काठमाडौं, चैत ७। जल तथा मौसम विज्ञान विभाग ले आजका लागि देशभर वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ। विभागका अनुसार हाल देशमा मौसम प्रणाली सक्रिय रहेकाले विभिन्न प्रदेशमा बदलीसहित वर्षा हुने अनुमान गरिएको हो।
आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। त्यस्तै सुदूरपश्चिम प्रदेशका पनि धेरै स्थानमा वर्षाको प्रभाव रहने जनाइएको छ।
विशेषगरी कोशी, मधेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
आज राति भने कोशी प्रदेशका केही स्थानहरूमा, मधेश र बागमती प्रदेशसहित अन्य प्रदेशका हिमाली भू–भागका धेरै स्थानमा तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
विभागले सम्भावित वर्षा, चट्याङ र हावाहुरीका कारण दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।
अन्य लेखहरू: नेवाः टाइम्स
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् ।...
शपथसँगै नयाँ मन्त्रिपरिषद् गठन, प्रधानमन्त्री बहु मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
बालेन्द्र शाह नेतृत्वको नयाँ सरकार गठनसँगै नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। शितल निवासस्थित राष्ट...
बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री नियुक्त
राष्ट्रपति रामचन्द्र पाैडेलकाे कार्यालयबाट जारी विज्ञप्तिअनुसार नेपालकाे संविधानकाे धारा ७६ काे उपधारा (१) बमाेजिम प्रत...
काठमाडौंमा अवैध क्रिप्टो कारोबारमा संलग्न बंगलादेशी नागरिक नगदसहित पक्राउ
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–१६ क्षेत्रबाट बंगलादेश घर भई हाल सोही क्षेत्रमा बस्दै आएका २९ वर्षीय एमडी शेहाबुल ...
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यले शपथ लिए
गत फागुन २१ गते भएकाे प्रतिनिधि सभा निर्वाचनबाट निर्वाचित सांसदहरूले आज शपथ ग्रहण गरेका छन् । नवनिर्वाचित २७४ जना प्रत...
महिला मन्त्रालय गाभ्ने चर्चाप्रति राष्ट्रिय महिला आयोगको चासो, अध्यक्ष पराजुलीद्वारा खबरदारीको आह्वान
राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयलाई अन्य मन्त्रालयमा गाभ्ने चर्चा...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment