२९ जेठ २०८३, शुक्रबार

हिमाल र महासागरको भविष्य एकै छ : परराष्ट्र मन्त्री खनाल


अ+
अ-

पोर्ट लुइस, मौरिसस, चैत २८ । नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले हिमाल र महासागरको अस्तित्व एक–अर्कासँग अभिन्न रूपमा जोडिएको बताउँदै जलवायु परिवर्तन, समुद्री सुरक्षा र दिगो विकासका लागि सामूहिक साझेदारी आवश्यक रहेको धारणा राखेका े परराष्ट्र मन्त्रालयले जनाएको छ।

९औँ हिन्द महासागर सम्मेलनलाई मौरिससमा सम्बोधन गर्दै मन्त्री खनालले भने, “हिमाल र महासागरको स्वास्थ्य अलग–अलग छैन। हिमालमा पग्लिएको हिउँ नै समुद्रमा बढ्दो जलस्तरको कारण बन्छ।”

उनले मध्यपूर्वमा जारी द्वन्द्वका कारण नेपाली नागरिकको ज्यान गएको, धेरै घाइते भएको र लाखौंको जीविकोपार्जन प्रभावित भएको स्मरण गराउँदै हिन्द महासागरको स्थायित्व विश्व शान्तिसँग जोडिएको बताए। उनले सो क्षेत्रमा कार्यरत नेपालीको सुरक्षा आफ्नो सर्वोच्च प्राथमिकता रहेको स्पष्ट पारे।

‘सामूहिक स्टुअर्डसिप’ को आवश्यकता

सम्मेलनको ‘हिन्द महासागर शासनका लागि सामूहिक स्टुअर्डसिप’ विषयलाई औचित्यपूर्ण ठहराउँदै मन्त्री खनालले संकीर्ण स्वार्थभन्दा माथि उठेर अन्तर्राष्ट्रिय कानुन, सम्प्रभु समानता र शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्तमा आधारित समावेशी बहुपक्षीय व्यवस्था आवश्यक रहेको बताए।

बुद्धको शिक्षा र समुद्र मन्थनको प्रसङ्ग

नेपाल भूमध्यवेष्टित राष्ट्र भए पनि प्राचीन व्यापार तथा सांस्कृतिक सम्बन्धले हिन्द महासागरसँग जोडिएको उल्लेख गर्दै उनले लुम्बिनीमा जन्मिएका गौतम बुद्धको ‘प्रतीत्यसमुत्पाद’को सिद्धान्त उद्धृत गरे। त्यस्तै, ‘समुद्र मन्थन’को पौराणिक प्रसङ्ग सुनाउँदै उनले भने, “त्यसैले निस्किएको हलाहल विष भगवान् शिवले पिए, र घाँटीको पीडा कम गर्न उनले नेपालको हिमालमा शरण लिए।”

सगरमाथा संवाद र जलवायु न्याय

नेपालले हिमाल–महासागर सम्बन्धलाई जलवायु परिवर्तनको केन्द्रमा राख्दै सगरमाथा संवादजस्ता मञ्च सञ्चालन गरेको जानकारी दिँदै खनालले आगामी दिनमा हिन्द महासागर शासनको अभिन्न पक्षका रूपमा यसलाई औपचारिक मान्यता दिन आह्वान गरे।

उनले ‘सर्वे भवन्तु सुखिनः’ (सबै प्राणी सुखी हुन्) को भावनासहित हिमाल र समुद्रबीच पुलको रूपमा नेपाल सधैँ तयार रहेको प्रतिबद्धता जनाए।

उक्त सम्मेलन सन् २०२६ अप्रिल १०–१२ मा मौरिससमा आयोजित भइरहेको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ...

विद्यालयका सवारी चालकबाट मादक पदार्थ सेवन

विद्यालयका सवारी चालकबाट मादक पदार्थ सेवन

विद्यालयका सवारी चालकबाट मादक पदार्थ सेवन...

बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि...

बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि...

बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि......

कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन

कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन

कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन...

समस्याग्रस्त सहकारीका ऋणीहरूको नामावली सार्वजनिक, ऋण चुक्ता गर्न आग्रह

समस्याग्रस्त सहकारीका ऋणीहरूको नामावली सार्वजनिक, ऋण चुक्ता गर्न आग्रह

समस्याग्रस्त सहकारीका ऋणीहरूको नामावली सार्वजनिक, ऋण चुक्ता गर्न आग्रह...

आठ वडा अध्यक्षको पद गयाे

आठ वडा अध्यक्षको पद गयाे

आठ वडा अध्यक्षको पद गयाे...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्