सामाजिक परीक्षणको निष्कर्ष: छोटो अवधिमा लक्ष्य हासिल गर्न कठिन


अ+
अ-

काठमाडौं, भदाै ५ । अनागरिकको नागरिकता प्राप्ति, महिला अधिकार र सामाजिक क्षेत्रमा काम गर्दै आएकाे महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले गत वर्ष १ हजार ३ सय ५० कानुनी परामर्श गरेको, २ सय २३ संघीय र ४३ प्रदेश सासदलाई अभिमुखी तालिम दिएको, ३ हजार ५ सय ११ नागरिकता मुद्दामा बहस पैरवी गरेको, ६ हजार ६ सय ६६ स्थानीय, न्याय क्षेत्रका ११, सञ्चारकर्मी ९८ लाई क्षमता अभिवृत्ति तालिम दिएको र १६ वटा मुद्दामा सहजिकरण गरेको जनाएको छ ।

महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले ३१ औं साधारणसभाको अवसरमा सामाजिक परीक्षण तथा आर्थिक वर्ष २०८२–०८३ मा सम्पन्न कार्यक्रम र कार्यान्वय भएका योजनाहरुको प्रगति विवरणको सामाजिक परीक्षण कार्यक्रममा उक्त जानकारी दिइएको हो ।

सामाजिक परीक्षक सञ्जु केसीले वार्षिक कार्यप्रगति, पारदर्शीता र उत्तरदायित्वको मूल्यांकन गर्न नियमित कानुनी प्रकृयाअनुसार संस्थाको सामाजिक परीक्षण गरिएको बताइन् । कार्यक्रममा संस्थाले वर्षभरि गरेका उत्कृष्ट कार्यक्रमहरु मध्येको एक गत निर्वाचनको मतदाता शिक्षा कार्यक्रम भिडियोमार्फत् देखाइएको थियो ।

सामाजिक परीक्षणको उद्देश्यबारे प्रकाश पार्दै केसीले सामाजिक परीक्षण एफडब्लुएलडीको आगामी यात्राको लागि अवसर भएको बताइन् । यसबाट प्राप्त सुझावले प्रकृया, विधि, ध्येय, लक्ष्य, रणनीति र नीतिगत पैरवी गर्न सहयोग पुग्ने उनको भनाइ थियो ।

परीक्षक केसीले पाँच प्रदेशका विभिन्न स्थानीय तहमा कानुन निर्माणमा सहयोग गरेको तथा निर्वाचन पर्यवेक्षण र महिला हक अधिकारमा काम गरेको परीक्षक केसीले तथ्यांक प्रस्तुत गरेकी थिइन् ।

अनागरिकको नागरिकता प्राप्ति, महिला अधिकार र सामाजिक क्षेत्रमा एफडब्लुएलडीको योगदानको प्रशंसा गर्दै काठमाडौं महानगरपालिका वडा–११ का वडाध्यक्ष हिरालाल तन्डुकारले कानुनी जटिलतामा फसेका विपन्न वर्गलाई संस्थाले गर्दै आएको निःशुल्क कानुनी सल्लाहले धेरैले न्याय पाएको बताए ।

सामाजिक र कानुन निर्माणको क्षेत्रमा एफडब्लुएलडीले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको काठमाडौं महानगरपालिका सामाजिक विभाग प्रमुख समीक्षा निरौलाले बताइन् । प्रमुख निरौलाले एफडब्लुएलडीले धेरै प्रशंसनीय काम गरेको स्मरण गर्दै योजना कार्यान्वयनमा संस्थाले गरेको प्रयास सम्झनलायक रहेको भन्दै आगामी दिनमा अझ प्रगतिको शुभकामना दिइन् ।

एन्टी ट्राफिकिङ ब्यूरो प्रहरी उपरीक्षक बसन्त पाठकले एफडब्लुएलडीसंग पारस्परिक सहयोगका लागि प्रहरी सधै तयार रहेको बताए । "कानुन थाहा छैन" भनेर क्षमा नपाइने त्यसका लागि सचेतना महत्वपूर्ण भएकोले समाजमा सचेतना फैलाउन एफडब्लुएलडीले खेलेको भूमिका उल्लेखनीय रहेको बताए ।

कार्यक्रममा अनुपम आलेमगर र कृष्ण थापामगरले अनागरिकबाट एफडब्लुएलडीको सहयोगमा नागरिकता पाएर नागरिक बन्दाको सफलताको कथा सुनाएका थिए । एफडब्लुएलडीकी सचिव अधिवक्ता लक्ष्मी पोखरेलले कार्यक्रमको उद्देश्य र सामाजिक परीक्षणको महत्वबारे प्रकाश पारेकी थिइन् । 

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
वर्षाका कारण बाँसबारीमा गेष्ट हाउस भासियो

वर्षाका कारण बाँसबारीमा गेष्ट हाउस भासियो

वर्षाका कारण बाँसबारीमा गेष्ट हाउस भासियो...

विपद्पछिको गैर-आर्थिक क्षति मापन गर्न जियो-एआई र नीतिगत सुधारमा जोड

विपद्पछिको गैर-आर्थिक क्षति मापन गर्न जियो-एआई र नीतिगत सुधारमा जोड

विपद्पछिको गैर-आर्थिक क्षति मापन गर्न जियो-एआई र नीतिगत सुधारमा जोड...

सरकारी निकायलाई स्वदेशी उत्पादन र सेवा प्रयोग गर्न प्रधानमन्त्री कार्यालयको अनुरोध

सरकारी निकायलाई स्वदेशी उत्पादन र सेवा प्रयोग गर्न प्रधानमन्त्री कार्यालयको अनुरोध

सरकारी निकायलाई स्वदेशी उत्पादन र सेवा प्रयोग गर्न प्रधानमन्त्री कार्यालयको अनुरोध...

कर्णालीकाे विश्व मानवीय दिवसमा उद्धारकर्ताको सुरक्षा र समुदाय सशक्तीकरणमा जोड

कर्णालीकाे विश्व मानवीय दिवसमा उद्धारकर्ताको सुरक्षा र समुदाय सशक्तीकरणमा जोड

कर्णालीकाे विश्व मानवीय दिवसमा उद्धारकर्ताको सुरक्षा र समुदाय सशक्तीकरणमा जोड...

विश्व मानवतावादी दिवसमा राउटे समुदायलाई राहत, मानवतावादी अभियन्ता सम्मानित

विश्व मानवतावादी दिवसमा राउटे समुदायलाई राहत, मानवतावादी अभियन्ता सम्मानित

विश्व मानवतावादी दिवसमा राउटे समुदायलाई राहत, मानवतावादी अभियन्ता सम्मानित...

कवि दुर्गालाल श्रेष्ठको अन्त्येष्ठी आज

कवि दुर्गालाल श्रेष्ठको अन्त्येष्ठी आज

काठमाडौं, भदौ २ । नेपालभाषाको काव्य क्षेत्रमा अत्यन्त चर्चित र मानक कविका......

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्