१० बैशाख २०८३, बिहिबार

कोठीबाट भागेर


अ+
अ-

लेखकः राजा शाक्य

रातो बादल आकासमा गुल्टिरहेको छ, भर्खरै लगाइदिएको सफा लुगा लगाएर रातो माटो पोतिएको भुईमा घस्रिंदै बच्चाहरु रोइदिए जस्तो । खोलामा लुगा धोएर फर्किरहेकी ग्रामिण युवती झैं सूर्य समुद्रबाट विस्तारै माथि उदाउँदै गरेको छ । ठीकठीकैका दुईचार वटा डुंगाहरु जात्रा हेरेर फर्किराखेकी क्षेत्रीनीलाई जिस्क्याएजस्तै रसिया गीत गाउँदै आआफ्नो प्रभाव पार्न हुग्ली नदीको दृष्य रत्नपार्कका युवायुवतीहरु जस्तै चञ्चल भइरह्यो । अघिल्तिरका मन्दिरहरूमा ‘आमरो वानो, आमारो बानो’ भन्दै कराइराखेको स्तुति गीत जस्तै गुन्जिरह्यो । यसरी कलकत्ताको एउटा होटलको कोठाबाट टाढा भएपनि अघिल्तिरै देखिएको हुग्ली नदीसँगको लसपसमा हराइराखेको म, पछाडिको आवाजले म झस्किए ।

‘‘बाबुजी एक बहुत आच्छे भालु मिला है । चलेंगे न आज ?’’

‘‘असमुच भालु आच्छे है ?’’

मेरो साथीको आवाज पनि निस्किहाल्यो । आफ्नो अनुहार रातो पार्दै यी दुवैको अनुहार हेर्दै गरें, एउटी छिल्लिएकी युवतीले नागःतुगः गर्दै जिस्क्याइरहे जस्तो । लंगूर बुर्जामा बूर्ज लिएजस्तै साथीले मसितै सोध्यो ।

‘‘लौ जाने होइन ? हिजो यसलाई ख्यालख्यालमा मात्रै भनेको, आज त साँच्चै खोजेरै ल्याएछ ।’’

‘‘हेर भाइ, म त नाइँ । भाइराम दाइ र दिलिपहरुलाई लाग्नू, म त नाईँ ।’’

दृढ हुँदै भनेकाले होला साथीले कवाफमा हड्डी’ सम्झ्यो ।

‘‘जाने भए सबै जाने । तिमी एक जना मात्र असल मान्छे भएर बस्न साथीभाईको बीचमा मिल्दैन ।’’
साथीको कचकचले मलाई पनि झर्को लाग्यो ।

‘‘होइन, तिमीहरु चाहिँदो नचाहिँदो बिचार नगर्नू । मलाई विश्वास गर्र्नू, म कसैलाई भन्दिन ।’’
मेरो यो कुरा सुनेर साथीहरु सकिएको आगो जस्तै शिथिल भए । होटलको कोठामा सरसफाइ गर्ने अधवैसे ब्वाइ पनि हाम्रो कुराकानी बुझेको जस्तो गरी बोल्यो ।

‘‘आपलोग जाना नहिं चाहाता है तो ठीक है । कोइ बात नहिं है ।’’

ब्वाइको कुराले साथीलाई बेमज्जा लाग्यो कि कुन्नी, दिइसकेको बचन फिर्ता नलिने हिसाबले बोल्यो ।

‘‘नहिं नहिं नहिँ, हम लोग जरुर आज जायेंगे । आज रातको जायेंगे तुम्हारी साथ, ठीक है ?’’

हामीले हाम्रो जीवनलाई कहिले न्यू मार्केटमा त कहिले डलहौजी रोडको लीगमा पाइला चालिराख्यौं । क्लाइब रोडको छेउमा ठेस लागे जस्तै भर्खरको युवती गौन साडी लगाइराखेकी ब्राम्हणी अनुहारको एउटी युवती लम्पसार परेर मरेको शव देखियो । म झस्कें । आठ दश हात पर एउटा दरोगा हातमा लठ्ठी लिएर सुरक्षार्थ बसिराखेको थियो । बटुवाहरु टाढैबाट बाटो तताइराहे,, वास्ता नै नराखी । हामी त काठमाडौंमा केही हुँदा ‘च् च्’ को सम्वेदना पोखेजस्तै गरी टक्क रोकियौंं । दरौगाले लठ्ठीले हिर्काउन खोज्यो र हामी बाटाोमा छरिएको गोवरका छिटा कुल्चिएला झैं गरेर त्यहाँबाट हट्यौं । रविन्द्र सरायलाई सम्झ्यौं । मान्छेको जीवन कुकुरको जीवनजस्तै भइराखेको युवतीको जीवनमा पाइला मात्र टेकी युवतीको जीवन रविन्द्रनाथको लेखनमा डुबुल्की मारेर हेर्न मन लाग्यो । मेरो सम्झना रविन्द्रनाथ ठाकुरको निधारका रेखाहरुमा टाँस्सिन गयो । मेरो विचार ठाकुरको अनुवादीत कहानी पुस्तकमा खोज्न पुग्यो । ‘‘मौसी’’, काबुलीवाला’, सुभा’, स्केलेटन’, होम कमिङ’ के के केके । मैले कुनै पनि कथामा त्यो युवती रोइराखेको कथा भेटिंन । म दिक्क भएँ । पे्रमचन्द्र र शरतचन्द्रहरूको साहित्य खोज्न मन लाग्यो । उहाँहरुको कथामा त शोषीत व पिडीतका क्रन्दनहरु अवश्य पनि सुनिन्छ । साँच्च,ै ऊ कसैकी छोरी होली । कसैकी बहिनी होलिन् । त्यत्ति राम्रो शरीर, खुर्सानी सुकाउने घाममा झिंगा भन्काएर लम्पसार परिराखेको छ ।

शरीर थरथर कमाउँदै र मन नै बिगारेर क्लाइव रोड नाघेर आयौं ।

बेलुका होटल ब्वाइसँग रिक्सा पार्कमा हाम्रो पाइला लम्कियो । रिक्सावालहरू चाकुमा झिंगा भन्किएजस्तो हामीलाई छोप्न आइपुगे । ब्वाइले देखाएको रिक्सामा हामी चढ्न गयौं । पालाक्क पिलिक्क बलिराखेको बत्तीको उज्यालो भित्र हाम्रो रिक्सा दौडिरह्यो । मुख्य बजार नाघेर गल्ली बजार जस्तो देखिने बाटोमा पनि दौडिरह्यो । कहिले चुरैचुराको पसल । कहिले रिक्सा र साइकलमात्रको पसल । कहिले गाईको मासु मात्र बेचिने पसलहरुको लाइन । दलिनमा साप्राहरु झुण्ड्याई चाहिने जति काट्दै बेच्दै । बाटो भरि दर्शैमा सार्कीहरूले डमरु बेच्दै गर्दा जस्तै गनाउने उत्तिकै । बाटो लामो रहेछ । टंकेश्वरको बजार आएजस्तो नयाँ र चौडा बाटोको बजार आइपुग्यो । हाम्रा रिक्साहरु एउटा एउटा गर्दै रोकियो ।

ब्वाइ र रिक्सावालहरूसँगै हाम्रो पाइला अगाडि बढ्यो । हेर्दा बहालमा दिने घरजस्तो ठूलो घर । मन्दिरमा पालो बस्ने सिंह जस्तो एउटा पाले एउटा मात्र ढोका खोलेर ठिंग उभिराहेको थियो । ढोकादेखि चोकसम्म जोडिएको एउटा लामो गल्लीजस्तो छिडी सुरुङजस्तो देखिन्थ्यो । त्यो बाटो पछि घर एउटैको चोक । चोकदेखि मटानसम्म जोडिएको भ¥याङ । मटानको ढोकाबाट देखियो, बिहेको तयारी भइराखे जस्तो युवतीहरु सिंगारपटार गर्दै यताउति गरिराखेको । हाम्रो छायाँमात्र के देखियो, उनीहरु आफूलाई देखाउन हामीतिर हुत्तिहाले । मलाई भने उनीहरुको हाउभाउ पढ्न मन लाग्यो । तर उनीहरुलाई के पढ्नु, उनीहरु आफैले पढ्न दिइराखे जस्तो खुल्ला । गाला पोलेर आयो । सुकेको छाला कक्रक्क परेर लाखेको अनुहार जस्तो भयो मेरो । साथीहरुले आफूलाई मन परेकाहरू एउटी एउटी गरी छानेर लगे । बाटोमा ठिंग उभिरहँदा मलाई एउटीले साँच्चै तारण राखेजस्तो गरी तानेर लगीे । मैले आफ्नो अस्वीकृति पनि जनाउन सकिनँ । कमेरो लगाइराखेको एउटा कोठामा बीचको गारोमा जोडिने गरी राखेको अस्पतालको जस्तो एउटा अग्लो फलामको खाट । खाटमा सफा सेतो तन्ना र पर्दा देखेर मलाई एउटा साथीको कोठाको सम्झना भयो । अलिकति पनि भद्दापना मन नपराउने साथीको कोठा त्यहाँ पुगेको जस्तो पो भयो । मैले आफ्नो आँखा सर्वत्र दौडाएँ । सेतो पर्दा ड्यम्म लगाइराखेको झ्याल । भित्तामा राधाकृष्णको तस्वीर भएको क्यालेण्डर एउटा । बीचमा एउटा दराज, दराजमा कोट, लुगा र पाइन्ट झुण्ड्याउने हायङगरको लहर । दलिनहरुको लहर र त्यहाँ एउटा शिलिङ फ्यान पनि । बाराः (गुफा) बसकेका हरूको कोठामा चाँप लगाएर नाचिराखेको जस्तो क्वाइँक्वाइँ र हुइँहुइँ आवाज निकाल्दै लक्ष्मण रेखाको घेरालिंदै फ्यान घुमिराखेको छ । त्यो मलाई हेर्दै दिक्क लाग्यो । त्यो सुन्नै मन लागेन, के गरौं के गरौं भयो ।
उसलाई त्यहाँबाट भाग्न मन लाग्छ । बारीको हावासँग घुम्न मन लाग्छ । पहाडको हावासित साइनो जोड्न मन लाग्छ । क्षितिजमा वास बस्न मन लाग्छ । तर त्यो विवस, पिंजडामा थुनिएको पंक्षी जस्तै । आँखामा आँशु भरिएर आयो । आकास, पृथ्वी र क्षितिजभरि आफ्नो राज्य कायम गर्न सक्ने तागत शितल हावा आज यस्तो सानो कोठामा नाक थुनेर बसिराख्नु परेको छ । मेरो मनमा त्यो घामको एक बान्की झुल्क्यो । किन त्यो पंखाको पखेटा बञ्चरो र चुपि भएर जाइलाग्न सकेन । त्यत्ति धेरै घुमीघुमी निकाली राखेको श्वास बेलुन जस्तो फुट्न सकेन ।

यो अस्पतालको जस्तो कोठामा बसेर गर्दनै दुख्ने गरी मास्तिर हेरिराखेको बेला झसङग हुने गरी अचानक आवाज आयो ।
‘‘बाबुजी रिक्सावाल पैसा मांगता है । वह बाहर खडा है ।’’

बाहिर गई रिक्सावाललाई पाँच रुपैयाको एउटा नोट दिएँ । रिक्सावालले भने दश रुपैयाबाट घटाएर नलिने भनी अड्डी कस्यो । अचम्म लाग्यो । चार रुपैया दिने भनेर भाउ मिलाएर ल्याएका लाई झन् पाँच रुपैया दिन्छु त दश रुपैया चाहिन्छ पो भन्यो । इज्जत नभएको ठाउँमा नकराउनु नै इज्जत राखेको हुने भएकोले अर्को पाँच रुपैया थपें । म सँग आउने आइमाई भित्र आई चार रुपैया माग्छ ।

‘‘फेरि चार रुपैया किन ?’’ भनेर सोध्दा कोठा सफा गर्नेलाई दिनुपर्छ पो भन्यो । ल भैगो भनेर चार रुपैया दिएँ । फेरि मेरो पैसा भनेर पच्चीस रुपैया मागी । त्यो पनि दिएँ । अब त उसले मलाई माया गर्ने होला नि भनेर सोचेको त पाँच रुपैया मेरो आमा भइराखेकोलाई बक्सिस दिनलाई भनेर फेरि मागी । अब त पाइतालादेखि नै रीस उठेर आयो ।
‘‘कितना पैसा चाहिए तुम्हे । ऐसा तंग करना अच्छा नहिं है । इस तरह ग्राहक लोगोंको दुःख देना बुरा काम है ।’’
बुढ्यौली पारा आउने गरी म के बम्कें, उसले पनि उत्तिखेरै एउटा बिडी सल्काएर सुइँसुइँ तान्न थाली । लुगा फुकाल्न भन्दै मेरो जीउमा छुन आई । उसको तरिका देखेर मलाई नरमाइलो लाग्यो । बच्चै बेलादेखि चुरोटको स्पर्श मात्रै प¥यो भने पनि हात पखाल्नु पर्ने मलाई बिंडीको धुँवाले मलाई वाक्वाकी नै आयो । उसलाई मेरो जीउमा छुन नदिई अलि पर हटेर म आफैले लुगा फुकाल्न थालें । उसले आफ्नो सेतो जीन पाइन्ट र ब्लाउज फुकालेर खाटमा पल्टेलगत्तै बिंडीको धुँवा उडाउँदै कुरा निकाल्न थाली ।

