सञ्चार मन्त्रालयका कर्मचारीका लागि आचारसंहिता र प्रतिवद्धता पत्र


अ+
अ-

काठमाडौं, वैशाख २ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मातहतका निकायमा कार्यरत कर्मचारीका लागि आज आचारसंहिता तथा प्रतिवद्धता पत्र लागू गरेको छ। मन्त्रालयले सार्वजनिक गरेको उक्त आचारसंहितामा कर्मचारीको पेशागत आचरण, सेवा प्रवाह, अनुशासन तथा जिम्मेवारी उल्लेख गरिएको छ।
मन्त्रालयका अनुसार कर्मचारीहरूले नेपालको संविधान, प्रचलित कानुन तथा सरकारी नीति–नियमको पूर्ण पालना गर्नुपर्नेछ। साथै, नेपाल सरकारका निर्णय तथा निर्देशनहरूको कार्यान्वयनमा जिम्मेवार भई इमान्दार र निष्पक्ष रूपमा काम गर्नुपर्ने व्यवस्था गरिएको छ।
आचारसंहितामा कर्मचारीहरूले कार्यालयमा रहँदा मर्यादित व्यवहार गर्नुपर्ने, सेवाग्राहीप्रति सम्मानजनक र सहयोगी हुनुपर्ने तथा सेवा प्रवाह छिटो, छरितो र गुणस्तरीय बनाउनुपर्ने उल्लेख छ। कुनै पनि प्रकारका गुनासा, उजुरी वा फाइल सम्बन्धी कामलाई अनावश्यक रूपमा ढिलाइ नगरी समयमै सम्बोधन गर्न पनि निर्देशन दिइएको छ।
त्यस्तै, कर्मचारीहरूले कार्यालय पोशाक तथा पहिचान झल्किने पोशाक प्रयोग गर्नुपर्ने, कार्यालय समयमा अनुशासित रहनुपर्ने र आफ्ना जिम्मेवारीप्रति उत्तरदायी हुनुपर्ने उल्लेख गरिएको छ। सेवाग्राही, विशेषगरी वृद्ध, अपांगता भएका व्यक्ति, गर्भवती महिला तथा बालबालिकालाई प्राथमिकताका साथ सेवा दिनुपर्ने व्यवस्था पनि गरिएको छ।
आचारसंहितामा कार्यस्थललाई स्वच्छ, सुरक्षित र व्यवस्थित राख्नुपर्ने, प्रविधिको सदुपयोग गर्नुपर्ने तथा सहकर्मीबीच सहयोगात्मक वातावरण कायम गर्नुपर्नेमा पनि जोड दिइएको छ।
मन्त्रालयले आचारसंहिता कार्यान्वयनका लागि सम्बन्धित कर्मचारीबाट प्रतिबद्धता पत्रसमेत लिने व्यवस्था गरेको जनाएको छ। उक्त प्रतिबद्धतामा कर्मचारीहरूले आचारसंहिताका सबै बुँदाहरू पूर्ण रूपमा पालना गर्ने प्रतिवद्धता जनाउनुपर्नेछ।
मन्त्रालयका अनुसार यस कदमले सेवा प्रवाहलाई प्रभावकारी बनाउनुका साथै सुशासन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरेको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित...

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ...

विद्यालयका सवारी चालकबाट मादक पदार्थ सेवन

विद्यालयका सवारी चालकबाट मादक पदार्थ सेवन

विद्यालयका सवारी चालकबाट मादक पदार्थ सेवन...

बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि...

बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि...

बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि......

कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन

कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन

कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन...

समस्याग्रस्त सहकारीका ऋणीहरूको नामावली सार्वजनिक, ऋण चुक्ता गर्न आग्रह

समस्याग्रस्त सहकारीका ऋणीहरूको नामावली सार्वजनिक, ऋण चुक्ता गर्न आग्रह

समस्याग्रस्त सहकारीका ऋणीहरूको नामावली सार्वजनिक, ऋण चुक्ता गर्न आग्रह...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्