रसुवा बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको सकुशल उद्धार

अ+
अ-

काठमाडौं, भदाै १२ । रसुवास्थित एक जलविद्युत् आयोजनाको सुरुङभित्र बाढीका कारण फसेका मानिसहरूको उद्धार कार्य नेपाली सेनाले तीव्र पारेको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार नेपाली सेनाको उद्धार टोलीले आज बिहानैदेखि जटिल भूगोल र जोखिमपूर्ण अवस्थाका बीच सुरुङभित्र खोजी तथा उद्धार अभियान सञ्चालन गरिरहेको छ।
उद्धारमा खटिएको सेनाको टोलीले हालसम्म सुरुङबाट दुई जनालाई सकुशल उद्धार गरेको छ। सुरुङभित्र अझै कति जना फसेका छन् भन्ने यकिन हुन नसकेको सचिवालयले जनाएको छ। उनीहरूको खोजी तथा उद्धार कार्य जारी छ।
सुरुङभित्रको अवस्था अप्ठ्यारो र जोखिमपूर्ण रहे पनि नेपाली सेनाले प्राविधिक उपकरण तथा विशेष तालिमप्राप्त जनशक्ति परिचालन गरी बाँकी व्यक्तिहरूको खोजी र उद्धारलाई निरन्तरता दिएको छ।
बाढीका कारण रसुवाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेपछि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीसहितका सुरक्षा निकाय उद्धार तथा राहत कार्यमा परिचालित छन्।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह...

रसुवाको भोटेकोशी बाढी : ९७७ जना सम्पर्कविहीन, ४६९ शव फेला

रसुवाको भोटेकोशी बाढी : ९७७ जना सम्पर्कविहीन, ४६९ शव फेला

रसुवाको भोटेकोशी बाढी : ९७७ जना सम्पर्कविहीन, ४६९ शव फेला...

रसुवा सीमाक्षेत्र नजिकै ठूलो ताल बन्यो, तीन दिनभित्र फुट्न सक्ने चीनको चेतावनी

रसुवा सीमाक्षेत्र नजिकै ठूलो ताल बन्यो, तीन दिनभित्र फुट्न सक्ने चीनको चेतावनी

रसुवा सीमाक्षेत्र नजिकै ठूलो ताल बन्यो, तीन दिनभित्र फुट्न सक्ने चीनको चेतावनी...

रसुवामा ३३६ जनाको हवाई उद्धार, ४५ विदेशी नागरिक

रसुवामा ३३६ जनाको हवाई उद्धार, ४५ विदेशी नागरिक

रसुवामा ३३६ जनाको हवाई उद्धार, ४५ विदेशी नागरिक...

बाढी प्रभावितलाई डब्लुएचओको स्वास्थ्य सामग्री सहयोग

बाढी प्रभावितलाई डब्लुएचओको स्वास्थ्य सामग्री सहयोग

बाढी प्रभावितलाई डब्लुएचओको स्वास्थ्य सामग्री सहयोग...

नेपालका लागि भारतले थप ३७.५ टन राहत सामग्री पठायो

नेपालका लागि भारतले थप ३७.५ टन राहत सामग्री पठायो

नेपालका लागि भारतले थप ३७.५ टन राहत सामग्री पठायो...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्