२९ जेठ २०८३, शुक्रबार

निर्वाचनसम्बन्धी इकाइहरु बन्द  


अ+
अ-

काठमाडौं, फागुन २७ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई लक्षित गरी निर्वाचनको समग्र व्यवस्थापन, सूचना प्रवाह, समन्वय तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्वाचन आयोगले स्थापना गरेका विभिन्न विशेष इकाई तथा समन्वय केन्द्रहरू बन्द गरिएको निर्वाचन आयाेगले जनाएको छ ।
आयाेगले निर्वाचन प्रक्रियासँग सम्बन्धित सूचनाको प्रभावकारी सम्प्रेषण, सरोकारवाला निकायबिच समन्वय तथा मतदाता र सर्वसाधारणलाई आवश्यक जानकारी उपलब्ध गराउने उद्देश्यले आयोगले २०८२ पुस ११ गतेदेखि निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना गरेको थियो। त्यस्तै मतदाता र आम सर्वसाधारणका निर्वाचनसँग सम्बन्धित जिज्ञासा सम्बोधनका लागि २०८२ माघ ५ गतेदेखि कल सेन्टर र सुरक्षा निकायबिच सहकार्य तथा निर्वाचन प्रक्रियाको समग्र समन्वयका लागि २०८२ माघ ११ गतेदेखि संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याइएकोमा मतदान एवम् मतगणनाको कार्य सम्पन्न भइसकेको सन्दर्भमा ती इकाइ तथा समन्वय केन्द्रहरू आयोगको फागुन २६ को निर्णय अनुसार आजदेखि लागू हुनेगरी बन्द गरिएको आयाेगले जनाएको छ ।
आयाेगका अनुसार सञ्चालन अवधिभर निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र मातहतको सूचना सदाचार प्रवर्धन इकाइले निर्वाचनसम्बन्धी ९९८ हानिकारक सूचना पहिचान र विश्लेषण गरी सम्बन्धित नियामक निकायमा पठाएको जनाएको छ। साथै, कल सेन्टरले मतदाता नामावली, मतदाता शिक्षा, निर्वाचन आचारसंहिता तथा निर्वाचन प्रक्रियाका अन्य विषयसमेत गरी आम मतदाताका ८हजार दुई सय२० जिज्ञासाको सम्बोधन गरेको छ।
आयाेगका अनुसार संयुक्त निर्वाचन सञ्चालन केन्द्रले मतपत्र र निर्वाचन सामग्री ढुवानीमा सुरक्षा समन्वय तथा ट्रयाकिङ गर्ने, हवाइ ढुवानी कार्ययोजनाको तयारी र कार्यान्वयन एवम् समन्वय, मतदान केन्द्रसम्म मतपत्र र निर्वाचन सामग्री ढुवानीको ट्रयाकिङका साथै निर्वाचन सुरक्षासम्बन्धी विभिन्न सूचना संकलन, विश्लेषण, समन्वय र प्रतिवेदनलगायतका काम त्रुटिरहित तवरले सम्पादन गरी निर्वाचन सुरक्षा समन्वय र व्यवस्थापनलाई प्रभावकारी बनाउन सक्रियतापूर्वक कार्यसम्पादन गरेको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय...

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित...

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ...

विद्यालयका सवारी चालकबाट मादक पदार्थ सेवन

विद्यालयका सवारी चालकबाट मादक पदार्थ सेवन

विद्यालयका सवारी चालकबाट मादक पदार्थ सेवन...

बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि...

बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि...

बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि......

कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन

कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन

कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्