काठमाडाैं, भदौ २६। राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा विद्यमान असामान्य परिस्थितिबाट संवैधानिक दायरामा रहेर सहमतिपूर्ण निकास दिन सबै पक्षलाई सहयोगकाे अपिल गरेका छन्।
एक सूचना जारी गरेर सम्बोधन गर्दै राष्ट्रपतिले लोकतन्त्रको संरक्षण र मुलुकमा शान्ति–सुरक्षा कायम राख्न आवश्यक पहल भइरहेको जानकारी गराएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलनरत नागरिकहरूको माग सम्बोधन गर्न छोटो समयमा समाधान खोज्नुपर्ने आवश्यकता औंल्याउँदै यस प्रक्रियामा आफू निरन्तर विचार–विमर्श र प्रयासरत रहेको उल्लेख गरेका छन् ।
“संयमतापूर्वक मुलुकमा शान्ति र सुव्यवस्था कायम गर्न सबै पक्षले सहयोग गर्नुपर्ने,” उल्लेख गर्दै राष्ट्रपति पौडेलले समस्याको दिगो समाधानका लागि सहकार्यको आवश्यकता दोहोर्याएका छन् ।
More from NewaTimes
एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक
एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक...
मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना
मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना...
आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने
आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने...
३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय
३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय...
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment