रोक्नुपर्छ नेपाल सम्बतको नाममा हुने उच्छृंखल गतिविधि


अ
अ+
अ-

नेपाल सम्बत ११४७ नयाँ वर्षको शुभकामना आदानप्रदान गर्ने काम भर्खरै सकिएको छ । अथवा भनौं नयाँ वर्ष तथा स्वन्ति नखःको ‘ह्याङ्ओभर’ सकिएको छैन । केही दिनपछि सकिन्छ । नेपाली जनजीवनमा यो नयाँ होइन । प्रत्येक वर्ष यही रीति छ । तर सयौं वर्षअघिदेखिको रीति भने होइन । कुनै बेला नयाँ वर्ष मानिन्थो होला वा नहोला, त्यो बेग्लै कुरा हो, खोजीको कुरा हो तर हिजोआजजस्तो नेपाल सम्बतअनुसार नयाँ वर्ष मनाउने, शुभकामना आदानप्रदान गर्ने चलनको सुरुवात पचास वर्ष पनि भएको छैन । यति छोटो अवधिभित्रै विकृति पनि मौलाउन थालेको पाइन्छ । नेपाल सम्बतको राम्रो–नराम्रोबारे चर्चा–परिचर्या नयाँ वर्ष सुरुहुनु केही दिनअघि मात्र गर्नुपर्छ भन्ने छैन । जुनसुकै बेला गर्न सकिन्छ र सँधै सान्दर्भिक विषयवस्तुकै रुपमा लिनुपर्दछ । 

नेवारहरू म्हपूजाको दिन म्हपूजा गर्छन्, यो बेग्लै विषय हो । यही दिन पर्दछ नेपालसम्बत फेरिने दिन अर्थात नयाँ वर्षको पहिलो दिन । यस दिन विहान नेवार वस्तीहरूमा भिन्तुना -याली निकाल्ने काम हुन्छ । आयोजकहरू केही दिनअघिदेखि यसका लागि बेफूर्सदिला भएपनि सर्वसाधारण यही दिनमा मात्रै निर्धारित समय र स्थानमा भेला हुन्छन् र निश्चित मार्ग भई भिन्तुना -यालीमा सहभागी हुन्छन् । यो -याली प्रायः शान्तिपूर्वक र औपचारिक रुपमा नै समापन हुन्छन् । तर -याली निकाल्ने चलनको सुरुका दिनमा हिजोआजजस्तो थिएन । तत्कालीन राज्यसत्ता नेपाल सम्बतको विपक्षीमा थियो र यसलाई अराष्ट्रिय गतिविधि तथा साम्प्रदायिकको आक्षेप लगाई दमन गरिन्थ्यो । भिन्तुना -यालीमा गएका नेवार घर फर्कन्छ कि प्रहरी प्रशासनमो कस्टडीमा थुनिन्थ्यो भन्ने कुराको टुङ्गो नै हुँदैनथ्यो । तसर्थ जो कोही पनि -यालीमा सहभागी हुन आँट गर्दैनथे तर सहभागी हुनेहरूको उत्साह तथा भीड कम्तीको हुँदैनथ्यो । 

हिजोआज विहानको शुभकामना -यालीपछि असंगठित तथा व्यक्तिहरू समूह समूहमा काठमाडौंका विभिन्न ठाउँहरू बाइक तथा मोटरमा बसेर घुम्न जाने चलन आएको छ । यसरी घुम्न जाँदा प्रायः बाजागाजा नै लिएर जाने तथा नयाँ वर्षको शुभकामना दिएर जान्छन् । लाउड स्पीकरमा विभिन्न गीत घन्काउँदै पनि जान्छन् । यो अलि अनियन्त्रित नै हुने गरेको पाइन्छ । कहाँ कस्तो गीत बजाउने भन्ने होस् समेत तिनीहरूमा हुने गरेको पाइँदैन । अझ कतिसम्म अराजकता हुन्छ भने, बाटोमा घरघरको झ्यालमा रहेका युवतीहरूलाई लक्षित गरी ‘‘झ्यालय् च्वंगु तुकंमाः व हे ल्यासे जितः माः व ल्यासे मदयेकं जा हे मनयाः’’ बोलको गीत गाएर उच्छृंखलता प्रस्तुत गर्दछन् । नयाँ वर्षको माहौलमा होली पर्वको सन्दर्भमा गाइने गीत गाएर घुम्नु हदैसम्मको लापरवाही, छाडा र उच्छृंखल हो । 

