२२ जेठ २०८३, शुक्रबार

विश्व वातावरण दिवस: विद्या राईलाई वातावरण पत्रकारिता पुरस्कार–२०२५


अ+
अ-

काठमाडौँ, जेठ २१ । विश्व वातावरण दिवस (जुन ५) का अवसरमा नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले वातावरण पत्रकारिता पुरस्कार–२०२५ पत्रकार विद्या राईलाई प्रदान गर्ने निर्णय गरेको छ।
नेपाल न्यूज डट कममा कार्यरत पत्रकार राईलाई वातावरणका विषयमा खोजमूलक समाचार लेखनमार्फत उल्लेखनीय योगदान पुर्‍याएको भन्दै नगद राशिसहित प्रमाणपत्र प्रदान गरिने नेवापसले जनाएको छ।
समूहले प्रत्येक वर्ष विश्व वातावरण दिवसका अवसरमा वातावरण तथा दिगो विकासका विषयमा उत्कृष्ट पत्रकारिता गर्ने पत्रकारलाई प्रोत्साहनस्वरूप वातावरण पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ। सन् २०२५ भरि पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइन माध्यममा प्रकाशित तथा प्रसारित सामग्री र कार्यक्रमको विषयगत सान्दर्भिकता, निरन्तरता, भाषा–शैली तथा समावेशिताका आधारमा मूल्याङ्कन गरी पुरस्कारका लागि छनोट गरिएको हो।
पुरस्कारका लागि समूहले पत्रकारहरूबाट सन् २०२५ भरिका लेख, रचना तथा कार्यक्रम समावेश गरी आवेदन आह्वान गरेको थियो। प्राप्त आवेदनमध्ये समूहका पूर्व अध्यक्ष कसमस विश्वकर्माको संयोजकत्वमा गठित तीन सदस्यीय निर्णायक मण्डलले गरेको सिफारिसका आधारमा राईलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको जनाइएको छ। निर्णायक मण्डलमा समूहका पूर्व महासचिव संगीता लामा र विज्ञ सदस्य बटुकृष्ण उप्रेती सदस्य रहेका थिए।
नेवापसद्वारा स्थापित वातावरण पत्रकारिता पुरस्कार प्राप्त गर्ने राई ३९औँ पत्रकार हुन्। पुरस्कार समूहको आगामी साधारणसभाका अवसरमा हस्तान्तरण गरिनेछ।
यसैबीच, प्राप्त ३५ वटा आवेदनमध्ये उत्कृष्ट, प्रशंसनीय तथा उल्लेखनीय वातावरणीय रिपोर्टिङ गरेको भन्दै पाँच पत्रकारलाई ‘उत्कृष्ट रिपोर्टिङ–२०२५’ प्रशंसापत्र प्रदान गर्ने घोषणा पनि गरिएको छ।
प्रशंसापत्र प्राप्त गर्ने पत्रकारहरूमा कान्तिपुर टेलिभिजन, रुकुम पूर्वका महेश केसी, रातोपाटी, धनगढीकी सविता बुढा, अन्नपूर्ण पोस्ट, धनकुटाका हरिबहादुर लम्जेल, नेपाल समाचारपत्र, सुर्खेतकी सिर्जना बुढाथोकी तथा उकालो डटकम, बेनी (म्याग्दी) का घनश्याम खड्का रहेका छन्।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा  घरमै बसेर लिन सकिने

मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा घरमै बसेर लिन सकिने

मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा घरमै बसेर लिन सकिने...

दक्षिण एशियामा विपद् जोखिम न्यूनीकरणका लागि समुदायमा लगानी बढाउनुपर्नेमा जोड

दक्षिण एशियामा विपद् जोखिम न्यूनीकरणका लागि समुदायमा लगानी बढाउनुपर्नेमा जोड

दक्षिण एशियामा विपद् जोखिम न्यूनीकरणका लागि समुदायमा लगानी बढाउनुपर्नेमा जोड...

मोदी–रवि भेटवार्ता : नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सहकार्य गर्ने प्रतिबद्धता

मोदी–रवि भेटवार्ता : नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सहकार्य गर्ने प्रतिबद्धता

मोदी–रवि भेटवार्ता : नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सहकार्य गर्ने प्रतिबद्धता...

रास्वपाका सभापति रवि लामिछानेद्वारा भाजपाको शीर्ष नेतृत्वसँग भेटवार्ता

रास्वपाका सभापति रवि लामिछानेद्वारा भाजपाको शीर्ष नेतृत्वसँग भेटवार्ता

रास्वपाका सभापति रवि लामिछानेद्वारा भाजपाको शीर्ष नेतृत्वसँग भेटवार्ता...

भारतमा अनलाइन ठगीमा फसेका ४५३ नेपालीको उद्धार, १९ जना नियन्त्रणमा

भारतमा अनलाइन ठगीमा फसेका ४५३ नेपालीको उद्धार, १९ जना नियन्त्रणमा...

‘हिट एक्शन डे’ आज: दक्षिण एशियामा बढ्दो गर्मीको संकट, नेपाल पनि उच्च जोखिममा

‘हिट एक्शन डे’ आज: दक्षिण एशियामा बढ्दो गर्मीको संकट, नेपाल पनि उच्च जोखिममा

‘हिट एक्शन डे’ आज: दक्षिण एशियामा बढ्दो गर्मीको संकट, नेपाल पनि उच्च जोखिममा...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्