११ कार्तिक २०८३, बुधबार

दक्षिण–पूर्वी एसियामा क्षयरोगको भार उच्च, अन्त्य गर्न संयुक्त प्रयासको आह्वान


अ
अ+
अ-

काठमाडौं, चैत १० । विश्व क्षयरोग दिवसका अवसरमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दक्षिण–पूर्वी एसिया क्षेत्रमा क्षयरोग (टीबी) को भार अझै पनि अत्यधिक रहेको भन्दै यसको अन्त्यका लागि सशक्त राजनीतिक प्रतिबद्धता, विज्ञान र समुदायको सहकार्य आवश्यक रहेको जनाएको छ।
डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालयकी कार्यवाहक प्रमुख डा. क्याथरिन बाेहेमले जारी गरेको सन्देशअनुसार विश्वभर देखिने क्षयरोगका बिरामीमध्ये करिब ३४ प्रतिशत र मृत्युमध्ये झण्डै ४० प्रतिशत यही क्षेत्रमा पर्ने गरेका छन्। सन् २०२४ मा मात्रै करिब ३.६८ मिलियन मानिसमा टीबी देखिएको र करिब ४ लाख ३३ हजारको ज्यान गएको उल्लेख गरिएको छ। यसमध्ये १३ हजार मृत्यु एचआईभी संक्रमितमा भएको जनाइएको छ।
यस वर्षको विश्व क्षयरोग दिवसको नारा “ हाे, हामी क्षयराेग अन्त्य गर्न सक्छाैं” रहेको छ, जसले उचित नीति, नवीन प्रविधि र समुदायको सक्रियताबाट टीबी अन्त्य सम्भव रहेको सन्देश दिने डब्लुएचओले जनाएको छ।
प्रतिवेदनअनुसार सन् २०१५ यता दक्षिण–पूर्वी एसियामा टीबीका कारण हुने मृत्युमा २३ प्रतिशतले कमी आएको छ भने संक्रमण दर १६ प्रतिशतले घटेको छ, जुन विश्व औसत १२ प्रतिशतभन्दा बढी हो। उपचार पहुँच विस्तार हुँदै २०२४ मा ८५ प्रतिशतभन्दा बढी बिरामी उपचारमा आएका छन् भने ३.१ मिलियनभन्दा बढीलाई उपचार सुरु गरिएको छ।
यद्यपि, याे क्षेत्र अझै ‘ क्षयरोगकाे अन्त्य’ लक्ष्य हासिल गर्ने बाटोमा पछाडि रहेको डब्लुएचओले जनाएको छ। विशेषगरी औषधि प्रतिरोधी टीबी ( एमडिआर/ आरआर- टिवि) ठूलो चुनौतीका रूपमा रहेको छ, जसका करिब १ लाख ५० हजार नयाँ बिरामी प्रत्येक वर्ष देखिने अनुमान छ। साथै, कुपोषण, मधुमेह जस्ता सामाजिक–आर्थिक कारणले रोग फैलावट बढाइरहेको र टीबी प्रभावित ४४ प्रतिशत परिवारले उपचारका क्रममा ठूलो आर्थिक भार व्यहोर्नु परेको उल्लेख छ।
डब्लुएचओले टीबी नियन्त्रणका लागि तीव्र परीक्षण, छोटो उपचार विधि, प्राथमिक स्वास्थ्य सेवामा एकीकृत सेवा, र कृत्रिम बुद्धिमत्ता (एआई) जस्ता प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिएको छ।
विश्व क्षयरोग दिवसका अवसरमा डब्लुएचओले सदस्य राष्ट्रहरूलाई बलियो नेतृत्व, दीर्घकालीन लगानी र समुदायको सक्रिय सहभागितामार्फत टीबी अन्त्य अभियानलाई तीव्रता दिन आह्वान गरेको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा

फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा

फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा...

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना:  उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना: उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना: उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह...

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते...

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने...

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु...

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्