विपद् प्रतिकार्यका लागि अत्याधुनिक प्रविधि प्रयोग गर्ने अवस्थामा पुगेका छौँः गृहमन्त्री लेखक


अ+
अ-

काठमाडौँ, साउन ६ गते । गृहमन्त्री रमेश लेखकले सरकार विपद् प्रतिकार्य, खोज, उद्धार र राहतलगायत काममा अत्याधुनिक प्रविधि प्रयोग गर्ने अवस्थामा पुगेको बताउनुभएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल मानवरहित विमान ९ड्रोन० सङ्घ÷नेपाल ड्रोन सङ्घबीच आज मन्त्रालयमा भएको समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा उहाँले प्रयोगले विपद् प्रतिकार्यका क्रममा खोज, उद्धार र राहत ९औषधि र पानीलगायत० ड्रोनमार्फत पु¥याउन सकिने अवस्था बनेको बताउनुभयो ।

गृहमन्त्री लेखकले विपद् पूर्वसूचना र प्रतिकार्यका लागि तयारी अवस्थामा बस्न जरूरी रहेको बताउँदै पूर्वसूचना प्रणालीलाई चुस्तदुरुस्त बनाउने गरी काम भएको जानकारी दिनुभयो । “हामी विपद्को उच्च जोखिम भएको भूगोलमा छौँ । बाढीपहिरो, भूकम्प, चट्याङ र लूदेखि हिउँलाग्नेसम्मको जोखिममा छौँ”, मन्त्री लेखकले भन्नुभयो,“अब निजी क्षेत्रमा काम गरिरहेका संस्था, व्यक्ति पनि विपद् प्रतिकार्यमा जोडिनुपर्छ भनेर समझादारी गरेका छौँ । यसले सकारात्मक परिणाम दिनेछ ।”

मन्त्री लेखकले विपद् प्रतिकार्य र व्यवस्थापनका लागि सरकार र निजी क्षेत्र हातेमालो गरेर अगाडि बढ्ने काम भइरहेको बताउनुभयो । नागरिकको जिउधनको रक्षा गर्ने विषयसित जोडिएर राष्ट्रको महत्त्वपूर्ण दायित्व पालना गर्न अघि बढेकामा ड्रोन सङ्घलाई उहाँले धन्यवाद दिनुभयो । 

समझदारी पत्रमा प्राधिकरण र नेपाल मानवरहित विमान ९ड्रोन० सङ्घबीच सहकार्य गरी खोज तथा उद्धार, राहत वितरण तथा अन्य सामग्री ढुवानी, विपद् प्रभावित क्षेत्रको निरीक्षण, भौगोलिक नक्शाङ्कन, क्षति मूल्याङ्कन र सूचना सङ्कलन तथा विश्लेषण कार्य गरिने उल्लेख छ । 

यस्तै, विपद्को समयमा ड्रोनको प्रयोग गर्न प्राधिकरणले आवश्यकताअनुसार माग गरेमा ड्रोन सङ्घले निःशुल्क रूपमा उपकरण ९पाइलटसहित० उपलब्ध गराउने समझदारी पत्रमा उल्लेख छ । यस कार्यमा खटिने  सदस्यहरूको यात्रा र बसोबासको व्यवस्था प्राधिकरणले गर्नेछ ।

प्रचलित कानुन र ड्रोन उडानसम्बन्धी अनुमति लिएका ड्रोन र पाइलट विपद्को समयमा परिचालन गर्न आवश्यक समन्वय र सहजीकरण प्राधिकरणले गर्ने भनिएको छ । ड्रोन सञ्चालनका सन्दर्भमा आवश्यक मार्गनिर्देशन, समन्वय र सहजीकरणका लागि समन्वय समितिसमेत गठन गरिएको छ । जसमा प्राधिकरण, प्रतिकार्य शाखा प्रमुख संयोजक रहनेछन् । प्राधिकरणको समन्वयमा गृह मन्त्रालय, विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले तत्काल ड्रोन उडान गर्ने÷गराउने गरी परिचालन गर्नेछ । उक्त समझदारी एक वर्षसम्म कायम रहने र आपसी समझदारीमा पुनः नवीकरण गर्न सकिने सर्त राखिएको छ । 

कार्यक्रममा निमित्त गृहसचिव जयनारायण आचार्य, प्राधिकरणका कार्यकारी प्रमुख इञ्जिनीयर दिनेश भट्ट, नेपाल ड्रोन सङ्घका अध्यक्ष राजबाबु महर्जनलगायत उपस्थित हुनुहुन्थ्यो । यसअघि मन्त्रालयले हेलिकप्टर एसोसियसनसँग पनि विपद् प्रतिकार्यका लागि निःशुल्क हवाई उद्धारलगायत विषय समेटेर समझदारी गरिसकेको छ ।  

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक...

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८  बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना...

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने...

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय...

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित...

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्