२५ जेठ २०८३, सोमबार

सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको तीन दशक पूरा गर्दै डीपीनेट


अ+
अ-

काठमाडौं, जेठ २५ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा कार्यरत प्रकोप पूर्वतयारी सञ्जाल (डीपीनेट) नेपालले आफ्नो ३०औँ वार्षिकोत्सवका अवसरमा "सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको तीन दशक" विषयक कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा वक्ताहरूले विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तनका चुनौती, समुदायमा आधारित पूर्वतयारी तथा बहुपक्षीय साझेदारीको आवश्यकता माथि जोड दिएका छन्।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै राष्ट्रिय योजना आयोगका सदस्य प्रा. डा. सञ्जय आचार्यले विपद् व्यवस्थापनमा व्यक्ति र परिवार स्तरदेखि नै सचेतना अभिवृद्धि गर्नुपर्ने तथा त्यसलाई समुदाय र संस्थागत संरचनासँग जोड्नुपर्ने बताए। उनले व्यक्ति, परिवार, समुदाय, स्थानीय, प्रदेश र संघीय सरकार, विकास साझेदार तथा नागरिक समाजबीचको समन्वयले मात्र प्रभावकारी विपद् व्यवस्थापन सम्भव हुने धारणा राखे।
उनले विगत ३० वर्षको अनुभवलाई आधार बनाएर आगामी दिनमा पूर्वतयारी, सुशासन र जोखिम व्यवस्थापनलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याए। जलवायु परिवर्तनको प्रभाव विशेषगरी हिमाली क्षेत्रमा तीव्र रूपमा देखापरेको उल्लेख गर्दै उनले नेपालले हरितगृह ग्यास उत्सर्जनमा न्यून योगदान गरे पनि यसको असर बढी भोगिरहेको बताए। जलवायु न्याय, अनुकूलन र जलवायु वित्तमा नेपालको पहुँच विस्तार गर्न अन्तर्राष्ट्रिय पहल आवश्यक रहेको उनको भनाइ थियो।
कार्यक्रममा एआईएन (एसोसिएसन अफ इन्टरनेशनल एनजिओज इन नेपाल) का अध्यक्ष डा. एसपी कलाउनेले डीपीनेटले विगत तीन दशकदेखि विपद् व्यवस्थापनलाई प्रतिक्रियात्मक अवस्थाबाट पूर्वतयारीमुखी दृष्टिकोणतर्फ लैजान महत्वपूर्ण भूमिका खेलेको बताए। उनले जलवायु परिवर्तन, शहरीकरण र वातावरणीय जोखिमका कारण विपद् व्यवस्थापनको क्षेत्र झन् जटिल बन्दै गएको उल्लेख गर्दै डीपीनेटजस्ता सञ्जालहरूको आवश्यकता अझ बढेको बताए।
समुदायलाई केन्द्रमा राखेर जोखिम न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिँदै उनले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले पनि अहिले पूर्वतयारी, जोखिम न्यूनीकरण तथा पुनर्स्थापनामा लगानी बढाइरहेको जानकारी दिए।
डीपीनेट नेपालका अध्यक्ष डा. बसन्तराज अधिकारीले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन कुनै एक संस्था वा सरकारको मात्र जिम्मेवारी नभई सम्पूर्ण सरोकारवालाहरूको साझा दायित्व भएको बताए। विगतमा कम प्राथमिकतामा रहेका विपद् र जलवायु परिवर्तनका विषय अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बहसका केन्द्रमा पुगेको उल्लेख गर्दै उनले विज्ञान, प्रविधि तथा कृत्रिम बुद्धिमत्ता, मेशिन लर्निङ र बिग डाटाजस्ता नवीन प्रविधिको उपयोग गर्दै जोखिम व्यवस्थापनलाई सुदृढ बनाउनुपर्ने बताए।
हिमाललाई नेपालको आत्मासँग तुलना गर्दै उनले हिमाली क्षेत्रमा देखिएका परिवर्तनहरू विश्वव्यापी जलवायु परिवर्तनको परिणाम भएको र त्यसबाट सिर्जित जोखिमको सामना गर्न सबै तहको सहकार्य आवश्यक रहेको बताए। डीपीनेटले विगत ३० वर्षमा हासिल गरेका सिकाइलाई संस्थागत गर्दै समुदायसम्म पुर्‍याउने प्रतिबद्धता समेत व्यक्त गरे।
कार्यक्रमको स्वागत मन्तव्य डीपीनेट नेपालका उपाध्यक्ष केशवदत्त भट्टले गरेका थिए भने महासचिव सुरज गौतमले कार्यक्रम सञ्चालन गरेका थिए।
कार्यक्रमको दोस्रो सत्रअन्तर्गत जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुदर्शन हुमागाईंले मनसुन, तापलहर जोखिमसम्बन्धी प्रस्तुति दिएका थिए। उनले यस वर्ष देशका अधिकांश क्षेत्रमा औसतभन्दा कम वर्षा हुने सम्भावना रहेको जानकारी दिँदै मनसुन, एल निनो तथा इन्डियन ओसन डाइपोलजस्ता जलवायु प्रणालीले नेपालमा वर्षाको अवस्था निर्धारण गर्ने बताए।
उनले तापलहरको जोखिम बढ्दै गएको उल्लेख गर्दै जल तथा मौसम विज्ञान विभागले हरियो, पहेंलो, सुन्तला र रातो चेतावनी प्रणालीमार्फत नियमित सूचना प्रवाह गरिरहेको जानकारी दिए।
यस्तै, चट्याङ विज्ञ ई. सञ्जोग खनालले नेपालमा चट्याङबाट हुने मानवीय क्षति दक्षिण एशियाकै उच्चमध्ये रहेको बताए। सन् २०२० देखि २०२५ सम्म नेपालमा तीन करोडभन्दा बढी चट्याङ स्ट्रोक अभिलेख भएको जानकारी दिँदै उनले चट्याङबाट जोगिन ‘३०–३० नियम’ अपनाउन आग्रह गरे। प्रभावकारी पूर्वसूचना प्रणाली, समुदायस्तरको तयारी र जनचेतनाले चट्याङबाट हुने क्षति न्यूनीकरण गर्न सकिने उनको भनाइ थियो।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका दिनेश थापाले शहरी उत्थानशीलता (अर्बन रेजिलियन्स) तथा सिटी स्कोरकार्ड प्रयोगसम्बन्धी प्रस्तुति दिएका थिए।
त्यसपछि "नेपालमा विपद् पूर्वतयारी तथा जलवायु उत्थानशीलता सुदृढीकरण : सम्पूर्ण समाजको सहभागितालाई व्यवहारमा उतार्ने उपाय" विषयमा प्यानल छलफल सम्पन्न भएको थियो। छलफलमा प्राक्टिकल एक्सनका एसिया लिड डा. धर्मराज उप्रेती, प्लान इन्टरनेसनल नेपालकी कार्यक्रम गुणस्तर तथा नवप्रवर्तन निर्देशक जुली गुरुङ, कञ्चनपुर जिल्ला समन्वय समितिकी रामकुमारी राना तथा डिजास्टर जर्नालिज्म नेटवर्क (डीजेएन) की सचिव देवी सापकोटाले आ-आफ्नो धारणा राखेका थिए।
कार्यक्रममा सहभागीहरूले डीपीनेटको ३०औँ वार्षिकोत्सव प्रतिबद्धता पत्र अनुमोदन गर्नुका साथै आगामी कार्यदिशाबारे सुझाव दिएका थिए। समापन सत्रमा अध्यक्ष डा. बसन्तराज अधिकारीले धन्यवाद ज्ञापन गर्दै सुरक्षित, उत्थानशील र विपद्प्रति सक्षम नेपालको निर्माणका लागि साझेदारी, ज्ञान आदानप्रदान र समुदाय केन्द्रित प्रयासलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
ट्राफिक नियम उल्लंघन गरेको आरोपमा सांसद हर्क साम्पाङ्लाई कारवाही

