनासोका लागि अब १२३४ नम्बर सञ्चालनमा

विपद् सूचना तथा गुनासोका लागि अब १२३४ नम्बर सञ्चालनमा

विपद् सूचना तथा गुनासोका लागि अब १२३४ नम्बर सञ्चालनमा...

झ्याप्प–झ्याप्प बत्ती जाने समस्याको जरो कहाँ छ ?

झ्याप्प–झ्याप्प बत्ती जाने समस्याको जरो कहाँ छ ?

झ्याप्प–झ्याप्प बत्ती जाने समस्याको जरो कहाँ छ ?...

झ्याप्प–झ्याप्प बत्ती जानु नेतृत्व अभावको परिणाम, प्राविधिक समस्या मात्र होइन : कुलमान घिसिङ

झ्याप्प–झ्याप्प बत्ती जानु नेतृत्व अभावको परिणाम, प्राविधिक समस्या मात्र होइन : कुलमान घिसिङ

झ्याप्प–झ्याप्प बत्ती जानु नेतृत्व अभावको परिणाम, प्राविधिक समस्या मात्र होइन : कुलमान घिसिङ...

नवनियुक्त मुख्यसचिव गोविन्दबहादुर कार्कीलाई स्वागत

नवनियुक्त मुख्यसचिव गोविन्दबहादुर कार्कीलाई स्वागत

नवनियुक्त मुख्यसचिव गोविन्दबहादुर कार्कीलाई स्वागत...

सुकुम्बासीको मानवअधिकार संरक्षण गर्न राष्ट्रिय मानवअधिकार आयोगको सरकारलाई निर्देशन

सुकुम्बासीको मानवअधिकार संरक्षण गर्न राष्ट्रिय मानवअधिकार आयोगको सरकारलाई निर्देशन

सुकुम्बासीको मानवअधिकार संरक्षण गर्न राष्ट्रिय मानवअधिकार आयोगको सरकारलाई निर्देशन...

संसदीय समितिमा परराष्ट्रमन्त्रीसँग भारत–चीन भ्रमणबारे छलफल, कूटनीतिक उपलब्धि जनतासम्म पुग्नुपर्नेमा जोड

संसदीय समितिमा परराष्ट्रमन्त्रीसँग भारत–चीन भ्रमणबारे छलफल, कूटनीतिक उपलब्धि जनतासम्म पुग्नुपर्नेमा जोड

संसदीय समितिमा परराष्ट्रमन्त्रीसँग भारत–चीन भ्रमणबारे छलफल, कूटनीतिक उपलब्धि जनतासम्म पुग्नुपर्नेमा जोड...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्