अमेरिका पठाइदिने भन्दै करोडौँ ठगी र मानव तस्करीमा संलग्न दुई जना पक्राउ


अ+
अ-

काठमाडौं, वैशाख ३० । मानव बेचबिखन अनुसन्धान ब्युरोले अमेरिका पठाइदिने प्रलोभन देखाएर करोडौँ रुपैयाँ ठगी तथा मानव तस्करीमा संलग्न दुई जनालाई पक्राउ गरेको जनाएको छ ।
ब्युरोका अनुसार पक्राउ पर्नेमा स्याङ्जाको पुतलीबजार नगरपालिका–४ का ४४ वर्षीय शिवबहादुर थापा र रुपन्देहीको शान्तिनगर गाउँपालिका–३ का २६ वर्षीय लोकमान खत्री रहेका छन् ।
प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार शिवबहादुर थापाले दुबई हुँदै अमेरिका पठाइदिने भन्दै एक पीडितसँग करिब ६० लाख रुपैयाँ लिएको आरोप छ । उनले पीडितलाई २०७८ वैशाख ११ गते नेपालबाट दुबई पुर्‍याई विभिन्न देश हुँदै अमेरिका लैजाने आश्वासन दिएका थिए । त्यसक्रममा पीडितलाई लामो समयसम्म विभिन्न देशमा राखिएको, शारीरिक तथा मानसिक यातना दिइएको र थप रकम माग गरिएको ब्युरोले जनाएको छ ।
पीडितबाट विभिन्न विदेशी बैंक खाता तथा वेस्टर्न युनियनमार्फत पटक–पटक गरी करिब एक करोड ४२ लाख रुपैयाँ बराबर रकम असुल गरिएको प्रहरीले जनाएको छ । पछि कोलम्बियाबाट पनामा, मेक्सिको हुँदै अमेरिका लैजाने प्रयास गरिए पनि पीडित अलपत्र परेका थिए । अन्ततः पीडितलाई अमेरिकाबाट ‘वन वे ट्राभल डकुमेन्ट’ बनाएर नेपाल फर्काइएको ब्युरोले उल्लेख गरेको छ ।
यस्तै, अर्का पक्राउ परेका लोकमान खत्रीले बेलायतको ‘भिजिट भिसा’लाई ‘वर्किङ भिसा’मा परिवर्तन गराइदिने तथा पछि अमेरिका पठाइदिने प्रलोभन देखाएर एक व्यक्तिबाट ठूलो रकम असुलेको आरोप छ । ब्युरोका अनुसार उनले सुरुमा बेलायत पठाउने नाममा २५ लाख रुपैयाँ लिएका थिए । त्यसपछि अमेरिका पठाउन थप ४५ लाख रुपैयाँ लाग्ने भन्दै विभिन्न चरणमा रकम उठाइएको थियो ।
पीडितलाई नेपालबाट दुबई, भारत, कतार, स्पेन, ब्राजिल, पेरु, इक्वेडर, कोलम्बिया, पनामा, कोस्टारिका, निकारागुवा, होन्डुरस र मेक्सिको हुँदै अवैध रूपमा अमेरिका पुर्‍याइएको प्रहरीले जनाएको छ । पछि अमेरिकी प्रहरीले अवैध प्रवेशको आरोपमा पक्राउ गरी १४ महिना जेलमा राखेको र त्यसपछि नेपाल फर्काइएको ब्युरोले जानकारी दिएको छ ।
ब्युरोले दुवै घटनामा काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जनाएको छ । साथै, प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिहरूले अन्य नेपाली नागरिकलाई समेत अमेरिका लगायतका देशमा पठाउने नाममा ठगी तथा मानव तस्करी गरेको हुनसक्ने आशंकामा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
गर्भपतनलाई अपराध संहितामा नराख्न माग

गर्भपतनलाई अपराध संहितामा नराख्न माग

गर्भपतनलाई अपराध संहितामा नराख्न माग...

प्रधानमन्त्री संसदमा अनुपस्थित भएपछि प्रतिनिधिसभा बैठकमा नाराबाजी र अवरोध, बैठक १५ मिनेटका लागि स्थगित

प्रधानमन्त्री संसदमा अनुपस्थित भएपछि प्रतिनिधिसभा बैठकमा नाराबाजी र अवरोध, बैठक १५ मिनेटका लागि स्थगित

प्रधानमन्त्री संसदमा अनुपस्थित भएपछि प्रतिनिधिसभा बैठकमा नाराबाजी र अवरोध, बैठक १५ मिनेटका लागि स्थगित...

मन्त्रिपरिषद्काे चार निर्णय, कार्यविभाजन नियमावलीदेखि भूमि सम्बन्धी संशोधनसम्म स्वीकृत

मन्त्रिपरिषद्काे चार निर्णय, कार्यविभाजन नियमावलीदेखि भूमि सम्बन्धी संशोधनसम्म स्वीकृत

मन्त्रिपरिषद्काे चार निर्णय, कार्यविभाजन नियमावलीदेखि भूमि सम्बन्धी संशोधनसम्म स्वीकृत...

विपक्षी दलका नेता आङ्देम्बेको संसदमा भने, ‘गिनिज बुकमा प्रधानमन्त्रीको नाम लेखिने भयो’

विपक्षी दलका नेता आङ्देम्बेको संसदमा भने, ‘गिनिज बुकमा प्रधानमन्त्रीको नाम लेखिने भयो’

विपक्षी दलका नेता आङ्देम्बेको संसदमा भने, ‘गिनिज बुकमा प्रधानमन्त्रीको नाम लेखिने भयो’...

सरकारको नीति तथा कार्यक्रम २०८३: हवाई क्षेत्रमा ठूला सुधार गर्ने घोषणा

सरकारको नीति तथा कार्यक्रम २०८३: हवाई क्षेत्रमा ठूला सुधार गर्ने घोषणा

सरकारको नीति तथा कार्यक्रम २०८३: हवाई क्षेत्रमा ठूला सुधार गर्ने घोषणा...

नेपाली कांग्रेसले माग्याे सरकारकाे जवाफ

नेपाली कांग्रेसले माग्याे सरकारकाे जवाफ

नेपाली कांग्रेसले माग्याे सरकारकाे जवाफ...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्