थाईलैंडको एशियन इन्स्टिच्यूट अफ टेक्नोलोजि र प्राधिकरणबीच विपद् व्यवस्थापनमा सहकार्य गर्नेबारे छलफल


अ+
अ-


काठमाडौं, कार्तिक २६ ।थाइलैंडको बैंककस्थित एशियन इन्स्टिच्यूट अफ टेक्नोलोजि र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबीच नेपालको विपद् व्यवस्थापनमा सहकार्य गर्ने विषयमा छलफल भएको छ ।

प्राधिकरणका कार्यकारी प्रमुख ई.दिनेश भट्ट र एआइटीको स्कुल अफ इन्जिनियरिङ्ग एण्ड टेक्नोलोजिका डिन प्रोफेसर संगम श्रेष्ठबीच सम्पन्न बैठकमा नेपालको ग्लफ, पहिरो, बाढीलगायतका विपद्को अध्ययन गर्न सहकार्य गर्ने विषयमा छलफल भएको हो । एआइ मोडुल विकास गरी भूकम्पले क्षति पुगेका घर तथा भवनहरुको विस्तृत क्षति अध्ययन (ड्यामेज ग्रेड डिटेक्सन) गर्नेबारे पनि छलफल भयो।

यसैगरी नेपाली विद्यार्थीहरुका लागि उक्त विश्वविद्यालयमा इन्टर्नसीप गराउन सहजीकरण गर्ने विषयमा पनि छलफल भएको थियो। यसका लागि प्राधिकरण र विश्वविद्यालयले सम्झौता गरेर सहकार्यलाई अघि बढाउने कुरा भएको प्रोफेसर श्रेष्ठले जानकारी दिए ।


छलफल पश्चात कार्यकारी प्रमुख भट्टले उक्त विश्वविद्यालयको वाटर इन्जिनियरिङ्ग एण्ड मेनेजमेन्ट (WEM) मा रहेको हाइड्रोलिक्स ल्याव र एआइ एण्ड सिमुलेसन ल्यावको पनि अवलोकन गरेका थिए । डब्लुइएममा सिनियर ल्याव सुपरभाइजर डा.डिवेश खड्का र सिमुलेसन ल्यावका ल्यावोरेटोरी मेनेजर डा.सनित अरुणप्लोडले ल्यावले गरिरहेको अध्ययन अनुसन्धानबारे जानकारी गराएका थिए।

उक्त अवसरमा नेपालको हिमाली क्षेत्रमा पछिल्लो चुनौतीका रुपमा देखा परेको सिमापार सूचना आदान प्रदानमा आर्टिफिसियल इन्टेलिजेन्सको कसरी प्रयोग गर्न सकिन्छ भन्नेबारे र विपद्को अध्ययन अनुसन्धानमा ड्रोन प्रयोगको संभाव्यताबारे पनि छलफल भएको थियो।


एशियन विपद् पूर्वकार्य केन्द्रको बैठकमा सहभागी हुन बैंकक पुगेका कार्यकारी प्रमुख भट्टले एशियन इन्स्टिच्यूट अफ टेक्नोलोजीको पनि भ्रमण गरेका थिए ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक...

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८  बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना...

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने...

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय...

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित...

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्