Saturday, September 19, 2026 | 4:47 PM

नेवापसमा निमेष रेग्मीकाे अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित


अ+
अ-

काठमाडौं, असाेज २ ।नेपाल वातावरण पत्रकार समूह (नेवापस) काे ४१औँ वार्षिक साधारणसभाले निमेष रेग्मीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेकाे छ ।
निर्वाचित भएका पदाधिकारीहरूमा उपाध्यक्ष सुबाेध गाैतम , महासचिव सृष्टि काफ्ले तथा काेषाध्यक्ष भिष्मराज ओझा निर्विराेध निर्वाचित भएका हुन्।
यस्तै, पूर्ण सदस्यमा प्रकाश रिमाल र टीका बन्धन, विज्ञ सदस्यमा विजयराज पाैडेल पनि निर्विराेध निर्वाचित भएका छन् भने विज्ञ महिला तर्फ एक जना, महिला सचिव एक जना तथा दुई जना महिला सदस्यकाे उम्मेदवारी नै नपरेकाे प्रमुख निर्वाचन आयुक्त राजेश घिमिरेले जनाएका छन् ।
साधारणसभाले पूर्णहरि अमात्यकाे संयाेजकत्वमा तीन सदस्यीय लेखा समिति पनि गठन गरेकाे छ । उक्त समितमा राम प्रसाद हुमागाईं र अमिका राजथला सदस्यका रूपमा रहेका छन् ।
साधारणसभाका अवसरमा पत्रकार विद्या राई वातावरण पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएकी छन् । नेवापसले दिंदै आएकाे वातावरण पत्रकारिता पुरस्कार प्राप्त गर्ने विद्या राई  दाेस्राे पत्रकार महिला हुन् ।
नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले आफ्नो ४१औँ वार्षिक साधारणसभामा उनलाई ‘वातावरण पत्रकारिता पुरस्कार–२०२५’ प्रदान गरेको हो ।
प्राकृतिक स्रोत तथा वित्त आयोगका निर्वतमान कार्यवहाक अध्यक्ष एवं समूहका विज्ञ सदस्य जुद्धबहादुर गुरूङ र समूहका अध्यक्ष चन्द्रशेखर कार्कीले राईलाई नगद र सम्मानपत्र प्रदान गरे ।
समूहले वातावरण र दिगो विकासका विविध विषयहरूमा पत्रकारहरूलाई प्रोत्साहन गर्न विगत ४ दशकयता हरेक वर्ष वातावरण पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।
राई समूहद्वारा स्थापित ‘वातावरण पत्रकारिता पुरस्कार’ पाउने ३९ औँ पत्रकार हुन् । उनी नेपाल न्यूज डटकमकी विशेष संवाददाता हुन् ।
गत वर्ष (सन् २०२५ मा) वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइनहरूमा प्रकाशित–प्रसारित सामग्री र कार्यक्रमहरूबाट प्राप्त आवेदन मध्येबाट राई सर्वोत्कृष्ट चयन भएकी हुन् ।
पुरस्कारका लागि समूहले पत्रकारहरूलाई सन् २०२५ भरिका आफ्ना लेख–रचना तथा कार्यक्रम समावेश गरी आवेदन दिन सार्वजनिक आह्वान गरेको थियो । समूहका पूर्व अध्यक्ष कसमस विश्वकर्माको संयोजकत्वमा पूर्व महासचिव संगीता लामा र विज्ञ सदस्य बटुकृष्ण उप्रेती सम्मिलित ३ सदस्यीय निर्णायक मण्डलको सिफारिसका आधारमा राईलाई पुरस्कार दिने निर्णय गरिएको हो ।
यससँगै समूहले २०२५ का लागि उत्कृष्ट र प्रशंसनीय रिपोर्टिङ गरेका अन्य ५ जना पत्रकारहरूलाई ‘उत्कृष्ट रिपोर्टिङ–२०२५’ प्रशंसा पत्र प्रदान गर्न सिफारिस गरेको छ ।
निर्णायक मण्डलले क्रमशः महेश के.सी.(कान्तिपुर टिभी), रूकुम पूर्व, सविता बुढा, (रातोपाटी अनलाइन) धनगढी, हरिबहादुर लम्जेल, (अन्नपूर्ण पोष्ट), धनकुटा, सिर्जना बुढाथोकी, (नेपाल समाचारपत्र) सुर्खेत र घनश्याम खड्का, (उकालो डटकम) म्याग्दीलाई प्रशंसा पत्र प्रदान गर्ने निर्णय गरेको छ ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
सुशासन र विपद् पूर्वतयारीलाई सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री शाह

सुशासन र विपद् पूर्वतयारीलाई सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री शाह

सुशासन र विपद् पूर्वतयारीलाई सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री शाह...

बाढीबाट प्रभावित बालबालिकाको संरक्षणमा परिषद् र एमआईटीबीच समझदारी

बाढीबाट प्रभावित बालबालिकाको संरक्षणमा परिषद् र एमआईटीबीच समझदारी

बाढीबाट प्रभावित बालबालिकाको संरक्षणमा परिषद् र एमआईटीबीच समझदारी...

भोटेकोशी बाढीमा ४ हजार १९५ जनाको हवाई उद्धार

भोटेकोशी बाढीमा ४ हजार १९५ जनाको हवाई उद्धार

भोटेकोशी बाढीमा ४ हजार १९५ जनाको हवाई उद्धार...

भोटेकोशी बाढीपीडितको अस्थायी आवास र शव पहिचानबारे छलफल

भोटेकोशी बाढीपीडितको अस्थायी आवास र शव पहिचानबारे छलफल

भोटेकोशी बाढीपीडितको अस्थायी आवास र शव पहिचानबारे छलफल...

१३ देशमा राजदूत सिफारिस, विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा श्रेष्ठ नियुक्त

१३ देशमा राजदूत सिफारिस, विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा श्रेष्ठ नियुक्त

१३ देशमा राजदूत सिफारिस, विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा श्रेष्ठ नियुक्त...

नापी अधिकृत नौ लाख रुपैयाँ घुससहित पक्राउ

नापी अधिकृत नौ लाख रुपैयाँ घुससहित पक्राउ

नापी अधिकृत नौ लाख रुपैयाँ घुससहित पक्राउ...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्