भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौं, भदाै १२ । रसुवाको भोटेकोशी नदीमा पुनः लेदोसहित पानीको बहाव केही बढेको सूचना प्राप्त भएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए)ले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
एनडीआरआरएमएले शुक्रबार जारी गरेको ‘सतर्कताका लागि अनुरोध’ सूचनामा यही भदौ १० गते भोटेकोशी नदीमा ठूलो बाढी आएको क्षेत्रमा पुनः लेदोसहित पानीको बहाव केही बढेको सूचना प्राप्त भएको जनाएको छ।
थप बाढी आउन सक्ने जोखिम रहेकाले भोटेकोशी तथा त्रिशूली नदी किनारमा उद्धार तथा राहत कार्यमा खटिएका व्यक्ति र विभिन्न कारणले जोखिम क्षेत्रमा रहेका सबैलाई उच्च सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ।
प्राधिकरणले जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा जान समेत अनुरोध गरेको छ।
यसैबीच, तिब्बती क्षेत्रमा पुनः ताल फुटेको भन्दै नेपाल प्रहरीले समेत उद्धारमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी तथा सर्वसाधारणलाई तत्काल सतर्क रहन आग्रह गरेको सूचना सार्वजनिक भएको छ।
एनडीआरआरएमएको पछिल्लो सूचनाले भने ड्याम पुनः फुटेको पुष्टि गरेको छैन। प्राधिकरणले भोटेकोशीमा लेदोसहित पानीको बहाव केही बढेको र थप बाढी आउन सक्ने जोखिम रहेको जनाएको हो।
यद्यपि, भर्खरै चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको जानकारी
चिनियाँ पक्षबाट आएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले जानकारी दिएका छन् ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment