विपद न्यूनीकरणका लागि राजनीतिक दलहरू जिम्मेवार हुनु पर्ने
प्रकोप पूर्व तयारी सञ्जाल, डिपिनेटले पनि देशका प्रमुख राजनीतिक दलका प्रतिनिधिहरूलाई भेटी ‘ विपद न्यूनीकरणका लागि राजनीतिक दलहरूले आफ्नो घोषणा पत्रमा समावेश गर्नु पर्ने तथा आगामी प्रतिनिधि सभा र सरकारले लागू गर्नु पर्ने कार्यहरू’को ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको छ । ध्यानाकर्षण पत्र हस्तान्तरण गरिएका प्रमुख राजनीतिक दलहरूमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी–एमाले, उज्यालो नेपाल पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायत रहेका छन् ।
नेवाः टाइम्स
Feb 4