सामाजिक सञ्जालमा सेलिब्रेटी बनाउने प्रतिस्पर्धाले जोखिममा बालबालिका


अ+
अ-

सामाजिक संजाल एक शक्तिशाली प्लेटफर्म बन्नु अहिले डिजिटल युगको प्रगति मानिन्छ । सामाजिक सञ्जालले नवजात शिशुदेखि वृद्धवृद्धासम्म सबैको जीवनलाई असर गर्छ । आजभोलि अभिभावकले आफ्ना छोराछोरीलाई सेलिब्रेटी बनाउने होडबाजी बढ्दै गएको पाइन्छ ।

तर बालबालिकालाई सेलिब्रेटी बनाउने र सामाजिक संजालमा प्रयोग गर्ने संस्कार भने निकै बिबादास्पद विषय हो । यसका केही पक्ष राम्रा होलान तर समग्रमा बालबालिकालाई मध्यनजर गरियो भने यसका नकारात्मक असरलाई गम्भीरतापूर्वक ध्यान दिनु जरुरी छ ।

ससाना बालबालिकामा बयस्क उमेरमा आउने भावना उनीहरूमा आउदैन । बालबालिकाको लागि उपयुक्त नहुने फिल्मका गीतमा बालबालिकालाई नै नचाइन्छ । सेलिब्रेटी बन्ने दौडका कारण उनीहरू सामाजिक सञ्जालका लागि ‘परफेक्ट’ हुन बाध्य छन् । यो बाध्यताले उनीहरूकोहरूको निर्दोषता गुमेको छ र उनीहरू वयस्कहरू जस्तै व्यवहार गर्न बाध्य छन् ।

सेलिब्रेटी बन्ने प्रक्रियाले बालबालिकालाई निरन्तर मिडियामा प्रस्तुत गरिने कामको कारण बच्चाले आफ्नो बाल्यकालको रमाइलो अनुभव गर्न पाउदैनन् । उनीहरूको मानसिक र सामाजिक अनुभवमा कमि आउँछ । बालबालिकाको खेल्ने उमेर, सिर्जनात्मक उमेर, साथीसँग घुलमिल हुने उमेर बालबालिकाले अनुभव गर्न पाउदैनन् । जसले उनीहरूको मानसिक र सामाजिक परिपक्वतामा कमि हुन जान्छ ।

बालबालिका भनेका काँचो माटो हुन । बालबालिकाको ब्यक्तिगत जीवन र गोपनियता निकै महत्वपूर्ण हुन्छ । अभिभावकले आफ्नो बच्चाको तस्वीर वा भिडियो सामाजिक संजालमा पोस्ट गर्छन्, जसले गर्दा उनीहरूको गोपनियता लोप हुन्छ । यसले बच्चालाई अनावश्यक रूपमा सार्वजनिक कुराहरूमा ध्यान केन्द्रित गराँउछ र परिणामस्वरूप अनलाइन उत्पीडन, शोषण वा दुव्र्यवहारको जोखिम बढाउछ । बालबालिकालाई सामाजिक सञ्जालमा प्रस्तुत गर्नु अनलाइन सुरक्षा र गोपनियता सम्बन्धि कानुनी र सामाजिक नियमविरुद्ध जानु हो । अस्वस्थकर लोकप्रियता तथा भाईरल बनाउने प्रवृत्तिले बच्चालाई सहि र गलतको पहिचान गर्न गार्हो हुन सक्छ ।

रियालिटी शो मा बच्चालाई नचाउने चक्करमा जस्तोसुकै गीतमा पनि बच्चालाई नचाईन्छ । कुन उद्देश्यले बच्चालाई नचाइन्छ र कस्तो गीतमा बच्चा नाचेका छन् अभिभावकले ख्याल गर्नु पर्छ । आफ्नो उमेरले बुझ्न नसक्ने, अरुलाई होच्याउने खालका गीत छनोट गरेर नचाइन्छ यस्ता गीतबाट बच्चाको मनमा नकारात्मकता बढ्न पुग्छ । हिन्दीको ‘मुन्नी बदनाम होइ डार्लिङ तेरे लिए’ गीत होस वा नेपालीमा गाईएको ‘मलाई जुत्ता हान्ने तेरा खुट्टी मर्किएर जाउन’ भन्ने शब्द प्रयोग गरिएका गीत जसले सकारात्मक सन्देश दिन्न । यस्ता गीतमा नचाएर आफ्ना छोराछोरीलाई सामाजिक संजालमा खुब भाईरल बनाउने अभिभावक प्रसस्त देख्न सकिन्छ । यस्ता प्रकारका गीत र नाचबाट बच्चामा कस्तो भावनाको बिकास होल ? कलाको नाममा बालबालिका माथि गरिएको यो एक प्रकारको शोषण हो । ८/१० वर्षको बच्चालाई आईटम गीतमा नचाएर कस्तो खालको शिक्षा दिन खोजिएको हो ? यस्ता गीत र नाचले बालबालिकालाई जीवनको कस्तो सीप र शिक्षा मिल्न सक्ला ?

आफुले के गर्दैछु भन्ने थाहा नहुने अबोध उमेर हो बालापन को उमेर । के सही के गलत भनेर घरमा अभिभावकले र विद्यालयमा शिक्षकले सिकाउनु बुझाउनु पर्छ । उमेर सङ्गै आउने परिवर्तन १५/१६ बर्षको उमेर वा बयस्क उमेरमा देखापर्ने परिवर्तनलाई गीत वा शब्द प्रयोग गरेर ५÷७ वर्षकै उमेरमा बालबालिकालाई पुरै परिपक्क बनाईदिन्छौं ।

विद्यालय स्तरका कार्यक्रम हुन् वा अन्य कार्यक्रमा हुन्, स्टेजमा खराब सन्देश दिने खालका गीतमा नचाएर सामाजिक संजालमा भाईरल गराइन्छ । यस्ता किसिमका गम्भीर कुरामा किन अभिभावक सचेत छैनन् ? कलाको नामना बच्चाको बालापन किन खोसिदैछ ? बालबालिकाको निर्दोषपन माथि ताली बजाईदा विद्यालय, शिक्षक, अभिभावक मौन किन छन् ?

जब बालबालिकाको जीवनलाई सार्वजनिक रुपमा प्रस्तुत गरिन्छ त्यसले भविष्यमा उनीहरूको ब्यक्तिगत जीवनलाई समेत असर पु¥याउन सक्छ । बच्चा परिपक्व हुँदै जाँदा उनीहरूले आफूमा स्वतन्त्रता खोज्दै जान्छन तर सामाजिक संजालमा उनकै तस्वीर र भिडियोहरू रहेको हुँदा यसले उनीहरूको भविष्यको गोपनियता र स्वतन्त्रतालाई कमजोर पार्न सक्छ ।
बालबालिकालाई सेलिब्रेटी बनाउनको लागि सामाजिक संजालमा प्रस्तुत गर्दा उनीहरूमा अनावश्यक दबाब र मानसिक तनाव उत्पन्न हुन सक्दछ ।

सामाजिक सञ्जालमा अपेक्षित ध्यान नपाउँदा उनीहरूमा इन्फेरियरिटी कम्प्लेक्स ,एन्जाइटी र डिप्रेसनको समस्या आउन सक्छ । कहिलेकाही सामाजिक संजालमा पोस्ट गरिएका सामग्रीहरू बच्चाहरूविरुद्ध दुरुपयोग भएका पनि पाइन्छन् ।
बाल्यकाल भनेको व्यक्तिको मानसिक विकासको सबैभन्दा महत्वपूर्ण अवस्था हो । यस उमेरमा बालबालिकाले आफ्नो सामान्य किसिमका खेलकुद, सृजनात्मक कुरा अध्ययन र साथीभाईसँग घुलमिल हुनु पर्ने बेला हो । सामाजिक संजालमा बालबालिकाको जीवनको निरन्तर अवलोकन र टिकाटिप्पणी हुने गर्दछ । जसले गर्दा बालबालिकामा आत्मसम्मानको समस्या, चिन्ता र मानसिक समस्या उत्पन्न हुन्छ । उनीहरूले आफूलाई अन्य बच्चाहरूसङ्ग तुलना गर्न थाल्छन र यसले बालबालिकाको भावना तथा आत्मसम्मान र आत्मविश्वासमा ठेस पुग्न सक्छ ।

बालबालिकाले आफ्नो इच्छा र चाहना व्यक्त गर्ने अवसर गुमाउँछन र अभिभावक र विद्यालयको चाहना र सामाजिक अपेक्षाहरूको कारण उनीहरूको जीवन सोही अनुसार परिचालित हुन थाल्छ । यसले बालबालिकामा आत्मनिर्भरता र निर्णय गर्ने क्षमता कमजोर बनाउन सक्छ ।

निरन्तर दर्शक र मिडियाको ध्यानमा रहने क्रमले बालबालिकाको व्यक्तिगत जीवनको उपयोगीता लोप हुन्छ र आत्मसम्मानमा कमि आउँछ । मिडियाको दबाबको कारण बालबालिकामा अनुसाशनहीन र अस्वस्थ बानीको विकास हुन्छ ।
सेलिब्रेटी बन्ने प्रक्रियामा बालबालिकाको पढाइ लेखाइ खेलकुदमा समय नपुग्न सक्छ । साधारण बालबालिकाको रुपमा आफ्नो जीवन बिताउन समय नपुग्न सक्छ । बालबालिकाले बाल्यकालको खुसी गुमाउन सक्छन ।

सेलिब्रेटी बनाउने होडबाजी भनेको मात्रै प्रसिद्धि र पैसा कमाउने चक्कर होइन यो बालबालिकाको भविष्य र समग्र विकासको लागि खतरनाक हुन सक्छ । त्यसैले बालबालिकालाई अभिभावकले सामान्य जीवनयापन गर्ने मौका दिनु आवश्यक हुन्छ ।

बालबालिकालाई सेलिब्रेटी बनाउने प्रतिस्पर्धाले बालबालिकाको बाल्यकाल बर्बाद गर्छ । अभिभावकहरूले आफ्ना छोराछोरीहरूलाई सामाजिक सञ्जालमा लोकप्रिय हुन दबाब दिनुको सट्टा माया र समर्थन दिनुपर्छ । आखिर, भोलि बालबालिकाको भविष्य आज गरिएका निर्णयमा निर्भर गर्दछ ।

अभिभावक, विद्यालय, समाजका सबैले यो कुरा बुझ्नु जरुरी छ कि बालबालिकाको खुसी र स्वास्थ्य सबैभन्दा महत्वपूर्ण कुरा हो ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
Amrita Ghimire

More from Amrita Ghimire

Explore more articles by this author
अनाथ बच्चा: आमाको मात्र दोष कि पुरुषको गैरजिम्मेवारी पनि ?

अनाथ बच्चा: आमाको मात्र दोष कि पुरुषको गैरजिम्मेवारी पनि ?

उर्लाबारी मोरङस्थित अरनिको अस्पतालको शौचालयमा केहि दिन अगाडि सालनालसहित फेला परेको नवजात शिशुको घटनाले फेरि समाजलाई झस्क...

छोडिएका, विदेशिएका र बिर्सिएका बाबुहरू

छोडिएका, विदेशिएका र बिर्सिएका बाबुहरू

भाद्र कृष्ण औँशी, नेपाली समाजमा कुशे औँशी भनेर चिनिने विशेष दिन। यसलाई “बा को मुख हेर्ने दिन” पनि भनिन्छ। यो दिन घर–घरमा...

Teej, Shringar and our dual character society

Teej, Shringar and our dual character society

As Teej approaches, different scenes are seen on social media - on one hand, women dressed in colorful clothes and danci...

भगवान श्रीकृष्ण : आधुनिक समाजका लागि अमृत सन्देश

भगवान श्रीकृष्ण : आधुनिक समाजका लागि अमृत सन्देश

हिन्दु धर्मको हजारौँ वर्षको आध्यात्मिक धरोहरमा, भगवान श्रीकृष्ण एक अमूल्य मणि हुन्। उनको जीवन केवल धार्मिक कथा होइन, ज्ञ...

कृष्ण जन्मष्टमीको नाममा विद्यालयको विकृत व्यवहार

कृष्ण जन्मष्टमीको नाममा विद्यालयको विकृत व्यवहार

अमृता घिमिरे कृष्ण जन्माष्टमी आउन साथ बालबालिकालाई राधाकृष्णको भेषमा सजाउने होडबाजी हुन्छ। देशका धेरै विद्यालयहरूमा चल्न...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्