मोटर साइकलको शुभकामना -याली बेग्लै हो । तर नयाँ वषको पहिलो दिन यसै सन्दर्भमा मोटर साइकलहरूमा घुम्नेहरूको कमी हुँदैन । उनीहरू मोटसाइकलको स्पीड बढाउने वा जतिसक्दो त्यति हर्न बजाएर हुन्छ वा अन्य केही गरेर बढी आवाज निकालेर रमाइलो गर्न खोज्छन् । यसरी नै केहीले बाइकको साइलेन्सरमा स्पार्कक्लक राखेर मोडिफाइड गरी भयानक आवाज निकाल्ने तथा वातावरणलाई आतंकीत बनाइदिने पनि गर्दछन् । यस्ता कृयाकलापले केही क्षणका लागि तिनीहरूलाई मनोरञ्जन त होला, तर समाजमा मान्छेहरूलाई दिक्क बनाइदिने कुरामा हेक्का राखेको पाइँदैन । अन्य सामान्य दिनमा यस्ता बाइक चलाउनेहरूलाई ट्राफिक प्रहरीले कारवाही गर्ने गरेपनि नयाँ वर्षको सन्दर्भ भएको तथा सांस्कृतिक कार्यक्रम भएका कारण यस्तो कारवाही गर्न ट्राफिक प्रहरी हच्किने गरेको पाइन्छ र यसैको फाइदा उठाएर भद्दा मनोरञ्जन गर्ने गरेको पाइन्छ । यो अवाञ्छनीय गतिविधिका कारण कथंकदाचित ‘ग्याङ्फाइट’ भयो भने त्यसको जिम्मेवारी कसले लिने ? 

दिवालीको सन्दर्भमा भारतमा हिन्दूहरू रंगोली बनाउने तथा आकासमा पटाका पडकाएर मनोरञ्जन गर्ने चलन भारतमा मौलाउँदोे छ । यसले वातावरणलाई प्रदूषण गरेको भनी भारतमा नै आलोचना भइरहेको बेला लण्डन तथा न्यूयोर्कमा बस्ने भारतीयहरूले पनि यस्तै गर्न थाल्दा प्रहरीले हस्तक्षेप गरी संलग्न भारतीयहरूलाई गिरफ्तार गर्नुका साथै कारवाही चलाएको समाचार पनि व्यापक रुपमा प्रसार भइरहेको छ । कसैका लागि एक प्रकारको मनोरञ्जन हो यो, तर अरुका लागि ती मनोरञ्जनात्मक नै हुन्छन् भन्ने छैन । यस अवस्थामा अरूको नजरमा नकारात्मक छवि बन्ने खतरा हुन्छ । लण्डन र न्यूयोर्कमा भारतीय हिन्दूहरूको छवि नकारात्मक बन्न पुग्यो । यो सन्दर्भलाई नेपालमा नेपाल सम्बतसम्बन्धी गतिविधिसँग टड्कारै लागू हुन्छ । नेपाल सम्बत नेपालमा लामो समयदेखि उपेक्षित वा प्रतिबन्धित अवस्थामा भएको कुरा इतिहाससिद्ध कुरा हो । 

यसलाई यहाँका नेवारहरूले व्यक्तिगत स्तरमा व्यावहारमा लागू गरिरहेको भएपनि सार्वजतिक कामकारवाहीमा प्रयोग हुँदैनथ्यो । राष्ट्रिय मान्यताका अभावमा यो कतिपयका लागि अराष्ट्रिय सम्बत नै भएको थियो र यसविरुद्ध केही मन्तव्य दिनुलाई राष्ट्रवादी चरित्र प्रदर्शन गरेको भ्रममा पर्दथे । तर पंचायती शासनको अवसान तथा लोकतान्त्रिक शासन व्यवस्थाको चरणवद्ध विकाससँगै नेपाल सम्बतलाई राष्ट्रिय सम्वतको मान्यता प्राप्त तथा सरकारी कामकाजमा पनि प्रयोगमा आउनु कम महत्वपूर्ण उपलब्धी होइन । हिजो नेवार समुदायमा सीमित गतिविधिमा अब गैर नेवारले पनि नेपालसम्बतबारे बुझ्न थालेको मात्रै नभएर आत्मसात गर्न सुरु गरेको अवस्था हो । नेपाली समाजमा आएको यो जागरण उत्साहप्रद छ तर यसैको नाममा अवांछनीय गतिविधि हुनु चिन्ताजनक कुरा हो । अवांछनीय गतिविधिले नेपाल सम्बतको नाममा हुने गतिविधि बदनाम हुनसक्छ । 

