१० बैशाख २०८३, बिहिबार

सरकारले विज्ञापन दिनु कृपा होइनः रामकृष्ण रेग्मी


अ+
अ-

हालै सरकारले नीजिसंचार माध्यमहरूलाई सरकारी विज्ञापन नदिने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले चैत्र १८ गते सचिवस्तरको निर्णयबाट सरकारले नीजिसंचार माध्यमहरूलाई सरकारी विज्ञापन नदिने निर्णय गरेको हो वास्तवमा नीजि संचार माध्यमलाई किन सरकारले सहयोग गर्नुपर्छ, विज्ञापन दिनु पर्छ भन्ने विषय पहिला नै टुंगिसकेको विषय हो यो नयाँ विषय हैन, सार्वजनिक कोषलाई कसरी परिचालन गर्ने, मिडियालाई कसरी सहयोग गर्ने भन्ने कुरा देशमा प्रजातन्त्रको पुनर्वहालीपछि नै टुंगिसकेको विषय हो

 मिडियालाई विज्ञापन चाहिन्छ, नीजि संचारमाध्यमलाई सरकारले विज्ञापन दिनु कृपा होइन लोकतन्त्रको प्रमुख पिल्लरमध्येको एउटा पिल्लर मिडिया भएकोले यसलाई बचाउन पनि विज्ञापन दिनुपर्छ सरकारी कोष भनेको सार्वजनिक हो, दिनुपर्छ सरकारी नीजि भनेर विभेद गर्न मिल्दैन सरकारले आमसञ्चारकार माध्यमलाई धान्न, बचाउन पनि सहयोग गर्नुपर्छ, विज्ञापन दिनुपर्छ वास्तवमा विज्ञापन रचनात्मक रुपमा दिने हो भने प्रोपोगाण्डा पनि हुँदैन सरकारले दिईरहेको रकम बीचमा हराइरहेको अवस्थामा त्यसको मितव्ययितासाथ अगाडि बढाउनुपर्छ, प्रकृयालाई सुधार गर्नुपर्छ, विज्ञापन नै रोक्नु मिल्दैन वास्तवमा सरकारले विज्ञापनलाई बुझ् पनि सकेन मिडिया चलाउने राज्यको उत्तरदायित्वभित्र पर्छ

आमसञ्चार क्षेत्रमा नीजि मिडियालाई सरकारी विज्ञापन नदिने भन्ने नै हुँदैन अपारदर्शी लेनदेन, कागजात मिलाउने गर्दा विज्ञापनको मर्म संकुचित भएको अवस्था हो नेपालको नीजि क्षेत्रको मिडियाले निर्वाह गर्नुपर्ने भूमिका, दिनुपर्ने सामग्री, समाजलाई बुझेको छैन हेर्ने हो भने मिडियाले निर्वाह गर्नुपर्ने भूमिका गरिरहेको , सचेत कुनै पनि पूर्वाग्रह नलिई अगाडि बढेको विगत महिनाको अवस्थालाई नै हेर्ने हो भने पनि यो कुरा स्पष्ट हुन्छ मिडिया कभरेज, पोडकाष्टिङ, बहस आदिलाई हेर्ने हो भने पनि नीजि क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको , दक्षिण एशियामा हामी कुनै देशभन्दा पछाडि छैनौं गणतन्त्रको मूल मर्म मिडिया साक्षारता प्रभावकारी , त्यसमैं प्रहार भएको

