१३ बैशाख २०८३, आइतबार

हिजाेको मन्त्रिपरिषद् बैठकका निर्णय : एडीबी ऋण वार्ता टोली गठन, प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा फिर्ता


अ+
अ-

काठमाडौँ, वैशाख ११ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एसियाली विकास बैंक (एडीबी) सँगको सहुलियतपूर्ण ऋण सहायता सम्झौता, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा फिर्ता, र सरकारी सूचना प्रणाली सुधार गर्न अध्ययन कार्यदल गठनलगायतका निर्णय गरेको छ।

बैठकले ‘एकीकृत खानेपानी तथा ढल व्यवस्थापन (क्षेत्र)’ आयोजनाका लागि एडीबीबाट प्राप्त हुने १ सय १५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता सम्झौता र सम्बन्धित कागजातलाई अन्तिम रूप दिन अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ।

यस्तै, बैठकले २०७५ भदौ २१ को निर्णय सच्याउँदै महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको १ सय १४ रोपनी ३ आना जग्गा पूर्ववत् प्रतिष्ठानलाई नै प्रयोग गर्ने निर्णय गरेको छ। उक्त जग्गा राष्ट्रपतिको कार्यालयलाई दिने पुरानो निर्णय रद्द गरी प्रतिष्ठानकै स्वामित्वमा रहने भएको हो।

साथै, सरकारी निकायहरूमा रहेका सफ्टवेयर तथा सूचना प्रविधिसम्बन्धी प्रणालीहरूको अध्ययन र सुधारका लागि सूचना तथा सञ्चार प्रविधि सल्लाहकारको संयोजकत्वमा अध्ययन कार्यदल गठन गर्ने निर्णय समेत भएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
सरकारद्वारा उपत्यकाका नदीकिनार र सार्वजनिक जग्गाका बस्ती खाली गराउने कार्य जारी

सरकारद्वारा उपत्यकाका नदीकिनार र सार्वजनिक जग्गाका बस्ती खाली गराउने कार्य जारी

प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालले दिएको जानकारीअनुसार काठमाडौं महानगरपालिका वडा नम्बर ११ स्थित थापाथलीको बस्ती पू...

थापाथलीका टहरा भत्काइयो, २५ जना विस्थापित: काठमाडौं महानगरपालिका

थापाथलीका टहरा भत्काइयो, २५ जना विस्थापित: काठमाडौं महानगरपालिका

थापाथलीका टहरा भत्काइयो, २५ जना विस्थापित: काठमाडौं महानगरपालिका...

काठमाडौंका सुकुम्वासी बस्ती हटाउने अभियान सुरु

काठमाडौंका सुकुम्वासी बस्ती हटाउने अभियान सुरु

जब्बर रुपमा राजनीतिक मोहरा बन्दै आएको काठमाडौंको सुकुम्बासी समस्या तथा काठमाडौं उपत्यकाका नदी किनारमा रहेका अव्यवस्थित त...

गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा, गृह प्रधानमन्त्रीले सम्हाल्ने

गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा, गृह प्रधानमन्त्रीले सम्हाल्ने

राष्ट्रपति भवनबाट आज जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा गृ...

मेयर्स फोरमद्वारा सरकारको शैक्षिक सत्र  निर्णयमाथि गम्भीर ध्यानाकर्षण

मेयर्स फोरमद्वारा सरकारको शैक्षिक सत्र निर्णयमाथि गम्भीर ध्यानाकर्षण

काठमाडौं, वैशाख ९ । काठमाडौं उपत्यका मेयर्स फोरमले नेपाल सरकार,......

विद्यार्थीलाई अनिवार्य ४५ प्रतिशत भाडा छुट दिन निर्देशन

विद्यार्थीलाई अनिवार्य ४५ प्रतिशत भाडा छुट दिन निर्देशन

सार्वजनिक यातायातका साधनमा विद्यार्थीहरूलाई प्रदान गरिँदै आएको ४५ प्रतिशत भाडा छुटको सुविधा अनिवार्य रूपमा कार्यान्वयन ग...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्