इजरायलमा बन्धक बनाइएका बिपिनको रिहाइका लागि प्रधानमन्त्री ओलीद्वारा पहल


अ
अ+
अ-

काठमाडौं, भदाै २ । प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायलमा हमासद्वारा बन्धक बनाइएका नेपाली नागरिक बिपिन जोशीको सुरक्षित र शीघ्र रिहाइका लागि सरकार निरन्तर पहलमा रहेको बताएका छन्। प्रधानमन्त्री ओेलीले उक्त कुरा आफ्नो फेसबुक पेजमा उल्लेख गरेका हुन् ।

प्रधानमन्त्री ओलीका अनुसार इजरायलस्थित नेपाली दूतावासको समन्वयमा बिपिनकी आमा पद्मा र बहिनी पुष्पाले हालै इजरायली राष्ट्रपति इसाक हर्ज़ोग र संसद अध्यक्ष एमिर ओहानासँग भेट गरी छोराको रिहाइका लागि आग्रह गरेका छन्।

यसअघि ओलीले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सिसीसँग टेलिफोन वार्ता गर्दै जोशीको रिहाइमा सहयोग गर्न आग्रह गरेका थिए।

परराष्ट्र मन्त्रालयले पनि खाडी क्षेत्रका दूतावासमार्फत निरन्तर संवाद गर्दै बिपिनको सुरक्षालाई प्राथमिकतामा राखेको प्रधानमन्त्रीले जानकारी दिएका छन्।

प्रधानमन्त्री ओलीले इजरायलमा सहयोग गरिरहेका नेपाली र स्थानीय नागरिक, पत्रकार, सुरक्षाकर्मी तथा सामाजिक अभियन्ताप्रति आभार व्यक्त गर्दै बिपिनका परिवारसँग सरकार सधैं साथमा रहने बताए।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार २०२३ अक्टोबर ७ मा किबुज अलुमिमबाट अपहरण भएका जोशी अझै जीवित रहेका एक मात्र विदेशी बन्धक भएको विश्वास गरिएको छ। हालै उनकी आमा र बहिनीले इजरायल भ्रमण गरी विभिन्न उच्च अधिकारीलाई भेट्ने क्रममा “बिपिनलाई नबिर्सन” आग्रह गरेका थिए। बिपिनकी आमा पद्मा र बहिनीले इजरायली विभिन्न संचार माध्यमबाट पनि उनकाे रिहाइको लागि आग्रह गर्दै आएका छन् ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
भोटेकोशी बाढी : खोज तथा उद्धारबाट अब खोज तथा पुनर्स्थापनाको चरणमा जाने निर्णय

भोटेकोशी बाढी : खोज तथा उद्धारबाट अब खोज तथा पुनर्स्थापनाको चरणमा जाने निर्णय

भोटेकोशी बाढी : खोज तथा उद्धारबाट अब खोज तथा पुनर्स्थापनाको चरणमा जाने निर्णय...

बेलायती  ILR: नेपाली आप्रवासी र विद्यार्थीमा बढ्दो चिन्ता

बेलायती ILR: नेपाली आप्रवासी र विद्यार्थीमा बढ्दो चिन्ता

बेलायती ILR: नेपाली आप्रवासी र विद्यार्थीमा बढ्दो चिन्ता...

विपद्मा भारतको सहयोगप्रति प्रधानमन्त्री शाहद्वारा धन्यवाद

विपद्मा भारतको सहयोगप्रति प्रधानमन्त्री शाहद्वारा धन्यवाद

विपद्मा भारतको सहयोगप्रति प्रधानमन्त्री शाहद्वारा धन्यवाद...

चार दिनको भारी वर्षामा २७ जनाको मृत्यु, ८ जना बेपत्ता

चार दिनको भारी वर्षामा २७ जनाको मृत्यु, ८ जना बेपत्ता

चार दिनको भारी वर्षामा २७ जनाको मृत्यु, ८ जना बेपत्ता...

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक...

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्