नेपालको आमसञ्चार क्षेत्रलाई २०७२ सालको भूकम्पले एउटा धक्का दियो, कोविडले अर्को धक्का दियो अहिले फेरि अहिले अर्को धक्का लाग्यो वास्तवमा विज्ञापन समानुपातिक रुपमा वितरण भएको छैन तर सुधार गरेर दिनु पर्छ नवयुवाको उत्साहमा चलेको देश हो अहिले नीजि सञ्चार माध्यमले विज्ञापन नपाउने तथा नदिने कुराको विषयमा कहिंकतै छलफल, बहस भएन सरोकारवालाहरूले पनि समाचार बाटै रोकियो भन्ने थाहा पाए पहिला छलफल, बहस भएको भए कमीकमजोरी कहाँनेर भन्ने कुरा बुझ् सकिन्थ्यो मिडिया साक्षारता अभिवृद्धि गर्ने प्रमुख माध्यम भनेको नीजि सञ्चार माध्यम पनि हो समाजमा मिडिया साक्षारता अभिवृद्धि भएन भने नागरिक सहभागिता, लोकतान्त्रिक अभ्यासजस्ता कुरामा फरक पर्न थाल्छ

अहिले मिसइन्फरमेशन, डिसइन्फरमेशनको बाढी आइरहेको अवस्थामा मिडिया साक्षारता अभिवृद्धिलाई सुचारु गर्न, अझै सशक्त तुल्याउन पनि विज्ञापनको बन्देज हटाउनु पर्छ मिडियालाई कुनै सहयोग, सहजीकरण, करछूट, सामग्री खरिदमा सहयोग गर्नुपर्छ अहिलेको निर्णयमा खाडल , त्यसलाई सम्बोधन गरेर विज्ञापन निरन्तर रुपमा दिइनु पर्छ हिजोको मिडिया एबिसी, अहिले मिडिया साक्षारता अभिवृद्धि (एमआईएल) हो नागरिक तहलाई सचेत तुल्याउन, बुझाउन पनि मिडिया साक्षारता अभिवृद्धिलाई विशेष ध्यान दिनुपर्छ, मिडियालाई हल्का रुपमा लिनु हुँदैन

ग्रामिण समुदायमा मिडिया साक्षारता अभिवृद्धिका लागि स्थानीय संचारमाध्यम तथा सामुदायिक रेडियोको अहं भूमिका हुन्छ यस्तो अवस्थामा सरकारी संचार माध्यमलाई मात्र सरकारले विज्ञापन दिने कुराले संघीय प्रणाली सुचारु हुनमैं समस्या सृजना हुन जान्छ पब्लिक फण्ड जोगाएर समाजमा, देशमा नकारात्मकता फैलने संभावना पनि रहन्छ, मिडियाले गर्नुपर्ने भूमिका धेरै अब के गर्ने ? संवाद गर्ने, सम्वाद गर्न अति जरुरी मिडिया कभरेज, प्रभावकारिता हेरेर विज्ञापन वितरण गर्न सकिन्छ मिडिया साक्षारता अभिवृद्धिका लागि पनि मिडिया चाहिन्छ, मिडिया बचाउन विज्ञापन चाहिन्छ, मिडियालाई नकार्न मिल्दैन

आमसञ्चार माध्यममा सरकारले गरेको खर्च अनावश्यक खर्च हैन, लगानीको रुपमा लिनु पर्छ नागरिक सचेत बनाउन मिडियाको भूमिका अहं हुने हुँदा यो कुरालाई मनन गरिनुपर्छ व्यवहारिक रुपमा जाने हो भने केही परिवर्तन, केही संशोधन, केही सम्वाद गरेर जानुपर्छ भ्रष्टाचार हटाउँछु भन्ने सरकारले मिडिया साक्षारता अभिवृद्धिका लागि विश्वास बढाउन पनि सम्बाद गरेर अगाडि बढ्नुपर्छ समाधान के हो अब ? अब विज्ञापन वितरण प्रणालीमा कहाँ कहाँ विकृति , बिचौलियको हस्तक्षेप , नचाहिंदो संरक्षण त्यो खोजौं सार्वजनिक सम्पत्तिलाई चिनौं, सबै सञ्चार माध्यमलाई एउटै बास्केटमा राखेर पनि नहेरौं सरकारको यो निर्णयले नीजि क्षेत्रलाई चोट लाग्यो यो क्षेत्रको विकृति हटाउने हो भने विज्ञापन वितरण प्रणालीको गहन रुपमा अनुगमन गर्ने गरौं, निरन्तर रुपमा

