काठमाडौं, चैत १० । कुलमान घिसिङ ले नयाँ बन्न लागेको सरकारमा आफ्नो सहभागिताबारे सञ्चार माध्यम र सामाजिक सञ्जालमा फैलिएका चर्चाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै ती हल्ला निराधार रहेको स्पष्ट पारेका छन्।
उज्यालो नेपाल का अध्यक्ष घिसिङले एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानअनुसार गैर–सांसद व्यक्ति मन्त्री बन्न नसक्ने व्यवस्था रहेको स्मरण गराएका छन्। उनले जनताबाट प्राप्त जनादेशविपरीत कुनै वैकल्पिक बाटोबाट सांसद बनेर मन्त्री बन्ने कुरा कल्पनासमेत गर्न नसकिने बताएका छन्।
उनले सरकारमा सहभागिताबारे अहिलेसम्म कसैसँग कुनै किसिमको छलफल नभएको प्रष्ट पार्दै फैलाइएका समाचारप्रति विश्वास नगर्न आग्रह गरेका छन्।
घिसिङले आफ्नो पार्टी अहिले चुनावी परिणामलाई सम्मान गर्दै त्यसबाट सिकाइ लिँदै संगठन सुदृढीकरणमा केन्द्रित रहेको उल्लेख गरेका छन्। साथै, सुशासन र समृद्धिसहितको ‘उज्यालो नेपाल’ निर्माणप्रति आफ्नो प्रतिबद्धता यथावत् रहेको पनि उनले दोहोर्याएका छन्।
अध्यक्ष घिसिङले आफ्नो नाम जोडेर फैलाइएका भ्रामक प्रचारप्रति सचेत रहन सबैमा आग्रह गरेका छन्।
अन्य लेखहरू: नेवाः टाइम्स
ठमेल क्षेत्रमा अनैतिक गतिविधिमा संलग्न २० विदेशी महिला पक्राउ
नेपाल प्रहरी अन्तर्गत जिल्ला प्रहरी परिसर काठमाडौं ले ठमेल क्षेत्रमा अनैतिक तथा अभद्र गतिविधिमा संलग्न रहेको आरोपमा २० ज...
घुँडाको सफल शल्यक्रियापछि पुनरागमनको तयारीमा साम्बा
भण्डारीले सामाजिक सञ्जालमार्फत बुधबार बिहान अक्ल्याण्ड, न्यूजिल्याण्डमा डाक्टर साइमन र उनको टोलीद्वारा शल्यक्रिया सफलता...
वन डढेलो नियन्त्रणमा समन्वयको खाँचो, बहुपक्षीय संवादमा जोड
कार्यक्रममा सहभागीहरूले नेपालमा वन डढेलोको जोखिम बढ्दो क्रममा रहेको उल्लेख गर्दै यसको रोकथाम, पूर्वतयारी र प्रभावकारी व्...
पश्चिम एसियाको अवस्थाबारे मोदी–ट्रम्पबीच छलफल, शान्ति र स्थायित्वमा जोड
भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिँदै संवादमा पश्चिम एसियाको विकसित परिस्थितिबारे विचार आद...
फरार प्रतिवादी काठमाडौंबाट पक्राउ, करिब ८० लाख बिगोका मुद्दा दर्ता
प्रहरीका अनुसार बस्नेतविरुद्ध विभिन्न कार्यालयहरूमा बैंकिङ कसुर तथा चेक अनादरसम्बन्धी ९ वटा मुद्दा दर्ता रहेका छन्। ती म...
दक्षिण–पूर्वी एसियामा क्षयरोगको भार उच्च, अन्त्य गर्न संयुक्त प्रयासको आह्वान
विश्व क्षयरोग दिवसका अवसरमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दक्षिण–पूर्वी एसिया क्षेत्रमा क्षयरोग (टीबी) को भार अझै...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment