१४ बैशाख २०८३, सोमबार

काठमाडौंका सुकुम्वासी बस्ती हटाउने अभियान सुरु


अ+
अ-

 
काठमाडौं, वैशाख १२ । जब्बर रुपमा राजनीतिक मोहरा बन्दै आएको काठमाडौंको सुकुम्बासी समस्या तथा काठमाडौं उपत्यकाका नदी किनारमा रहेका अव्यवस्थित तथा अतिक्रमित बस्ती हटाउने अभियान सरकारले आज शनिबारबाट सुरु गरेको छ । दुई दिनभित्र (शनिबार र आइतबार) बस्ती खाली गराउने कार्यतालिका बनाइएको छ । सरकारले अल्टिमेटम दिएपछि केही बासिन्दा आफैं घरटहरा हटाउन थालेका छन् । सम्भावित विरोधलाई मध्यनजर गर्दै शुक्रबार साँझदेखि नै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । 

 

⠿ drag

सरकारका अनुसार थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रबाट हटाइने सुकुम्वासीलाई अस्थायी रूपमा तीन स्थानमा स्थानान्तरण गरिनेछ । लगत संकलन कार्य भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गर्नेछ र १५ दिनभित्र वास्तविक तथा अवास्तविक सुकुम्वासी छुट्याइने योजना छ। वास्तविक सुकुम्वासीलाई स्थायी बसोबासको व्यवस्था गरिने सरकारी दाबी छ । देशका विभिन्न ठाउँमा प्रशस्त जग्गा जमिन भएकाहरू पनि अधिकांश सुकुम्बासीको रुपमा ठाउँ अतिक्रमण गरेर बसेका थिए, जुन काठमााडौं उपत्यकाको ‘पिलो’को रुपमा बढ्दै गएको समस्या थियो ।


बालेन शाहः ’जोखिमबाट जोगाउनै स्थानान्तरण’
प्रधानमन्त्री बालेन्द्र शाहले नदीकिनारका बस्ती हटाउने निर्णयलाई मानवीय र दीर्घकालीन समाधानका रूपमा व्याख्या गरेका छन् । उनले हरेक वर्ष आउने बाढीका कारण हजारौं मानिस ज्यान जोगाएर भाग्नुपर्ने बाध्यता स्मरण गराउँदै यस्तो अवस्था अन्त्य गर्न सुरक्षित स्थानमा व्यवस्थापन आवश्यक भएको बताएका छन् । “यो वर्षोंदेखि दोहोरिँदै आएको समस्या हो, अब यसलाई फेरि अर्को वर्षका लागि थाती राख्न सकिँदैन,“ उनले उल्लेख गरेका छन् । शाहले जोखिमपूर्ण क्षेत्रमा बस्न बाध्य नागरिकलाई सुरक्षित स्थानमा सार्नु नै उनीहरूको अधिकार भएको तर्क गर्दै नदीकिनारका बस्तीले ढल निकास प्रणाली अवरुद्ध भएर उपत्यका नै प्रदूषित बन्दै गएको पनि बताएका छन् । उनका अनुसार सरकारका ’१०० काम’ भित्र सुकुमवासी व्यवस्थापन र सार्वजनिक जग्गा अतिक्रमण रोक्ने प्रतिबद्धता रहेको र त्यसलाई कार्यान्वयन गर्न प्रक्रिया अघि बढाइएको छ । “अतिक्रमणकारी र वास्तविक सुकुमवासी छुट्याएर वास्तविकलाई जग्गा वितरण गर्ने दीर्घकालीन समाधानतर्फ सरकार अघि बढेको छ,” उनले बताएका छन् ।

महानगरको धारणाः ’मानवीय र सम्मानजनक व्यवस्थापन’ 
काठमाडौं महानगरपालिकाले पनि सरकारको अभियानमा सहयोग गर्ने जनाएको छ । कार्यवाहक मेयर सुनिता डंगोलले मानवीय संवेदनशीलता कायम राख्दै कार्यान्वयन गरिने बताएकी छन् । उनले सार्वजनिक, पर्ति, ऐलानी तथा सामुदायिक जग्गा संरक्षण गर्नुपर्ने दायित्वसँगै मानवअधिकारका न्यूनतम मापदण्ड पालना गरिने स्पष्ट पारेकी छन् । “जेष्ठ नागरिक, बिरामी, गर्भवती महिला, बालबालिका तथ अपांगता भएका व्यक्तिहरूको विशेष ख्याल राख्दै सकेसम्म विवादरहित र सुरक्षित ढंगले व्यवस्थापन गरिनेछ,” उनले भनेकी छन् । साथै, सम्बन्धित मन्त्रालय र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गर्दै कानुनसम्मत ढंगले काम गरिने महानगरले जनाएको छ । विरोध र शंका यद्यपि, बस्ती हटाउने कार्यलाई लिएर विरोध पनि भइरहेक छ । जबर्जस्ती हटाउन खोजिएको भन्दै केही सुकुमवासी समूहले असन्तुष्टि जनाएका छन् ।
यसबीच सुकुमवासी व्यवस्थापनको नाममा विगतमा भएका दुरुपयोगबारे छानबिन गर्नुपर्ने आवाज पनि उठेको छ । ट्रान्स्परेन्सी इन्टर नेशनलका नेपालका अध्यक्ष पद्मिनी प्रधानाङ्गले सुकुम्वासीको नाममा पटक–पटक सार्वजनिक जग्गा हडप्ने, बेच्ने र सम्पत्ति आर्जन गर्ने प्रवृत्तिको छानबिन गर्नुपर्ने बताएकी छन् । उनले वास्तविक सुकुम्वासी र पेशेवर अतिक्रमणकारी छुट्याउन विस्तृत अध्ययन आवश्यक रहेको उल्लेख गर्दै सार्वजनिक जग्गा निजीकरण हुन नदिन कडाइ गर्नुपर्नेमा जोड दिएकी छन् ।

विगतको अनुभवः योजना किन असफल भयो? 
विगतमा सुकुमवासी व्यवस्थापनका प्रयास सफल नभएको उदाहरण पनि छ । इचंगुनारायण क्षेत्रमा निर्माण गरिएको आवास परियोजना यसको उदाहरण बनेको छ । सन् २०१२ मा डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले सुरु गरेको उक्त योजनामा करिब २३ करोड रुपैयाँ खर्चेर २२७ आवास युनिट निर्माण गरिएको थियो । तर रोजगारी, यातायात, विद्यालय तथा आधारभूत सेवाको अभावका कारण लक्षित समुदाय त्यहाँ बस्न तयार भएन । विशेषज्ञहरूका अनुसार सुकुमवासी व्यवस्थापनमा केवल घर उपलब्ध गराउनु मात्र पर्याप्त हुँदैन, जीवनयापनका उपाय पनि चाहिन्छ । यद्यपि काठमाडौंको काठ काठसम्म बस्ती फैलिएको अहिलेको अवस्थामा सुकुम्वासीले काठमाडौंको मुटुमै सरकारले जग्गा दिनुपर्छ भन्नुपनि न्यायसंगत मान्न सकिन्न ।

 

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
घुस लिएको आरोपमा प्राविधिक सहायकविरुद्ध मुद्दा दायर

घुस लिएको आरोपमा प्राविधिक सहायकविरुद्ध मुद्दा दायर

घुस लिएको आरोपमा प्राविधिक सहायकविरुद्ध मुद्दा दायर...

सुनका सिक्री लुटपाटमा संलग्न ५ जना पक्राउ

सुनका सिक्री लुटपाटमा संलग्न ५ जना पक्राउ

सुनका सिक्री लुटपाटमा संलग्न ५ जना पक्राउ...

नेपाल–चीन र नेपाल–जापानबीच सूचना प्रविधि सहकार्य विस्तारमा जोड

नेपाल–चीन र नेपाल–जापानबीच सूचना प्रविधि सहकार्य विस्तारमा जोड

नेपाल–चीन र नेपाल–जापानबीच सूचना प्रविधि सहकार्य विस्तारमा जोड...

काठमाडौं घोषणा पत्र जारी: ‘ओझेलका आवाजहरू केन्द्रमा ल्याउन’ संयुक्त प्रतिबद्धता

काठमाडौं घोषणा पत्र जारी: ‘ओझेलका आवाजहरू केन्द्रमा ल्याउन’ संयुक्त प्रतिबद्धता

काठमाडौं घोषणा पत्र जारी: ‘ओझेलका आवाजहरू केन्द्रमा ल्याउन’ संयुक्त प्रतिबद्धता...

मन्त्रिपरिषद् बैठकका निर्णय: भन्सार नियमावली स्वीकृत, सशस्त्र प्रहरीमा नयाँ  प्रहरी महानिरीक्षक नियुक्त

मन्त्रिपरिषद् बैठकका निर्णय: भन्सार नियमावली स्वीकृत, सशस्त्र प्रहरीमा नयाँ प्रहरी महानिरीक्षक नियुक्त

मन्त्रिपरिषद् बैठकका निर्णय: भन्सार नियमावली स्वीकृत, सशस्त्र प्रहरीमा नयाँ प्रहरी महानिरीक्षक नियुक्त...

खाली गराइएको सुकुम्बासी  बस्ती क्षेत्र संरक्षण गर्न तारबार लगाउने

खाली गराइएको सुकुम्बासी बस्ती क्षेत्र संरक्षण गर्न तारबार लगाउने

खाली गराइएको सुकुम्बासी बस्ती क्षेत्र संरक्षण गर्न तारबार लगाउने...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्