काठमाडौँ, चैत २८ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी कार्यालयहरूमा लामो समयदेखि रोकिएका फाइलहरूको टुंगो लगाउन ‘शून्य बाँकी फाइल सप्ताह’ (जिरो पेन्डिङ फाइल वीक) अभियान सञ्चालनसम्बन्धी मार्गदर्शन, २०८२ स्वीकृत गरेको छ।
सरकारी कार्यालयमा दर्ता भएका फाइल, सुरु भएका टिप्पणी, तथा विभिन्न तह र ठेक्कामा अनावश्यक रूपमा थन्किएका सरोकारका विषयहरूले सेवाप्रवाहमा प्रभाव पार्दै आएको भन्दै कार्यालयले यो अभियान अघि सारेको हो। मार्गदर्शनअनुसार फाइलहरूमा निर्णयमा ढिलाइ गर्ने, आफूसँगको कानूनी अधिकार प्रयोग नगरी अनावश्यक रूपमा माथिल्लो तहमा पठाउने प्रवृत्तिलाई रोक्नुपर्ने उल्लेख छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हिजाे शुक्रबारको निर्णयानुसार सबै सरकारी कार्यालयहरूलाई उक्त मार्गदर्शन कार्यान्वयन गरी प्रतिवेदन पेस गर्न–गराउन निर्देशन दिइसकेको छ।
More from NewaTimes
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ...
बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि...
बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि......
कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन
कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन...
समस्याग्रस्त सहकारीका ऋणीहरूको नामावली सार्वजनिक, ऋण चुक्ता गर्न आग्रह
समस्याग्रस्त सहकारीका ऋणीहरूको नामावली सार्वजनिक, ऋण चुक्ता गर्न आग्रह...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment