१४ असोज २०८३, बुधबार

स्वास्थ्य मन्त्रीबाट मानसिक अस्पतालमा किशोर किशोरी मानसिक स्वास्थ्य युनिटकाे अनुगमन


अ
अ+
अ-

काठमाडौं, माघ २२ । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले लगनखेलस्थित मानसिक अस्पतालमा रहेको किशोर किशोरी मानसिक स्वास्थ्य एकाइ (एडाेलाेसेन्ट मेन्टल हेल्थ युनिट) को अनुगमन गरेकी छन् ।

अनुगमनका क्रममा मन्त्री डा. गौतमले बालबालिका तथा किशोरकिशोरीका लागि सञ्चालनमा रहेका मानसिक स्वास्थ्य उपचार, हेरचाह तथा मनोसामाजिक सहयोगसम्बन्धी सेवाहरूको अवस्था र प्रगतिबारे जानकारी लिएकी थिइन् । मन्त्रीले अस्पतालको बाहिरङ्ग (ओपिडी) र भित्री उपचार (आइपिडी) सेवा, पारिवारिक परामर्श सत्र तथा एमआइईयु थेरापी युनिटको अवलोकन गरेकी थिइन् ।

त्यस अवसरमा मन्त्री डा. गौतमले उपचाररत किशोरकिशोरी तथा उनीहरूका अभिभावकसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको अनुभव, आवश्यकता र चुनौतीबारे जानकारी लिएकी थिइन् ।

बालबालिका तथा किशोरकिशोरीका लागि विशेषीकृत मानसिक स्वास्थ्य सेवाको आवश्यकता महसुस गर्दै उक्त एकाइ सन् २०२२ को डिसेम्बरमा स्थापना गरिएको हो। यो एकाइ सिविन नेपालले मानसिक अस्पतालसँगको सहकार्यमा, फाेरूटको सहयोगमा स्थापना गरेको हो।

स्वास्थ्य मन्त्री डा. गौतमले किशोर किशोरी मानसिक स्वास्थ्य सेवाको सुदृढीकरण सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै यस्ता विशेषीकृत सेवाको विस्तार र गुणस्तर अभिवृद्धिमा मन्त्रालय प्रतिबद्ध रहेको बताइन् ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
बेलायती  ILR: नेपाली आप्रवासी र विद्यार्थीमा बढ्दो चिन्ता

बेलायती ILR: नेपाली आप्रवासी र विद्यार्थीमा बढ्दो चिन्ता

बेलायती ILR: नेपाली आप्रवासी र विद्यार्थीमा बढ्दो चिन्ता...

विपद्मा भारतको सहयोगप्रति प्रधानमन्त्री शाहद्वारा धन्यवाद

विपद्मा भारतको सहयोगप्रति प्रधानमन्त्री शाहद्वारा धन्यवाद

विपद्मा भारतको सहयोगप्रति प्रधानमन्त्री शाहद्वारा धन्यवाद...

चार दिनको भारी वर्षामा २७ जनाको मृत्यु, ८ जना बेपत्ता

चार दिनको भारी वर्षामा २७ जनाको मृत्यु, ८ जना बेपत्ता

चार दिनको भारी वर्षामा २७ जनाको मृत्यु, ८ जना बेपत्ता...

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक...

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा...

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्