ट्राफिक नियम उल्लंघन गरेको आरोपमा सांसद हर्क साम्पाङ्लाई कारवाही

ट्राफिक नियम उल्लंघन गरेको आरोपमा सांसद हर्क साम्पाङ्लाई कारवाही...

निजामती कर्मचारी स्वास्थ्य सेवा अब थप तीन प्रदेशमा पनि

निजामती कर्मचारी स्वास्थ्य सेवा अब थप तीन प्रदेशमा पनि

निजामती कर्मचारी स्वास्थ्य सेवा अब थप तीन प्रदेशमा पनि...

फिलिपिन्समा शक्तिशाली भूकम्प : कम्तीमा १९ जनाको मृत्यु, सयौं घाइते

फिलिपिन्समा शक्तिशाली भूकम्प : कम्तीमा १९ जनाको मृत्यु, सयौं घाइते

फिलिपिन्समा शक्तिशाली भूकम्प : कम्तीमा १९ जनाको मृत्यु, सयौं घाइते...

सिंगापुरको आर्थिक सफलता र भ्रष्टाचार नियन्त्रण मोडेलबारे काठमाडौंमा छलफल

सिंगापुरको आर्थिक सफलता र भ्रष्टाचार नियन्त्रण मोडेलबारे काठमाडौंमा छलफल

सिंगापुरको आर्थिक सफलता र भ्रष्टाचार नियन्त्रण मोडेलबारे काठमाडौंमा छलफल...

टीकापुर सन्देशपत्र जारी : डिजिटल संसददेखि संसदीय बजेट कार्यालय स्थापना र कर्मचारी व्यवस्थापनसम्मका ९ बुँदे प्रस्ताव

टीकापुर सन्देशपत्र जारी : डिजिटल संसददेखि संसदीय बजेट कार्यालय स्थापना र कर्मचारी व्यवस्थापनसम्मका ९ बुँदे प्रस्ताव

टीकापुर सन्देशपत्र जारी : डिजिटल संसददेखि संसदीय बजेट कार्यालय स्थापना र कर्मचारी व्यवस्थापनसम्मका ९ बुँदे प्रस्ताव...

भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच द्विपक्षीय वार्ता, तीन महत्वपूर्ण घोषणा

भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच द्विपक्षीय वार्ता, तीन महत्वपूर्ण घोषणा

भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच द्विपक्षीय वार्ता, तीन महत्वपूर्ण घोषणा...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्