१८ भदौ २०८३, शुक्रबार

बीपी स्मृति दिवसमा जलवायु जनचेतनामूलक कार्यक्रम, गगन थापाले नयाँ अभियान घोषणा गर्ने


अ+
अ-

काठमाडौं, साउन ४ । नेपाली कांग्रेसले बीपी कोइरालाको ४४औँ स्मृति दिवस "जलवायु जनचेतना जगाऔँ" भन्ने नारासहित साउन ६ र ७ गते देशव्यापी रूपमा मनाउने भएको छ। काठमाडौं उपत्यकामा पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा जलवायु परिवर्तनसम्बन्धी विविध कार्यक्रम तथा नयाँ राजनीतिक अभियानको घोषणा गरिने भएको हो।
आज आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका प्रमुख तथा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले साउन ६ गते जलवायु परिवर्तनप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ग्रीन रन, ग्रीन टेबल संवाद र लाइभ पेन्टिङ कार्यक्रम आयोजना गरिने जानकारी दिए।
उनका अनुसार बिहान ६ बजेदेखि ललितपुरस्थित यूएन पार्कबाट पाँच किलोमिटरको ग्रीन रन प्रतियोगिता सञ्चालन हुनेछ। महिला र पुरुषका लागि छुट्टाछुट्टै प्रतिस्पर्धा हुने प्रतियोगितासँगै प्रतिस्पर्धाबाहेक सहभागी हुन चाहनेका लागि अढाई किलोमिटरको छुट्टै रुट पनि तय गरिएको छ।
ग्रीन रनमा सहभागी हुने व्यक्तिको संख्याका आधारमा पार्टीले आफ्नै स्रोतबाट रकम जम्मा गरी 'मानवीय सहयोग कोष' स्थापना गर्ने जनाएको छ। उक्त कोषबाट पछिल्ला समयमा विस्थापित भएका सुकुम्बासी परिवारका ज्येष्ठ नागरिक र बालबालिकाको हितमा सहयोग गरिने जनाइएको छ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने महिला तथा पुरुष विजेतालाई क्रमशः ५० हजार, २५ हजार र २० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। त्यस्तै चौथो, पाँचौँ र छैटौँ स्थान हासिल गर्नेले क्रमशः १२ हजार, १० हजार र ८ हजार रुपैयाँ प्राप्त गर्नेछन्। विजेतालाई ट्रफी र मेडल पनि प्रदान गरिने आयोजकले जनाएको छ।
ग्रीन रनपछि जावलाखेलमा "जलवायु परिवर्तन र नेपाल : प्रकृति, लोकतन्त्र र भावी पुस्ता" विषयमा ग्रीन टेबल संवाद आयोजना हुनेछ। संवादमा जलवायु विज्ञ मञ्जित ढकाल, अभिषेक यादव, डा. मनु कार्की तथा सगरमाथा आरोही पूर्णिमा श्रेष्ठ सहभागी हुने कार्यक्रम छ। वातावरण विज्ञानका विद्यार्थीहरूको समेत सहभागिता रहने जनाइएको छ।
यसै क्रममा २० भन्दा बढी कलाकारको सहभागितामा जलवायु संकटलाई केन्द्रमा राखेर लाइभ पेन्टिङ कार्यक्रम सञ्चालन गरिनेछ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले क्यानभासमा स्केच बनाएर कार्यक्रमको शुभारम्भ गर्नेछन्। कार्यक्रममा सहभागी सबैलाई मायाको चिनोस्वरूप एक–एक बिरुवा वितरण गरिने आयोजकले जनाएको छ।
बीपी स्मृति दिवसको दोस्रो दिन साउन ७ गते काठमाडौंको राष्ट्रिय सभागृहमा "नवीन परिस्थिति : नवीन संकल्प, नवीन अभियान" विषयक विचार गोष्ठी आयोजना गरिनेछ। सोही कार्यक्रममा सभापति गगनकुमार थापाले 'जरा अभियान'पछिको नयाँ राजनीतिक अभियान सार्वजनिक गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो।
उपसभापति शर्माले बीपी कोइरालाले प्रधानमन्त्री रहँदा वन राष्ट्रियकरणको निर्णय गरेर वातावरण संरक्षणप्रति दूरदर्शी सोच प्रस्तुत गरेको स्मरण गर्दै वर्तमान जलवायु संकटका बेला त्यसको सान्दर्भिकता अझ बढेको बताए। उनले जलवायु परिवर्तनविरुद्ध सामूहिक जनचेतना अभिवृद्धि गर्दै दिगो विकासका लक्ष्य प्राप्तिमा योगदान पुर्‍याउने उद्देश्यले यस वर्षको स्मृति दिवसलाई जलवायुमैत्री कार्यक्रमका रूपमा मनाउन लागिएको स्पष्ट पारे।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
त्रिशूली–३ ‘ए’ को सुरुङबाट दुई कर्मचारीको जीवितै उद्धार

त्रिशूली–३ ‘ए’ को सुरुङबाट दुई कर्मचारीको जीवितै उद्धार

त्रिशूली–३ ‘ए’ को सुरुङबाट दुई कर्मचारीको जीवितै उद्धार...

रसुवा बाढी : मृतकको संख्या १ हजार २५२, सम्पर्कविहीन करिब ४ हजार २१६

रसुवा बाढी : मृतकको संख्या १ हजार २५२, सम्पर्कविहीन करिब ४ हजार २१६

रसुवा बाढी : मृतकको संख्या १ हजार २५२, सम्पर्कविहीन करिब ४ हजार २१६...

भोटेकोशी बाढी : हवाई उद्धारबाट ३,९२५ जनाको उद्धार, जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र

भोटेकोशी बाढी : हवाई उद्धारबाट ३,९२५ जनाको उद्धार, जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र

भोटेकोशी बाढी : हवाई उद्धारबाट ३,९२५ जनाको उद्धार, जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र...

भोटेकोशी बाढीमा ११ हजार ९९३ जनाको उद्धार, ३ हजार ९१६ अझै सम्पर्कविहीन

भोटेकोशी बाढीमा ११ हजार ९९३ जनाको उद्धार, ३ हजार ९१६ अझै सम्पर्कविहीन

भोटेकोशी बाढीमा ११ हजार ९९३ जनाको उद्धार, ३ हजार ९१६ अझै सम्पर्कविहीन...

पहिचान भएका शव घरसम्म पुर्‍याउने जिम्मा जिल्ला विपद् व्यवस्थापन समितिलाई

पहिचान भएका शव घरसम्म पुर्‍याउने जिम्मा जिल्ला विपद् व्यवस्थापन समितिलाई

पहिचान भएका शव घरसम्म पुर्‍याउने जिम्मा जिल्ला विपद् व्यवस्थापन समितिलाई...

मुख्य राजमार्गका विभिन्न खण्डमा यातायात अवरुद्ध, रसुवा र धादिङमा बढी समस्या

मुख्य राजमार्गका विभिन्न खण्डमा यातायात अवरुद्ध, रसुवा र धादिङमा बढी समस्या

मुख्य राजमार्गका विभिन्न खण्डमा यातायात अवरुद्ध, रसुवा र धादिङमा बढी समस्या...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्