नेपाल–भारत उच्चस्तरीय द्विपक्षीय वार्ता नयाँ दिल्लीमा सम्पन्न


अ
अ+
अ-

काठमाडौं, मंसिर ७ । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज नयाँ दिल्लीमा उच्चस्तरीय द्विपक्षीय वार्ता भएको छ।
प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीबीच भएको वार्तामा नेपाल–भारत द्विपक्षीय सम्बन्ध तथा आपसी चासोका विषयमा छलफल भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (पीएमओ) ले जनाएको छ।
वार्तामा नेपाली प्रतिनिधिमण्डलका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, परराष्ट्र सचिव अमृतबहादुर राई र भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेलगायत सहभागी थिए।
त्यसैगरी भारतीय पक्षबाट विदेशमन्त्री डा. एस. जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, राज्यमन्त्री जितिन प्रसाद, प्रधानमन्त्री मोदीका प्रधान सचिवद्वय डा. पी. के. मिश्रा र शक्तिकान्त दास, विदेश सचिव विक्रम मिस्री, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला तथा अतिरिक्त सचिव मनु महावरलगायत सहभागी थिए।
प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री मोदीको मैत्रीपूर्ण निमन्त्रणामा दुईदिने औपचारिक भ्रमणका लागि भारत पुगेका हुन्।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
दक्षिण एसियामा वैवाहिक बलात्कारको कानुनी असमानता : नेपालमा पाँच वर्षसम्म मात्रै सजाय

दक्षिण एसियामा वैवाहिक बलात्कारको कानुनी असमानता : नेपालमा पाँच वर्षसम्म मात्रै सजाय

दक्षिण एसियामा वैवाहिक बलात्कारको कानुनी असमानता : नेपालमा पाँच वर्षसम्म मात्रै सजाय...

प्रधानमन्त्री शाह भारतको दुईदिने भ्रमणमा

प्रधानमन्त्री शाह भारतको दुईदिने भ्रमणमा

प्रधानमन्त्री शाह भारतको दुईदिने भ्रमणमा...

बालबालिकाको अधिकार संरक्षणमा सम्झौता हुँदैन : मन्त्री बादी

बालबालिकाको अधिकार संरक्षणमा सम्झौता हुँदैन : मन्त्री बादी

बालबालिकाको अधिकार संरक्षणमा सम्झौता हुँदैन : मन्त्री बादी...

Experts Urge Media to Avoid Sensationalism in Disaster Communication

Experts Urge Media to Avoid Sensationalism in Disaster Communication

Experts Urge Media to Avoid Sensationalism in Disaster Communication...

विश्वका तीन शक्तिराष्ट्रको पहिलो त्रिपक्षीय शिखर सम्मेलन, चारबुँदे ‘शान्ति घोषणापत्र’ जारी

विश्वका तीन शक्तिराष्ट्रको पहिलो त्रिपक्षीय शिखर सम्मेलन, चारबुँदे ‘शान्ति घोषणापत्र’ जारी

विश्वका तीन शक्तिराष्ट्रको पहिलो त्रिपक्षीय शिखर सम्मेलन, चारबुँदे ‘शान्ति घोषणापत्र’ जारी...

काठमाडौंका सबै क्षेत्र २४ घण्टा खुला गर्ने तयारी, तत्कालका लागि पुरानै व्यवस्था कायम

काठमाडौंका सबै क्षेत्र २४ घण्टा खुला गर्ने तयारी, तत्कालका लागि पुरानै व्यवस्था कायम

काठमाडौंका सबै क्षेत्र २४ घण्टा खुला गर्ने तयारी, तत्कालका लागि पुरानै व्यवस्था कायम...