२९ जेठ २०८३, शुक्रबार

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यले शपथ लिए


अ+
अ-

काठमाडौं, चैत१२ । गत फागुन २१ गते भएकाे प्रतिनिधि सभा निर्वाचनबाट निर्वाचित सांसदहरूले आज शपथ ग्रहण गरेका छन् ।
नवनिर्वाचित २७४ जना प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
विगतमा संसद् बैठक सञ्चालन हुँदै आएको नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्र जेनजी आन्दोलनका क्रममा जलेर क्षतिग्रस्त भएकाले तथा सिंहदरबारस्थित नयाँ संसद् भवन निर्माण सम्पन्न भइनसकेकाले पद तथा गोपनीयताको शपथका लागि सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हल प्रयोग गरिएको थियो । सोही हलमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।
सङ्घीय संसद् सचिवालयका अनुसार नयाँ भवन सचिवालयलाई हस्तान्तरण नहुँदासम्म सोही हलमा संसद् बैठक सञ्चालन हुनेछ । उक्त संसद भवनको परिसर र पार्किङ निर्माणाधीन भएकाले पार्किङ र अन्य व्यवस्थापन अस्तव्यस्त देखिथ्यो ।
संसद् सचिवालयले निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको तस्बिर दुई प्रतिसहित तोकिएको समयभन्दा दुई घण्टा अगावै उपस्थित हुन आग्रह गरेको थियो ।
शपथपछि सांसदहरुलाई प्रतीक चिन्ह (लोगो) र ब्याज उपलब्ध गराइएको थियो । शपथमा आएका सदस्यहरुले आफ्ना कतिपय परिवारका सदस्यहरुलाई पनि ल्याएका थिए ।
नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गोपनीयताको सपथ लिने व्यवस्था छ ।
खचाखच भरिएको संसद भवन परिसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाहलाई पुर्याउन सुरक्षा निकायलाई हम्मेहम्मे परेकाे देखिन्थ्यो । उनी भाेलि विशेष समाराेहबीच प्रधानमन्त्री हुँदैछन् ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय...

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित...

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ...

विद्यालयका सवारी चालकबाट मादक पदार्थ सेवन

विद्यालयका सवारी चालकबाट मादक पदार्थ सेवन

विद्यालयका सवारी चालकबाट मादक पदार्थ सेवन...

बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि...

बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि...

बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि......

कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन

कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन

कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्