काठमाडौं, साउन २५ । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङबीच शिष्टाचार भेटवार्ता भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको भेटवार्तामा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग प्रवर्द्धन गर्ने तथा विकास साझेदारीलाई थप अभिवृद्धि गर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।
भेटमा प्रधानमन्त्री शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै दुई देशको साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्नेमा जोड दिए।
चिनियाँ राजदूत माओमिङले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै नेपाल–चीनबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे।
भेटवार्तामा दुई देशबीचको पारस्परिक सहयोग, विकास साझेदारी र आपसी हितका विविध विषयमा छलफल भएको जनाइएको छ।
More from NewaTimes
रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार
रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार...
जलवायु संकटमा नेपालले भोगेको क्षति विश्वका लागि चेतावनी : परराष्ट्रमन्त्री खनाल
जलवायु संकटमा नेपालले भोगेको क्षति विश्वका लागि चेतावनी : परराष्ट्रमन्त्री खनाल...
भारी वर्षाको सम्भावनापछि विद्यालयलाई सतर्क रहन शिक्षा मन्त्रालयको आग्रह
भारी वर्षाको सम्भावनापछि विद्यालयलाई सतर्क रहन शिक्षा मन्त्रालयको आग्रह...
असोज ८ गतेदेखि हुन सक्ने भारी वर्षालाई लिएर पूर्वतयारीमा जुट्न आग्रह
असोज ८ गतेदेखि हुन सक्ने भारी वर्षालाई लिएर पूर्वतयारीमा जुट्न आग्रह...
बाढी प्रभावितको पहुँच पुनःस्थापनाका लागि डब्लूडब्लूएफ नेपालद्वारा डेढ करोड सहयोग
बाढी प्रभावितको पहुँच पुनःस्थापनाका लागि डब्लूडब्लूएफ नेपालद्वारा डेढ करोड सहयोग...
मलेसियामा नेपाली श्रमिकको अधिकार संरक्षणका लागि मानव अधिकार आयोगबीच समझदारी नवीकरण
मलेसियामा नेपाली श्रमिकको अधिकार संरक्षणका लागि मानव अधिकार आयोगबीच समझदारी नवीकरण...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment