२० असोज २०८३, मंगलबार

विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह


अ
अ+
अ-

काठमाडौं, असोज १९। प्रधानमन्त्री वालेन्द्र शाहले संघ, प्रदेश र स्थानीय सरकारबीचको समन्वयमा भदौ १० गतेयता विपद् व्यवस्थापनको काम निरन्तर भइरहेको बताएका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकमा प्रधानमन्त्री शाहले उपलब्ध स्रोतसाधन र जनशक्ति परिचालन गरेर विपद् व्यवस्थापनको कामलाई तीव्रता दिइएको बताए।
गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका मुख्यमन्त्रीसमेत सहभागी बैठकमा प्रधानमन्त्री शाहले सरकार विपद् व्यवस्थापनमा कुनै सम्झौता नगरी निरन्तर खटिरहेको बताए। उनले मुख्यमन्त्रीहरूलाई उपलब्ध स्रोतसाधन र जनशक्ति परिचालन गरी चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम पूरा गरिने भएकाले ढुक्क हुन आग्रह गरे।
प्रधानमन्त्री शाहले भोटेकोशी–त्रिशूली, गण्डकीलगायत विभिन्न क्षेत्रमा आएको बाढीपहिरोबाट भएको क्षतिको अध्ययन गरी व्यवस्थापनका लागि सरकार जुटिरहेको बताए। विपद् जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीलाई थप सुदृढ बनाउने काम भइरहेको र हिमपहिरोको जोखिम न्यूनीकरणका लागि समेत आवश्यक काम अघि बढाइएको उनले जानकारी दिए।
विपद् व्यवस्थापनका क्रममा आफ्नो ज्यानसमेत जोखिममा राखेर निरन्तर खटिएका राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक, राजनीतिक दलका प्रतिनिधिलगायत सबैप्रति प्रधानमन्त्री शाहले कृतज्ञता व्यक्त गरे।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
भोटेकोशी-त्रिशूली बाढीपछिको खोज तथा उद्धार चरणलाई स्थगन गर्ने सरकारकाे निर्णय

भोटेकोशी-त्रिशूली बाढीपछिको खोज तथा उद्धार चरणलाई स्थगन गर्ने सरकारकाे निर्णय

भोटेकोशी-त्रिशूली बाढीपछिको खोज तथा उद्धार चरणलाई स्थगन गर्ने सरकारकाे निर्णय...

नयाँ भवन विधेयक दर्ता

नयाँ भवन विधेयक दर्ता

नयाँ भवन विधेयक दर्ता...

नाम्सी पुलमा ढुंगा खस्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

नाम्सी पुलमा ढुंगा खस्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

नाम्सी पुलमा ढुंगा खस्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध...

भोटेकोशी बाढी : खोज तथा उद्धारबाट अब खोज तथा पुनर्स्थापनाको चरणमा जाने निर्णय

भोटेकोशी बाढी : खोज तथा उद्धारबाट अब खोज तथा पुनर्स्थापनाको चरणमा जाने निर्णय

भोटेकोशी बाढी : खोज तथा उद्धारबाट अब खोज तथा पुनर्स्थापनाको चरणमा जाने निर्णय...

बेलायती  ILR: नेपाली आप्रवासी र विद्यार्थीमा बढ्दो चिन्ता

बेलायती ILR: नेपाली आप्रवासी र विद्यार्थीमा बढ्दो चिन्ता

बेलायती ILR: नेपाली आप्रवासी र विद्यार्थीमा बढ्दो चिन्ता...

विपद्मा भारतको सहयोगप्रति प्रधानमन्त्री शाहद्वारा धन्यवाद

विपद्मा भारतको सहयोगप्रति प्रधानमन्त्री शाहद्वारा धन्यवाद

विपद्मा भारतको सहयोगप्रति प्रधानमन्त्री शाहद्वारा धन्यवाद...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्