‘‘आप दश रुपैया मुझे बक्सिस दिजिएगा तो मैं आपको बहुत ‘साटिसफाइड ’कर दुंगी ।’’

मलाई यौनको मगन्तेसँग जस्तै व्यवहार गरेकोमा हाँसो पनि उठ्यो । हेर्दै अमरावतीलाई इनारमा खसालेर नक्कली राजकुमारी हुन खोजेकीले मलाई सन्तुष्टी दिने ? तैपनि मलाई त्योसँगको शारीरिक स्पर्शभन्दा उनीहरुको जीवन बुझ्न मन लाग्यो । विस्तारै उसको नाम सोधें । अलि झर्केर जवाफ दिई ।

‘सायरा बानु ।’

कस्तो नसुहाउँदो नाम । उसको मुखमुद्रालाई ‘सायरा बानु’ नेफा राखेर सिलाइराखेको पाइन्ट जस्तो भयो । उसले एक दुई अंग्रेजी शब्द प्रयोग गरेका कारण मैले अंग्रेजीमै सोधें ।

ज्यध mगअज थयग जबखभ कतगमष्भम mष्ककरु
उसले गिल्ला गरे झैं गरेर जवाफ दिई ।

हमारा तो बोर्डिङ भी यहीं है और लजिङ भी यहीं है ।’’

तिम्रो धर्म के हो भनेर सोध्दा फिस्स हाँसेर भनी– ख्रिस्चेन ।

नाउँ मुसलमानी, अनुहार विहारी, धर्म ख्रिश्चियन । कति अल्झिएको कुरा यो । भयो, चाहिने कुरा होइन । उसको नाउ र धर्मसँग मेरो के सरोकार । तै पनि मेरो खुल्दुली त छँदै थियो । यी आइमाई कसरी यस ठाउँमा आइपुगिन् होली । मैले फेरि एउटा अर्को प्रश्न तेर्साएँ ।

तुम्हारा कोही नहीं है ?’’

उसले पुग्ने गरी जवाफ फर्काई ।

यही हमारा दुनिया है ।’’

कोट्याई कोट्याई सोधिराखेकाले उसलाई झर्को लाग्यो कि कुन्नी, बोली ।

‘‘काम करो और जाओ । मेरा दिमाग मत खाओ ।’’

उसको मुखाले स्वभावले मलाई बेमज्जा लाग्यो । मेरो अनुहार कति रातो भयो कुन्नी, ब्रा बिनाको उनको नाङ्गो शरीरमा मेरो आँखा पुग्यो । उसको शरीरमा मेरो आँखा गुच्चाजस्तै गुल्टिरहेको बेला उसको पेटमा दायाँबायाँ लामो लामो घाउको रेखा देखें । त्यो घाउको रेखाहरुमा मेरो आँखा अल्झिराखेकै बेला सायरा बानु अचानक झड्कन पुगी, ‘‘क्या देख रहा है ? काम करके जाओ ।’’

अचानक कसैले ‘‘धत्’’ भनेर चोर पक्रेजस्तो म झसङ्ग भएँ । उसको घाउको दाग र स्वभाव देखेर अमलपित्त घाँटीसम्म पुगेजस्तो भएर तिरमिराएँ । मेरो आँखामा अघि क्लाइव रोडमा लम्पसार परेर मरिरहेको आइमाई उभिन आई । जुरुक्क उठें । लुगा लगाएर सरासर बाहिरिएँ ।

‘‘मां देखो न वह रूठ के चला गया ।’’ भन्दै सायरा बानुको आवाजले लखेट्दै ल्यायो । फर्केर हेर्दै नहेरी सरासर लामो छिडीमा ‘अल लाइन क्लियर’ गर्न लगाइराखेको खापाको गजुवार उचालें । स्टुलमा बसेर सुरक्षा गरिराखेको पाले पक्क परेर बसिरहेको थियो । गर्मीमा चलचित्र सकिएपछि खोलिने ढोकाको खापा जस्तै तातो हावा निकाली शितल हावा तानी म चोकमा पुगें । पालेले हेर्दाहेर्दै म बाहिर पुगें, रातो सूर्य डाँडापारि बिलाएको आगोको मुस्लोजस्तै । ó

((मौलिक नेपालभाषाको कथा बसन्त महर्जनद्वारा अनुवाद))

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
राजा शाक्य

यस लेखकका अन्य लेखहरू उपलब्ध छैनन्

अन्य सामग्रीको लागि पछि फेरि जाँच गर्नुहोस्: राजा शाक्य

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्