नेपाल सम्बतका सम्बन्धमा हुने नकारात्मक गतिविधिलाई समयमा नै पर्गेल्ने र उपचार पनि गरिहाल्नु पर्ने अवस्था छ । नेपालसम्बतको अनौचित्य देखाउन खोज्नेहरू अझै पनि छन् । वास्तवमा नेपाल सम्बतको पुनस्र्थापना एउटा राष्ट्रवादी आन्दोलन हो, साथै यसले नेपाली समाजको चेतनाको स्तर पनि मापन गर्दछ । तर यसका सम्बन्धमा अनुगमन गर्ने कुनै निकाय पनि छैन । आवश्यकताको महसूस गरी राष्ट्रिय भावनाबाट उत्प्रेरित यो आन्दोलन लामो समयदेखि राज्यसत्ताको दमनमा पिल्सिएको थियो भने अबका दिनमा राज्यले नै नियमन गर्न खोज्दा त्यसलाई हस्तक्षेपको रुपमा बुझ्ने तथा नकारात्मक सन्देश जाने खतरा छ । यस अवस्थामा समाज आफै सचेत हुनुपर्ने आवश्यकता छ । समाजलाई अपाच्य गतिविधिलाई सामाजिक स्तरबाट नै टिप्पणी गर्ने तथा चेतनाको प्रसार गर्नुपर्दछ । 

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
Basanta Maharjan

More from Basanta Maharjan

Explore more articles by this author
एकै दिनमा सकिन्न नेवारको लक्ष्मी पूजा

एकै दिनमा सकिन्न नेवारको लक्ष्मी पूजा

तर नेवार संस्कृतिमा यमपञ्चकबारे खासै चासो हुँदैन र तीन दिन मात्र मनाइन्छ । यी तीन दिनको सांस्कृतिक पर्वलाई स्वन्ति भनिन्...

देशकै पहिचान नेपाल संवत्

देशकै पहिचान नेपाल संवत्

राष्ट्रिय मान्यताप्राप्त नेपाल संवत् विश्वमा प्रचलनमा रहेका संवत्‌हरूभन्दा अलि फरक छ। प्रचलित संवत्‌हरूमध्ये कुनै राजाको...

Nepal Sambat at the UN Headquarters

Nepal Sambat at the UN Headquarters

संयुक्त राष्ट्र संघको प्रधान कार्यालयमा नेपाल सम्बत ? हो, नेपाल सम्बत । नेपाल सम्बतअनुसार नयाँ वर्षको औपचारिक कार्यक्रम ...

The Lakshmi of Lakshmi Puja is not Mayadevi

The Lakshmi of Lakshmi Puja is not Mayadevi

लक्ष्मी हिन्दू धर्ममा एक देवी हुन् र समाजमा उनको महत्व ठूलै रहेको मानिन्छ ।......

अहिंसाको कुरा र बुद्धको शिक्षा

अहिंसाको कुरा र बुद्धको शिक्षा

बुद्ध जन्मेको देश हुँदैमा देशवासीको मनमस्तिष्कमा बुद्ध शिक्षा स्वतः घुसेको हुँदैन । बुद्ध अनेक विधि उपाय अपनाएर मान्छेको...

मोहनी नखःको नःलास्वां 

मोहनी नखःको नःलास्वां 

जसरी मोहनी र दशैं एउटै होइन, त्यसरी नै दशैंको जमरा र मोहनीको नःलास्वां पनि उस्तोउस्तै देखिएपनि उही होइन  ।...