सुनको सिक्री लुटपाट र बिक्रीमा संलग्न दुई जना पक्राउ


अ+
अ-

काठमाडौँ, जेठ ११ । काठमाडौँका विभिन्न स्थानमा महिलाको घाँटीबाट सुनको सिक्री लुटपाट गर्ने तथा लुटिएको सुन बिक्री वितरणमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गत वैशाख २४ गते काठमाडौँ महानगरपालिका–७ चावहिलस्थित आकाशे पुलमा एक महिलाको घाँटीबाट सुनको सिक्री लुटपाट गरिएको थियो । यस्तै, जेठ ९ गते बसुन्धरास्थित केल्कीनारायण मन्दिर दर्शन गर्न आएकी अर्की महिलाको घाँटीबाट पनि सुनको सिक्री लुटिएको थियो ।
प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले घटनामा संलग्न जिल्ला सङ्खुवासभा सभापोखरी गाउँपालिका–७ घर भई हाल टोखा नगरपालिका बस्ने ४६ वर्षीय रामकुमार तामाङलाई पक्राउ गरेको जनाएको छ । प्रहरीले तामाङलाई लुटिएको सुनको सिक्रीसहित नियन्त्रणमा लिएको हो ।
यस्तै, लुटिएको सुन बिक्री वितरणमा संलग्न रहेको आरोपमा ललितपुर महानगरपालिका–१ घर भएका ६३ वर्षीय किशोर थापालाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले चावहिल क्षेत्रबाट उनलाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
मन्त्रिपरिषद्का चार निर्णय सार्वजनिक

मन्त्रिपरिषद्का चार निर्णय सार्वजनिक

मन्त्रिपरिषद्का चार निर्णय सार्वजनिक...

ईयू सदस्य राष्ट्रका राजदूतद्वारा परराष्ट्रमन्त्री खनालसँग भेट, लगानी र सहकार्य विस्तारमा जोड

ईयू सदस्य राष्ट्रका राजदूतद्वारा परराष्ट्रमन्त्री खनालसँग भेट, लगानी र सहकार्य विस्तारमा जोड

ईयू सदस्य राष्ट्रका राजदूतद्वारा परराष्ट्रमन्त्री खनालसँग भेट, लगानी र सहकार्य विस्तारमा जोड...

बाजुरा-हुम्ला सीमा विवाद अध्ययनका लागि समिति गठन

बाजुरा-हुम्ला सीमा विवाद अध्ययनका लागि समिति गठन

बाजुरा-हुम्ला सीमा विवाद अध्ययनका लागि समिति गठन...

चर्या गुरु यज्ञपतिमान बज्राचार्य सम्मानित

चर्या गुरु यज्ञपतिमान बज्राचार्य सम्मानित

चर्या गुरु यज्ञपतिमान बज्राचार्य सम्मानित...

तराईमा अत्यधिक गर्मी र ताताे हावाकाे लहर, सर्वसाधारणलाई सतर्क रहन आग्रह

तराईमा अत्यधिक गर्मी र ताताे हावाकाे लहर, सर्वसाधारणलाई सतर्क रहन आग्रह

तराईमा अत्यधिक गर्मी र ताताे हावाकाे लहर (हिट वेभ)को चेतावनी, सर्वसाधारणलाई सतर्क रहन आग्रह...

एमालेभित्र नेतृत्व हस्तान्तरणकाे वहस चर्कियाे

एमालेभित्र नेतृत्व हस्तान्तरणकाे वहस चर्कियाे

एमालेभित्र नेतृत्व हस्तान्तरणकाे वहस चर्कियाे...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्