एउटा समस्या पर्‍यो भन्दैमा समग्रमा लिनु हुँदैन पत्रकारले सधैं नै आफ्नो हकका लागि लडिरहनुपर्ने अवस्थाबाट निराकरण गर्न पनि सम्बाद गर्नुपर्छ ३५ वर्षभित्र संचार माध्यमले देशमा देखाएको सशक्त भूमिकालाई मनन गरिनुपर्छ नेपालमा सामुदायिक रेडियोले धेरै काम गरेको तर त्यसलाई पनि बुझ्ने कोसिस भएन

सञ्चार माध्यमको समय प्रविधिसँगसँगै जानुपर्छ वाधाअड्चन भए कानुनी रुपमा अगाडि बढ्नुपर्छ समय, प्रविधि प्रवृत्ति बदलिएअनुसार काम व्यवहार पनि बदल्नुपर्छ, विकृति देखिएअनुसार समाधान पनि खोज्दै जानुपर्छ (नेपाल प्रेस इन्स्टिच्यूट, एनपिआईद्वारा आयोजित मिडिया बहस कार्यक्रममा मिडिया विज्ञ तथा प्राध्यापक रामकृष्ण रेग्मीले प्रस्तुत गर्नुभएको प्रस्तुतिको सम्पादित अंश)

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा, गृह प्रधानमन्त्रीले सम्हाल्ने

गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा, गृह प्रधानमन्त्रीले सम्हाल्ने

राष्ट्रपति भवनबाट आज जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा गृ...

मेयर्स फोरमद्वारा सरकारको शैक्षिक सत्र  निर्णयमाथि गम्भीर ध्यानाकर्षण

मेयर्स फोरमद्वारा सरकारको शैक्षिक सत्र निर्णयमाथि गम्भीर ध्यानाकर्षण

काठमाडौं, वैशाख ९ । काठमाडौं उपत्यका मेयर्स फोरमले नेपाल सरकार,......

विद्यार्थीलाई अनिवार्य ४५ प्रतिशत भाडा छुट दिन निर्देशन

विद्यार्थीलाई अनिवार्य ४५ प्रतिशत भाडा छुट दिन निर्देशन

सार्वजनिक यातायातका साधनमा विद्यार्थीहरूलाई प्रदान गरिँदै आएको ४५ प्रतिशत भाडा छुटको सुविधा अनिवार्य रूपमा कार्यान्वयन ग...

विद्युतीय सवारीको भाडा नबढ्ने, तर यात्रुबाट बढी भाडा उठाउनेलाई कारबाही

विद्युतीय सवारीको भाडा नबढ्ने, तर यात्रुबाट बढी भाडा उठाउनेलाई कारबाही

सरकारले अन्तर्राष्ट्रियस्तरमा डिजेलको मूल्यवृद्धि भएपछि स्वचालित भाडा समायोजन प्रणालीअनुसार सार्वजनिक सवारीको भाडा समायो...

मन्त्रिपरिषद्का निर्णय: धितोपत्र बोर्ड अध्यक्ष छनोट प्रक्रिया अघि बढ्यो, तीन विधेयक संसदमा जाने

मन्त्रिपरिषद्का निर्णय: धितोपत्र बोर्ड अध्यक्ष छनोट प्रक्रिया अघि बढ्यो, तीन विधेयक संसदमा जाने

प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्र...

आज देशमा "लु"देखि हिमपातसम्मकाे प्रक्षेपण

आज देशमा "लु"देखि हिमपातसम्मकाे प्रक्षेपण

आज देशका विभिन्न भू-भागमा मौसम आंशिकदेखि बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज "लु" लाग्नेदेखि हिमपातसम्मका...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्