कृष्ण जन्मष्टमीको नाममा विद्यालयको विकृत व्यवहार


अ+
अ-

 

कृष्ण जन्माष्टमी आउन साथ बालबालिकालाई राधाकृष्णको भेषमा सजाउने होडबाजी हुन्छ।

देशका धेरै विद्यालयहरूमा चल्ने यस्ता खालका कार्यक्रमले न कृष्णाष्टमीको वास्तविक आध्यात्मिक महत्त्व सिकाउँछ, न त बालबालिकाको मानसिक विकासमा सकारात्मक प्रभाव पार्न सक्छ।

कृष्ण जन्माष्टमीको यथार्थ वा मूल उद्देश्य भने हामीहरु कतिलाई थाहा छैन । भीडको पछि दाैडिने बानी नै विद्यालय अनि अभिभावकमा परिसकेको छ ।

कृष्णको जन्म भनेको धर्म र सत्यमा खडा हुनु पर्छ भन्ने शिक्षासँग सम्बन्धित छ । कृष्ण जन्माष्टमीको महिमा भगवान् कृष्णलाई स्मरण र सम्मान गर्ने पर्व हो।

यो दिन अन्याय, अधर्म र अत्याचार अन्त्य गर्न तथा धर्म, सत्य र करुणा स्थापना गर्न कृष्णको जन्म भएको विश्वास गरिन्छ। यस पर्वले सत्यको पक्षमा उभिन, निःस्वार्थ सेवा गर्न र जीवनमा धर्मपालन गर्ने प्रेरणा दिन्छ।

दाजु बहिनीलाई प्रेमी बनाउने विकृति

विद्यालयले कृष्ण जन्माष्टमीलाई अभिभावकसँग पहेँला, राता रंगका राधा कृष्ण लेखिएको फ्यान्सी ड्रेस किनाएर छोरालाई कृष्ण र छोरीलाई राधा बनाईरहेका छन् । अझै दिक्क र उदेकलाग्दो कुरा त एउटै परिवारका दाजु बहिनी, दिदिभाईलाई प्रेमी प्रेमिका झै मञ्चमा उभ्याईन्छन, यो एक किसिमको बालबालिकालाई आफ्नो सम्बन्धको प्रकृति नै उल्टो बुझाउने खतरनाक अभ्यास हो ।

बालबालिकालाई रोमान्टिक जोडिको रुपमा उभ्याएर प्रेम-प्रणयको खेलको रुपमा कृष्ण जन्माष्टमीलाई बुझ्दा सम्बन्धको गलत अवधारणा बन्ने सम्भावना रहन्छ।

मयुरको प्वाँखको सुन्दरता पछाडिको क्रुरता

कृष्ण जन्माष्टमीमा अझ अर्को ठूलो समस्या मयुरको प्वाँखको प्रयोग हो । बाहिरबाट हेर्दा हामीलाई खुब रमाइलो लाग्छ तर प्वाँख पछाडिको यथार्थ निकै पीडादायी छ, मयुरको प्वाँखको क्रूर ब्यापार । कृष्णको मुकुटमा मयुरको प्वाँख अनिवार्य बनाईएको छ ।

यसको लागि हरेक वर्ष हजारौं मयुरलाई मारेर वा प्वाँखलाई जबर्जस्ती तानेर निकालिन्छ ।

भारत लगायत दक्षिण एसियामा मयुर मारेर प्वाँख ब्यापार गर्ने अबैध बजार छ । नेपालमा पनि मयुरको प्वाँखको उपलव्धता अवैध या सुरक्षाविहीन पद्धतिमा वनबाट र भारत वा अन्य स्थानीय बजारहरूबाट आयात गरिएको पाईन्छ ।

धार्मिक तथा साँस्कृतिक नाममा हुने यस्तो प्रकारको हिंसाले करुणाको होइन क्रूरताकाे शिक्षा दिन्छ । सँस्कारको नाममा हिंसा सिकाउनु, त्यो पनि विद्यालयबाट, नयाँ पुस्तालाई करुणाहीन बनाउने बाटो हो ।

राधाकृष्णको सम्बन्ध आध्यात्मिक भक्ति र प्रेममा आधारित छ । शारीरिक वा सामाजिक प्रेम र सम्बन्धसँग होइन । बालबालिकालाई वास्तविकता नबुझी प्रेमिल जाेडीको रुपमा प्रस्तुत गर्नु धार्मिक दृष्टिले पनि गलत हो ।

कृष्ण अष्टमी एक महत्त्वपूर्ण साँस्कृतिक धार्मिक पर्व भएकाले यो पर्वलाई मनाउने तरिका यथार्थपरक र करुणामय हुनुपर्छ । मयुर प्वाँखको सट्टा कृतिम तथा पुन: प्रयोग हुने सामाग्री प्रयोग गर्नु पर्छ। पर्वलाई साँस्कृतिक नृत्य, चित्रकला, सृजनात्मक गतिविधिबाट मनाउनु पर्छ ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
Amrita Ghimire

More from Amrita Ghimire

Explore more articles by this author
अनाथ बच्चा: आमाको मात्र दोष कि पुरुषको गैरजिम्मेवारी पनि ?

अनाथ बच्चा: आमाको मात्र दोष कि पुरुषको गैरजिम्मेवारी पनि ?

उर्लाबारी मोरङस्थित अरनिको अस्पतालको शौचालयमा केहि दिन अगाडि सालनालसहित फेला परेको नवजात शिशुको घटनाले फेरि समाजलाई झस्क...

छोडिएका, विदेशिएका र बिर्सिएका बाबुहरू

छोडिएका, विदेशिएका र बिर्सिएका बाबुहरू

भाद्र कृष्ण औँशी, नेपाली समाजमा कुशे औँशी भनेर चिनिने विशेष दिन। यसलाई “बा को मुख हेर्ने दिन” पनि भनिन्छ। यो दिन घर–घरमा...

Teej, Shringar and our dual character society

Teej, Shringar and our dual character society

As Teej approaches, different scenes are seen on social media - on one hand, women dressed in colorful clothes and danci...

भगवान श्रीकृष्ण : आधुनिक समाजका लागि अमृत सन्देश

भगवान श्रीकृष्ण : आधुनिक समाजका लागि अमृत सन्देश

हिन्दु धर्मको हजारौँ वर्षको आध्यात्मिक धरोहरमा, भगवान श्रीकृष्ण एक अमूल्य मणि हुन्। उनको जीवन केवल धार्मिक कथा होइन, ज्ञ...

सामाजिक सञ्जालमा सेलिब्रेटी बनाउने प्रतिस्पर्धाले जोखिममा बालबालिका

सामाजिक सञ्जालमा सेलिब्रेटी बनाउने प्रतिस्पर्धाले जोखिममा बालबालिका

सेलिब्रेटी बनाउने होडबाजी भनेको मात्रै प्रसिद्धि र पैसा कमाउने चक्कर होइन यो बालबालिकाको भविष्य र समग्र विकासको लागि खतर...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्