प्रधानमन्त्री शाह भारतको दुईदिने भ्रमणमा


अ
अ+
अ-

काठमाडौं, मंसिर ६ । प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने भ्रमणका लागि आइतबार भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह नेपाल एयरलाइन्सको नियमित उडानबाट दिउँसो १ः४५ बजे नयाँ दिल्ली प्रस्थान गरेका हुन्।
प्रधानमन्त्री शाह नेतृत्वको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार असिम शाह, सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्रलगायत सहभागी छन्। भ्रमण टोलीमा उच्च सरकारी अधिकारी, व्यवसायी तथा सरकारी सञ्चारमाध्यमका तीन प्रतिनिधिसहित कुल ३५ जना सदस्य छन्।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। त्यस्तै, सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ।
वार्ताका क्रममा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
भ्रमणका अवसरमा नेपाल र भारतबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसँग सम्बन्धित सम्पन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको छ। शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासका क्षेत्रमा सहकार्य विस्तार गर्न विभिन्न समझदारीपत्र आदानप्रदान गर्ने तयारी छ।
भ्रमणको पहिलो दिन आइतबार प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्री एस. जयशंकरले शिष्टाचार भेट गर्ने कार्यक्रम छ। सोमबार प्रधानमन्त्री शाहले नयाँ दिल्लीस्थित राजघाटमा महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गर्नेछन्।
प्रधानमन्त्री शाह भ्रमण सम्पन्न गरी सोमबार साँझ ६ः३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ। प्रधानमन्त्री शाहकाे याे पहिलाे आैपचारिक विदेश भ्रमण हाे ।
भ्रमण टोली फर्किएपछि परराष्ट्रमन्त्री शिशिर खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी भ्रमणबारे जानकारी दिने कार्यक्रम छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
बालबालिकाको अधिकार संरक्षणमा सम्झौता हुँदैन : मन्त्री बादी

बालबालिकाको अधिकार संरक्षणमा सम्झौता हुँदैन : मन्त्री बादी

बालबालिकाको अधिकार संरक्षणमा सम्झौता हुँदैन : मन्त्री बादी...

Experts Urge Media to Avoid Sensationalism in Disaster Communication

Experts Urge Media to Avoid Sensationalism in Disaster Communication

Experts Urge Media to Avoid Sensationalism in Disaster Communication...

विश्वका तीन शक्तिराष्ट्रको पहिलो त्रिपक्षीय शिखर सम्मेलन, चारबुँदे ‘शान्ति घोषणापत्र’ जारी

विश्वका तीन शक्तिराष्ट्रको पहिलो त्रिपक्षीय शिखर सम्मेलन, चारबुँदे ‘शान्ति घोषणापत्र’ जारी

विश्वका तीन शक्तिराष्ट्रको पहिलो त्रिपक्षीय शिखर सम्मेलन, चारबुँदे ‘शान्ति घोषणापत्र’ जारी...

काठमाडौंका सबै क्षेत्र २४ घण्टा खुला गर्ने तयारी, तत्कालका लागि पुरानै व्यवस्था कायम

काठमाडौंका सबै क्षेत्र २४ घण्टा खुला गर्ने तयारी, तत्कालका लागि पुरानै व्यवस्था कायम

काठमाडौंका सबै क्षेत्र २४ घण्टा खुला गर्ने तयारी, तत्कालका लागि पुरानै व्यवस्था कायम...

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मंसिर ९ देखि मनाइने

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मंसिर ९ देखि मनाइने

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मंसिर ९ देखि मनाइने...

नेपाल–भारत सम्बन्ध: प्रविधिमा सहकार्य बढाउनुपर्नेमा जोड

नेपाल–भारत सम्बन्ध: प्रविधिमा सहकार्य बढाउनुपर्नेमा जोड

नेपाल–भारत सम्बन्ध: प्रविधिमा सहकार्य बढाउनुपर्नेमा जोड...