लेक लागेर मनाङ र कास्कीमा चारजनाको मृत्यु, यात्रुहरूलाई सतर्क रहन प्राधिकरणको आग्रह


अ+
अ-

काठमाडौं, कार्तिक १० । पछिल्ला दुई दिनमा लेक लागेर मनाङ र कास्की जिल्लामा चार जनाको मृत्यु भएको छ भने एकजना स्पेनी नागरिकलाई उपचारका लागि काठमाडौं ल्याइएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा जारी विज्ञप्तिमा मृतकका परिवारजनमा समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

जल तथा मौसम विज्ञान विभागको पछिल्लो पूर्वानुमानअनुसार कार्तिक १० र ११ गते देशका केही प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। साथै, बंगालको खाडी र अरब सागरमा बनेका दुई न्यूनचापीय प्रणालीका कारण आगामी मंगलबारदेखि शुक्रबारसम्म देशभर वर्षा र हिमपात हुने पूर्वानुमानसमेत गरिएको छ।

यस्तै, विभागले आज पाेष्ट मनसुन विशेष मौसम बुलेटिन जारी गर्दै आज रातीदेखि १२ गते बिहानसम्म गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको उल्ले ख गरेबाे छ। साथै, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपातको पनि सम्भावना रहेको छ ।

सम्भावित हिमपात/ वर्षाको कारणले दैनिक जन-जीवन, पर्वतारोहण लगायत कृषि, पर्यटन क्षेत्रमा समेत असर पर्ने सम्भावना भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरेकाे छ।

प्राधिकरणले हाल पर्यटन सिजन चलिरहेको र ठूलो संख्यामा आन्तरिक तथा बाह्य पर्यटक पर्वतारोहण र पदयात्राका लागि हिमाली क्षेत्रमा निस्किरहेको अवस्थालाई ध्यानमा राख्दै यात्रुहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ।

विज्ञप्तिमा भनिएको छ, “हिमाली तथा उच्च पहाडी क्षेत्रको यात्रामा निस्कनुअघि मौसम पूर्वानुमान र यस प्राधिकरणबाट जारी हुने पूर्वसूचना तथा ‘अलर्ट’ बारे जानकारी लिनुहोस्। लेक लाग्ने जोखिमबारे सचेत रहनुहोस्, आवश्यक तयारी गर्नुहोस् र स्वास्थ्यमा असजिलो महसुस भए तुरुन्त तलतिर झरी उपचार प्रक्रियामा लाग्नुहोस्। साथै, एक्लै यात्रामा ननिस्कनुहोस्।”

प्राधिकरणले उच्च पहाडी तथा हिमाली जिल्लाका जिल्ला सुरक्षा समिति, स्थानीय तह र पर्यटन व्यवसायीहरूलाई समेत मौसम पूर्वानुमान तथा प्राधिकरणको ‘अलर्ट’ अनुसार आवश्यक कदम चाल्न र नागरिकको जीवनरक्षामा भूमिका निभाउन अनुरोध गरेको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
'विपद्को चेतना, कलाको अभिव्यक्ति’ कार्टुन कला प्रदर्शनी सुरु

'विपद्को चेतना, कलाको अभिव्यक्ति’ कार्टुन कला प्रदर्शनी सुरु

'विपद्को चेतना, कलाको अभिव्यक्ति’ कार्टुन कला प्रदर्शनी सुरु...

प्रि-मनसुनमा ४५ वर्षयताकै सबैभन्दा धेरै वर्षा, सन् १९९० को रेकर्ड समेत तोडियो

प्रि-मनसुनमा ४५ वर्षयताकै सबैभन्दा धेरै वर्षा, सन् १९९० को रेकर्ड समेत तोडियो

प्रि-मनसुनमा ४५ वर्षयताकै सबैभन्दा धेरै वर्षा, सन् १९९० को रेकर्ड समेत तोडियो...

आज देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपात, बागमती र गण्डकीमा ताताे दिन

आज देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपात, बागमती र गण्डकीमा ताताे दिन

आज देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपात, बागमती र गण्डकीमा ताताे दिन...

विदेशमा पिआर लिएका दुइ कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरि कारबाही गरिने

विदेशमा पिआर लिएका दुइ कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरि कारबाही गरिने

विदेशमा पिआर लिएका दुइ कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरि कारबाही गरिने...

विपद पत्रकारिता कसरी गर्ने ?

विपद पत्रकारिता कसरी गर्ने ?

विपद पत्रकारिता कसरी गर्ने ?...

लोकतान्त्रिक मूल्य–मान्यता कमजोर पार्ने गतिविधिप्रति पापडको चिन्ता, पत्रकार महासंघको आन्दोलनमा ऐक्यबद्धता

लोकतान्त्रिक मूल्य–मान्यता कमजोर पार्ने गतिविधिप्रति पापडको चिन्ता, पत्रकार महासंघको आन्दोलनमा ऐक्यबद्धता...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्