२८ जेठ २०८३, बिहिबार

लण्डनमा पहिलोपटक इन्द्र जात्रा: नेवार संस्कृतिको भव्य उत्सव


अ+
अ-

काठमाडौं , साउन ३१ । काठमाडौं उपत्यकामा विशेष भव्यताका साथ मनाइने इन्द्र जात्रा अब पहिलोपटक बेलायतमा आयाेजना हुन लागेको छ। पासा पुच गुथि यूकेको २५औं वार्षिकोत्सवको अवसर पारेर आज १६ अगस्टमा फेल्थमस्थित स्प्रिङवेष्ट एकेडेमीकोकाे चाैरमा रंगीन वेशभूषा, धिमे बाजा, मुखौटा नृत्य र रथयात्राले गुञ्जिनेछ।

“लण्डन इन्द्रजात्रा: काठमाडौंकाे प्रतिबिम्ब” नाम दिइएको यस पर्वलाई आयोजकहरूले केवल उत्सव मात्र नभई बेलायतमा नेपाली–नेवार संस्कृतिको दीगो पहिचान स्थापना गर्ने ऐतिहासिक प्रयासका रूपमा लिएका छन्।

काठमाडौंको इन्द्रजात्रा झल्को लण्डनमै

इन्द्रको कैद–मुक्ति, वर्षा–उपज र धार्मिक आस्थासँग जोडिएको इन्द्र जात्राले काठमाडौंमा विशेष सांस्कृतिक ऊर्जा ल्याउने गर्छ। यही झल्को अब लण्डनमा देखिन लाग्दा प्रवासी नेपाली समुदायमा उत्साह छ। लण्डनमै हुर्केका साना बालबालिका तथा युवा पुस्तालाई पनि जात्रासँगै बज्ने बाजागाजाले जुरूकजुरूक पार्नेछ ।

लण्डन इन्द्रजात्रामा पनि इन्द्र, भैरव, कुमारी र गणेशका रथयात्रा निकालिनेछन्। इन्द्रजात्राकाे आकर्षण पुलुकिसि, लाखे नृत्य, धिमे ढोलको ताल, मुखौटा नृत्य र पवित्र अनुष्ठानहरूले काठमाडौंको जात्राको आत्मा बेलायतमा पुनर्जीवित हुँदैछ आज ।

कसरी सम्भव भयो ?

यस पटकको जात्रालाई अल्डरसटदेखि एडिनबर्गसम्मका पाँच शाखाले संयुक्तरूपमा तयारी गरेको यो कार्यक्रमले बेलायतभरका नेपालीलाई एकताको सूत्रमा बाँध्ने उद्देश्य राखेको छ। याे कार्यक्रम सफल बनाउन लण्डनवासीमात्र नभएर वरपरका थुप्रै युवाहरू खटेका छन् । सहभागिताका लागि पनि बेलायत नभएर अन्य देशबाट पनि आईसकेकाे तयारी कार्यक्रममा खटिरहेका युवाहरूले बताएका छन् ।

लण्डन इन्द्रजात्राका कार्यक्रम संयोजक तथा पासा पुच गुथिका संरक्षक ओजेश सिंह भन्छन्, “बेलायतमा रहेका नेवारहरूले नेपालमा जस्तै आफ्नो संस्कृति जगेर्ना गर्न सक्छन् भन्ने विश्वलाई सन्देश दिन यो जात्रा आयोजना गरिएको हो। “

कार्यक्रम आयाेजनाका सन्दर्भमा आफूले महसुस गरेका चुनाैतिहरूका सन्दर्भमा उनी खुल्छन्, “चाहना थियाे तर शुरूमा आफैंमा आत्मविश्वास जगाउन गाह्रो भयो । समूहलाई पनि समूहमा साथीहरूलाई विश्वास दिलाउँन निकै समय लाग्याे । ईन्द्र जात्रा मनाउने त भनियाे तर त्यसका तत्वहरू बुझ्न जरूरी थियाे । त्यसकाे लागि सन् २०१५ देखि निरन्तर नेपाल गएर अध्ययन गरियाे ।” आफूले ईन्द्र जात्रा आयाेजना गर्दा सदियाैंदेखि नेपालमा जात्रा आयाेेजना गर्दै आएकाहरूलाई चित्त नदुखाेस् भन्ने पनि थियाे । याे कुरालाई पनि मनन गरे, आयाेजकले ।

