चितवन, असोज १३ । कर्मचारी तथा विभित्र क्षेत्रमा लागेका सर्वसाधारण दशैं मनाउन फूलपातिपछि घर जान थाल्छन् । तर मुग्लिन–नारायणगढ सडकखण्डको तुईन खोला पुल नजिकै सोमबार साँझ ५:५० बजे ठूलो पहिरो खस्दा दुईतर्फी सवारी आवागमन पूर्णरूपमा बन्द भएको छ।
सडक डिभिजन भरतपुरका अनुसार तैनाथ अवस्थामा रहेका तीन वटा उपकरणमार्फत दुवैतर्फबाट पहिरो हटाउने कार्य निरन्तर भइरहेको छ। तर पहिरो खस्ने क्रम नरोकेकाले अझै करिब आधा घण्टा समय लाग्ने अनुमान गरिएको छ।
“रातिको समयमा पनि फ्लड लाइटको व्यवस्था गरेर भएपनि यातायात सुचारु गर्ने लक्ष्यका साथ हाम्रो टोली निरन्तर खटिएको छ,” सडक डिभिजनले जनाएको छ।
चाडपर्वको अवसर पारेर यात्रा गरिरहेका हजारौं यात्रु पहिरोका कारण बाटोमै अल्झिनु परेको छ। समयमै गन्तव्य पुग्न नसक्दा यात्रुहरूको असुविधाप्रति डिभिजनले दुःख व्यक्त गरेको छ।
More from NewaTimes
एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक
एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक...
मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना
मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना...
आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने
आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने...
३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय
३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय...
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment