अनाथ बच्चा: आमाको मात्र दोष कि पुरुषको गैरजिम्मेवारी पनि ?


अ+
अ-

उर्लाबारी मोरङस्थित अरनिको अस्पतालको शौचालयमा केहि दिन अगाडि सालनालसहित फेला परेको नवजात शिशुको घटनाले फेरि समाजलाई झस्काइदिएको छ। यस्तो घटनामा हाम्रो ध्यान प्रायः एउटै पक्षमा जान्छ—आमालाई दोषी ठहराउने। तर शिशुको जन्ममा बराबरी भूमिका खेलेका पुरुषको जिम्मेवारीबारे समाज प्रायः मौन रहन्छ । समाजले प्रश्न सधैं आमामाथि गर्छ, तर शिशुको जन्ममा बराबरी भूमिका खेल्ने पुरुषप्रति किन मौन रहन्छन् ?

नेपालमा विवाह नहुँदाको गर्भावस्था वा गर्भ महिलामाथि मात्र भारी बन्ने गरेको छ। पुरुष भने सजिलै पन्छिन्छन्। समाजको कठोर दृष्टि, परिवारको अस्वीकार र लाजको बोझ एक्लै महिलाले बोक्नुपर्छ। फलस्वरूप, कतिपय अवस्थामा महिलालाई शिशुलाई असुरक्षित तरिकाले त्याग्नुपर्ने अवस्था आउँछ।

वास्तवमा, पुरुषले जिम्मेवारी लिएको भए आमा असुरक्षित महसुस गर्नुपर्थेन, शिशु सडक वा शौचालयमा फालिनु पर्थेन र निर्दोष जीवन अनाथ बन्नु पर्थेन। त्यसैले दोष केवल आमामा होइन, पुरुषको गैरजिम्मेवारी र समाजको मौनतामा पनि छ।

समाजले एकल आमालाई सहजै स्वीकार गर्दैन। आँट गरेर बच्चा राखे पनि “बुबा को हो?” भन्ने प्रश्नले निरन्तर मानसिक यातना दिन्छ। तर गुमनाम बनेको पुरुषलाई कसैले खोज्दैन। यही असमान दृष्टिकोण नै यस्ता दु:खद घटनाको जरो हो।

कानूनले पुरुषलाई पनि बराबरीको जिम्मेवारीमा बाँध्नुपर्छ। समाजले एकल आमालाई अपराधी होइन, साहसी व्यक्तिका रूपमा स्वीकार्नु पर्छ। साथै, राज्यले आमा र नवजातलाई सुरक्षित जीवन तथा आश्रय दिने प्रणाली बलियो बनाउन आवश्यक छ।

नवजात शिशु नालीमा वा शौचालयमा फालिनु केवल आमाको गल्ती होइन। यो घटनाले पुरुषको गैरजिम्मेवारी, समाजको असंवेदनशील दृष्टि र राज्यको कमजोरीलाई पनि देखाउँछ। त्यसैले अब दोष केवल महिलाको काँधमा थोपर्न बन्द गरौँ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
Amrita Ghimire

More from Amrita Ghimire

Explore more articles by this author
छोडिएका, विदेशिएका र बिर्सिएका बाबुहरू

छोडिएका, विदेशिएका र बिर्सिएका बाबुहरू

भाद्र कृष्ण औँशी, नेपाली समाजमा कुशे औँशी भनेर चिनिने विशेष दिन। यसलाई “बा को मुख हेर्ने दिन” पनि भनिन्छ। यो दिन घर–घरमा...

Teej, Shringar and our dual character society

Teej, Shringar and our dual character society

As Teej approaches, different scenes are seen on social media - on one hand, women dressed in colorful clothes and danci...

भगवान श्रीकृष्ण : आधुनिक समाजका लागि अमृत सन्देश

भगवान श्रीकृष्ण : आधुनिक समाजका लागि अमृत सन्देश

हिन्दु धर्मको हजारौँ वर्षको आध्यात्मिक धरोहरमा, भगवान श्रीकृष्ण एक अमूल्य मणि हुन्। उनको जीवन केवल धार्मिक कथा होइन, ज्ञ...

कृष्ण जन्मष्टमीको नाममा विद्यालयको विकृत व्यवहार

कृष्ण जन्मष्टमीको नाममा विद्यालयको विकृत व्यवहार

अमृता घिमिरे कृष्ण जन्माष्टमी आउन साथ बालबालिकालाई राधाकृष्णको भेषमा सजाउने होडबाजी हुन्छ। देशका धेरै विद्यालयहरूमा चल्न...

सामाजिक सञ्जालमा सेलिब्रेटी बनाउने प्रतिस्पर्धाले जोखिममा बालबालिका

सामाजिक सञ्जालमा सेलिब्रेटी बनाउने प्रतिस्पर्धाले जोखिममा बालबालिका

सेलिब्रेटी बनाउने होडबाजी भनेको मात्रै प्रसिद्धि र पैसा कमाउने चक्कर होइन यो बालबालिकाको भविष्य र समग्र विकासको लागि खतर...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्