मन्त्रीपरिषद्का सदस्यहरूको मर्यादाक्रम हेरफेर
काठमाडौँ, चैत २४ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीपरिषद्का सदस्यहरूको मर्यादाक्रम हेरफेर गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) मर्यादाक्रम हेरफेर गरिएको हो ।
नयाँ मर्यादाक्रम अनुसार यसअघि तेस्रो मा रहेका गृहमन्त्री सुधन गुरुङ ५ औँ नम्बरमा पुगेका छन् ।
दोस्रोमा डा स्वर्णिम वाग्ले यथावत् रहँदा तेस्रोमा परराष्ट्रमन्त्री शिशिर खनाल र चौथोमा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ रहेका छन् ।
यसपछि छैठौंमा सुनिल लम्साल मन्त्री भौतिक पूर्वाधार तथा यातायात; सहरी विकास, सोभिता गौतम मन्त्री कानून, न्याय तथा संसदीय मामिला, सीता बादी मन्त्री महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, प्रतिभा रावल मन्त्री सङ्घीय मामिला तथा सामान्य प्रशासन; भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, निशा मेहता मन्त्री स्वास्थ्य तथा जनसङ्ख्या; खानेपानी, सम्मित पोखरेल मन्त्री शिक्षा, विज्ञान तथा प्रविधि; युवा तथा खेलकुद, खडकराज पौडेल मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, डा. विक्रम तिमिल्सना मन्त्री सञ्चार तथा सूचना प्रविधि, गीता चौधरी मन्त्री कृषि तथा पशुपन्छी विकास; वन तथा वातावरण
र दीपक कुमार साह मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षालाई क्रमशः मर्यादाक्रममा राखिएको जनाएको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यबाट आज सार्वजनिक विज्ञप्तिमा उक्त जानकारी गराईएकाे छ ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment