२८ जेठ २०८३, बिहिबार

लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी सुरु


अ+
अ-

काठमाडौं, माघ १८ नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानको आयोजना नेपाल व्यावसायिक कलाकार संघ, रुपन्देही तथा कालिका मानवज्ञान माध्यमिक विद्यालयको सहआयोजनामा हिजो शनिबारदेखि लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी २०८२ सुरु भएको

कार्यक्रममा प्रमुख अतिथि प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले राष्ट्र समाजको भौतिक विकाससँगसँगै संस्कृति, शान्ति विकासका लागि ललितकलाको विशेष महत्त्व रहेको बताउँदै राष्ट्रले यसलाई बोध गर्नुपर्नेमा जोड दिएका थिए नेपालमा कलाको मर्मलाई जराबाटै उठाउनुपर्ने आँैल्याउँदै स्थानीय जनजीवनलाई बोध गराउने उद्देश्यले प्रादेशिक ललितकला प्रदर्शनी गरिएको कुलपति हार्तम्छालीको कथन थियो

कार्यक्रममा बुटवल उपमहानगर पालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई मुख्य केन्द्र सम्भावना भएको ऐतिहासिक क्षेत्रका रूपमा जोड दिँदै कलाका माध्यमबाट कलाकारहरूले ती विषयवस्तुलाई समेत प्रस्तुत गर्नुपर्ने बताए प्रमुख खेलराजले यस्ता गतिविधिलाई पालिकाले गर्नुपर्ने आवश्यक सहयोग गर्न सदैव तत्पर रहेको बताए

प्रतिष्ठानका मूर्तिकला विभाग प्रमुख तथा लुम्बिनी प्रदेश समन्वय समिति संयोजक दिनेश्वर महतोले प्रदेश तथा स्थानीय तहले आफ्नो क्षेत्रको ललितकलाको विकास तथा प्रवद्र्धनमा अग्रणी भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिंदै प्रदर्शनीमा लुम्बिनी प्रदेशका कला, संस्कृति, पर्यटनसँगै जनजीवनका विविध पाटो समेटिएका कलाकृति रहेको जानकारी दिएका थिए

यसै गरी कार्यक्रममा प्रतिष्ठानका समसामयिक चित्रकला विभाग प्रमुख संजय बान्तवा, प्राज्ञसभा सदस्य जुपिटर प्रधान, कालिका मानवज्ञान माध्यमिक विद्यालयका सहायक प्राचार्य पीताम्बर बन्जाडे, कलाकार एच.वी रम्तेलले आफ्नो धारणा राखेका थिए 

प्रदर्शनीमा समसामयिक चित्रकला/मूर्तिकला, शिल्पहस्तकला, वास्तुकला तथा लोककला, बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विधाका ११५ जना कलाकारका १५० भन्दाबढी कलाकृतिहरू समावेश छन् नेपाल पर्यटन बोर्ड कला प्रवद्र्धक रहेको प्रदर्शनी माघ २१ गतेसम्म चल्ने

बुटवलको कालिका मानवज्ञान माध्यामिक विद्यालयमा भईरहेको प्रदर्शनीको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले संयुक्त रूपमा उद्घाटन गरेका थिए

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ...

विद्यालयका सवारी चालकबाट मादक पदार्थ सेवन

विद्यालयका सवारी चालकबाट मादक पदार्थ सेवन

विद्यालयका सवारी चालकबाट मादक पदार्थ सेवन...

बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि...

बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि...

बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि......

कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन

कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन

कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन...

समस्याग्रस्त सहकारीका ऋणीहरूको नामावली सार्वजनिक, ऋण चुक्ता गर्न आग्रह

समस्याग्रस्त सहकारीका ऋणीहरूको नामावली सार्वजनिक, ऋण चुक्ता गर्न आग्रह

समस्याग्रस्त सहकारीका ऋणीहरूको नामावली सार्वजनिक, ऋण चुक्ता गर्न आग्रह...

आठ वडा अध्यक्षको पद गयाे

आठ वडा अध्यक्षको पद गयाे

आठ वडा अध्यक्षको पद गयाे...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्