९ असोज २०८३, शुक्रबार

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ


अ
अ+
अ-

वासिङ्टन, असोज ९ । चीनका राष्ट्रपति सि जिनपिङले अमेरिका र चीनबीचको प्रतिस्पर्धा स्वस्थ र सीमाभित्र हुनुपर्ने बताएका छन्। उनले दुई देशबीच द्वन्द्व र टकराव हुन नदिई आपसी सहकार्य र संवादमार्फत सम्बन्धलाई अघि बढाउनुपर्नेमा जोड दिए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निमन्त्रणामा अमेरिकाको राजकीय भ्रमणमा रहेका सिले बिहीबार ह्वाइटहाउसमा आयोजित स्वागत समारोहमा यस्तो बताएका हुन्।
सिले अमेरिका र चीन दुवै महान् देश भएको उल्लेख गर्दै दुवै देशका जनताबीचको सम्बन्ध र सहकार्य विस्तार गर्न आफू अमेरिकामा आएको बताए। उनले विश्व, समय र इतिहासमा भइरहेका परिवर्तनको सामना गरिरहेका बेला चीन र अमेरिकाजस्ता दुई ठूला देशले मानव विकास र प्रगतिका लागि ऐतिहासिक जिम्मेवारी वहन गर्नुपर्ने बताए।
उनले यसअघि ट्रम्पको चीन भ्रमणका क्रममा दुई देशबीच ‘रचनात्मक रणनीतिक स्थायित्व’ कायम गर्ने सम्बन्ध निर्माणमा सहमति भएको उल्लेख गर्दै त्यसलाई अघि बढाउन आफू ट्रम्पसँग मिलेर काम गर्न तयार रहेको बताए।
सिले अमेरिका र चीनबीच नियमित र गहिरो संवाद आवश्यक रहेको बताए। फरक राष्ट्रिय परिस्थिति भएका दुई देशले इमानदार, गहिरो र निरन्तर संवादमार्फत एकअर्कालाई राम्रोसँग बुझ्न, मतभेदलाई व्यवस्थापन गर्दै समानताका विषयमा सहकार्य गर्न र पारस्परिक विश्वास बढाउन सक्ने उनको भनाइ थियो।
उनले दुई देशका विदेश, अर्थ, वित्त, कानुन कार्यान्वयन तथा जनस्तरका आदानप्रदानसँग सम्बन्धित निकायबीच सम्पर्क र संवाद बढाउनुपर्ने बताए। साथै, दुवै देशका व्यवस्थापिकाबीचको आदानप्रदान विस्तार गर्नुपर्नेमा पनि उनले जोड दिए।
‘सहकार्यको सूची लामो र समस्याको सूची छोटो बनाऔँ’
सिले अमेरिका र चीनका हितहरू गहिरोसँग जोडिएको भन्दै सहकार्यका लागि पर्याप्त सम्भावना रहेको बताए।
‘चीन र अमेरिकाबीचको सहकार्यले विश्वका सबै समस्या समाधान गर्न नसक्ला, तर दुई देशको सहकार्यबिना विश्वका धेरै समस्या समाधान गर्न कठिन हुन्छ,’ उनले भने।
चीनले आफ्नो बजार अमेरिकी कम्पनीका लागि खुला राखेको बताउँदै सिले अमेरिकामा चिनियाँ कम्पनीलाई पनि निष्पक्ष व्यवहार गर्न आग्रह गरे। दुवै पक्षले मिलेर सहकार्यका क्षेत्र विस्तार र विवादका विषय घटाउनुपर्ने उनको भनाइ थियो।
कृत्रिम बुद्धिमत्ता (एआई) का क्षेत्रमा चीन र अमेरिका अग्रणी मुलुक रहेको उल्लेख गर्दै सिले एआईको विकास र व्यवस्थापन मानव हितमा हुनुपर्ने बताए। एआई मानव नियन्त्रणमा रहनुपर्ने र यसको विकासबाट जनताको कल्याण सुनिश्चित हुनुपर्नेमा उनले जोड दिए।
उनले लागुऔषध नियन्त्रण तथा कानुन कार्यान्वयनका क्षेत्रमा पनि अमेरिकासँग सहकार्य विस्तार गर्न चीन तयार रहेको बताए। दुई देशबीच मानिसको आवतजावत र व्यापारलाई सहज बनाउन प्रत्यक्ष हवाई उडान बढाउन सकिने प्रस्तावसमेत उनले राखे।

‘प्रतिस्पर्धा दौडजस्तो होस्, हारजितको कुस्ती होइन’
सिले अमेरिका र चीनबीच शान्तिपूर्ण सहअस्तित्व आवश्यक रहेको बताए। उनका अनुसार दुई ठूला देशबीच सहकार्य हुँदा दुवैलाई लाभ हुन्छ भने द्वन्द्वले दुवै पक्षलाई क्षति पुर्‍याउन सक्छ।
उनले अमेरिका र चीनबीच प्रतिस्पर्धा हुनु स्वाभाविक भए पनि त्यो ‘स्वस्थ र सीमाभित्रको’ हुनुपर्ने बताए।
‘यो एकले जित्ने र अर्कोले हार्ने कुस्ती होइन, एकअर्कालाई उछिन्ने दौडजस्तो हुनुपर्छ,’ सिले भने।
दुवै देशले द्वन्द्व र टकराव नहुने आधारभूत सीमालाई कायम राख्नुपर्ने बताउँदै उनले अमेरिका र चीनबीचको सम्बन्धलाई सही दिशामा अघि बढाउन सैन्य तहमा नियमित संवाद तथा संकट व्यवस्थापन र रोकथामका संयन्त्रलाई प्रभावकारी बनाउनुपर्ने बताए।

अमेरिकी युवालाई चीन भ्रमणको निम्तो
दोस्रो विश्वयुद्धका बेला चीन र अमेरिकाले फासीवादी आक्रमणविरुद्ध मिलेर लडेको इतिहास स्मरण गर्दै सिले त्यो इतिहास दुवै देशका जनताले बिर्सन नहुने बताए।
अमेरिका–चीन सम्बन्धको भविष्य जनतामा र विशेषगरी युवामा रहेको उल्लेख गर्दै उनले आगामी पाँच वर्षमा एक लाख अमेरिकी युवालाई चीन भ्रमण, अध्ययन तथा आदानप्रदानका लागि निम्तो दिने घोषणा गरे।
सिले पाण्डा चीन र अमेरिकाका जनताबीचको मित्रताको दूत भएको उल्लेख गर्दै केही दिनभित्रै दुई पाण्डा अमेरिकाको एटलान्टा चिडियाखानामा पुग्ने जानकारी पनि दिए।
अन्त्यमा उनले चीनको राष्ट्रिय पुनर्जागरण र अमेरिकालाई फेरि महान् बनाउने लक्ष्य एकअर्कासँग बाझिने नभई सँगसँगै अघि बढ्न सक्ने बताए। दुवै देशका जनताको अपेक्षा पूरा गर्दै मित्रता अघि बढाउन र अझ राम्रो विश्व निर्माणका लागि मिलेर काम गर्न उनले आह्वान गरे।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल...

साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता

साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता

साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता...

युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता

युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता

युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता...

रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार

रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार

रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार...

जलवायु संकटमा नेपालले भोगेको क्षति विश्वका लागि चेतावनी : परराष्ट्रमन्त्री खनाल

जलवायु संकटमा नेपालले भोगेको क्षति विश्वका लागि चेतावनी : परराष्ट्रमन्त्री खनाल

जलवायु संकटमा नेपालले भोगेको क्षति विश्वका लागि चेतावनी : परराष्ट्रमन्त्री खनाल...

भारी वर्षाको सम्भावनापछि विद्यालयलाई सतर्क रहन शिक्षा मन्त्रालयको आग्रह

भारी वर्षाको सम्भावनापछि विद्यालयलाई सतर्क रहन शिक्षा मन्त्रालयको आग्रह

भारी वर्षाको सम्भावनापछि विद्यालयलाई सतर्क रहन शिक्षा मन्त्रालयको आग्रह...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्