१३औँ शताब्दीको महागौरीको मूर्ति आफ्नै आसनमा फिर्ता

अ+
अ-

काठमाडौँ, वैशाख ५ । विश्व सम्पदा दिवसको अवसरमा काठमाडौँ महानगरपालिकाले राष्ट्रिय संग्रहालयमा राखिएको १३औँ शताब्दीको दुर्लभ प्रस्तर मूर्ति आफ्नै मूल स्थानमा पुनःस्थापित गरेको छ।

महागौरी अर्थात् पार्वतीको नृत्य भावमा कुँदिएको उक्त मूर्ति आज वडा नं. २० मरुस्थित गःगुठि सूर्यमुखी महादेव मन्दिर परिसरमा विधिवत् रूपमा आसनमा फिर्ता राखिएको हो।

यसअघि विभिन्न समयमा चोरी भएर विदेश पुगेका मूर्तिहरू फिर्ता गर्नुका साथै संग्रहालयको भण्डारमा रहेका मूर्तिहरूलाई पनि तिनैको मूल स्थानमा पुर्याउने महानगरको अभियानअन्तर्गत यो कार्य गरिएको हो।

महानगरपालिकाका कार्यवाहक प्रमुख (प्रशासकीय अधिकृत) डंगोलले प्राचीन मूर्तिहरूको सांस्कृतिक र कलात्मक महत्त्वबारे चर्चा गर्दै भने, “प्राचीन मूर्तिहरूमा पूर्खाको अद्वितीय सिप कुँदिएको हुन्छ। यसलाई बन्द कोठाको संग्रहालयमा होइन, आफ्नै आसनमा राखेर जनसाधारणले दर्शन र अध्ययन गर्न पाउनुपर्छ।”

महानगरपालिकाले आगामी दिनहरूमा यसैगरी अन्य ऐतिहासिक मूर्तिहरू पनि उत्खनन, पहिचान र पुनर्स्थापना गर्दै तिनको मौलिक स्थानमै सुरक्षित राख्ने प्रक्रिया निरन्तर अगाडि बढाउने जनाएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
उच्च जोखिमयुक्त जिल्लामा रातिको सवारी आवागमन रोक्न गृह मन्त्रालयको निर्देशन

उच्च जोखिमयुक्त जिल्लामा रातिको सवारी आवागमन रोक्न गृह मन्त्रालयको निर्देशन

उच्च जोखिमयुक्त जिल्लामा रातिको सवारी आवागमन रोक्न गृह मन्त्रालयको निर्देशन...

मनसुन थप सक्रिय, दुई दिन देशका धेरै स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना

मनसुन थप सक्रिय, दुई दिन देशका धेरै स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना

मनसुन थप सक्रिय, दुई दिन देशका धेरै स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना...

एआई विकास र विश्व सुशासनका लागि खुलापन, सुरक्षा र सहकार्यमा जोड : राष्ट्रपति सी चिनफिङ

एआई विकास र विश्व सुशासनका लागि खुलापन, सुरक्षा र सहकार्यमा जोड : राष्ट्रपति सी चिनफिङ

एआई विकास र विश्व सुशासनका लागि खुलापन, सुरक्षा र सहकार्यमा जोड : राष्ट्रपति सी चिनफिङ...

स्वीकृत दरबन्दीमा करार कर्मचारी व्यवस्थापन गर्न सरकारको नयाँ निर्देशिका

स्वीकृत दरबन्दीमा करार कर्मचारी व्यवस्थापन गर्न सरकारको नयाँ निर्देशिका

स्वीकृत दरबन्दीमा करार कर्मचारी व्यवस्थापन गर्न सरकारको नयाँ निर्देशिका...

अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य

अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य

अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य...

२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न

२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न

२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्