ओजेशले भनेका छन्, “नेपालमै गएर अध्ययन गर्दा र जात्राका तत्व बुझ्दा सम्भव भयो।” उनका अनुसार, लण्डन इन्द्रजात्राकाे लागि रथको लागि चाहिने सामग्री, आँखीझ्याल, कपडा लगायतका वस्तु नेपालबाटै ल्याउनुपर्ने भएकाले ठूलो चुनौती थपिएको थियो।

“सन् २०१८ मा सानो टिमले बेलायतमै इन्द्र जात्रा मनायो, तर रथ तानेर प्रदर्शन गर्ने आँट भने यो पटक मात्रै गरेका हौं,” सिंह स्मरण गर्छन्।

सांस्कृतिक गौरव र एकताको प्रतीक

इन्द्र जात्रा हिन्दू र बौद्ध दुवै परम्पराको संगम हो। धार्मिक श्रद्धासँगै यो पर्व सामाजिक–सांस्कृतिक सम्पर्क र कला–संस्कृतिको प्रदर्शन पनि हो।

नेपाल बाहिर पहिलोपटक यसरी भव्य रूपमा आयोजना हुँदै गरेको जात्राले बेलायतका नेपाली युवापुस्तालाई आफ्नो संस्कृति र पहिचानप्रति गर्व गर्ने अवसर दिने अपेक्षा गरिएको छ।

दीगो परम्परा निर्माणको योजना

आयोजकहरूले इन्द्र जात्रालाई निरन्तरता दिने घोषणा गरेका छन्। योजना अनुसार, यो पर्व बेलायतमा हरेक दुई वर्षमा भव्यताका साथ मनाइनेछ। यसले प्रवासी समुदायमा सांस्कृतिक चेतना मात्र होइन, नेपाल–बेलायतबीचको सम्बन्धलाई पनि बलियो बनाउने विश्वास लिइएको छ।

लण्डन इन्द्रजात्रा,२०२५ केवल एक दिनको कार्यक्रम होइन; यो त नेपाली संस्कृतिको पुनर्जीवन, प्रवासीहरूको पहिचान र भविष्यको प्रेरणा हो। काठमाडौंको आकाशमा देखिने इन्द्र जात्राको झल्को अब लण्डनको आकाशमा चम्किन गइरहेको छ। विशेष तिथि मितिमा आयाेजना गरिने चाडपर्व विदेशमा विदाकाे दिन पारेर मनाउनु स्थानीय वाध्यतालाई मनन गर्ने हाे भने याे संस्करण अन्य देशका प्रवासी नेवार-नेपालीहरूले पनि अनुशरण गर्ने कुरामा दुई मत छैन ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ...

विद्यालयका सवारी चालकबाट मादक पदार्थ सेवन

विद्यालयका सवारी चालकबाट मादक पदार्थ सेवन

विद्यालयका सवारी चालकबाट मादक पदार्थ सेवन...

बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि...

बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि...

बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि......

कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन

कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन

कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन...

समस्याग्रस्त सहकारीका ऋणीहरूको नामावली सार्वजनिक, ऋण चुक्ता गर्न आग्रह

समस्याग्रस्त सहकारीका ऋणीहरूको नामावली सार्वजनिक, ऋण चुक्ता गर्न आग्रह

समस्याग्रस्त सहकारीका ऋणीहरूको नामावली सार्वजनिक, ऋण चुक्ता गर्न आग्रह...

आठ वडा अध्यक्षको पद गयाे

आठ वडा अध्यक्षको पद गयाे

आठ वडा अध्यक्षको पद गयाे...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्