"म प्रश्नभन्दा माथि छैन” — रक्षा बमको स्पष्ट सन्देश, आलोचना र धम्कीले नडगमगिने अडान


अ+
अ-

काठमाडौं, चैत ९ । जेनजेड आन्दोलनकी अगुवा रक्षा बम ले आफू प्रश्नभन्दा माथि नरहेको तर आलोचना र प्रश्न सोध्ने तरिकाप्रति भने सचेत रहिरहने बताएकी छन्। उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको लामो धारणा पत्रमा आन्दोलनपछिका गतिविधि, सरकारसँगको सम्पर्क, सडक संघर्ष र पछिल्ला विवादबारे आफ्नो धारणा स्पष्ट पारेकी हुन्।
माइतीघरमा केही दिनअघि आफूमाथि आफ्नै उमेर समूहका घाइते आन्दोलनकारीहरूले प्रश्न उठाएको भिडियो सार्वजनिक भएपछि बमले प्रतिक्रिया दिएकी हुन्। उनले भिडियोमा उठाइएका धेरै आरोपहरू निराधार भएको दाबी गर्दै “प्रधानमन्त्री र गृहमन्त्रीसँग पहुँच हुँदाहुँदै पनि किन सडकमा?” भन्ने प्रश्नलाई भने स्वाभाविक मानेकी छन्।
उनका अनुसार आन्दोलनपछि बनेको राजनीतिक परिस्थितिमा चुनाव सुनिश्चित गर्न र आन्दोलनका मुद्दा संस्थागत गर्न आफूले सरकारका उच्च तहसँग भेटघाट गर्दै आएको भए पनि ती भेटहरू व्यक्तिगत स्वार्थका लागि नभएको स्पष्ट पारेकी छन्। “हरेक भेटमा मैले प्रश्न मात्रै सोधेँ, प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरेँ,” उनले लेखेकी छन्। तर संवाद र आग्रहबाट पनि राज्य गम्भीर नदेखिएपछि आफू सडक संघर्षमा फर्किन बाध्य भएको उनको भनाइ छ।
बमले आन्दोलनका घाइतेहरूको आक्रोशलाई स्वाभाविक र न्यायसंगत ठहर गर्दै राज्यले अझैसम्म प्रतिवेदन सार्वजनिक नगर्नु र न्याय दिन नसक्नु असक्षमता भएको उल्लेख गरेकी छन्। घाइते तथा पीडितहरूले पाउनुपर्ने क्षतिपूर्ति, सेवा–सुविधा र न्यायका लागि आफू सधैँ साथमा रहने प्रतिबद्धता पनि उनले जनाएकी छन्।
तर लोकतन्त्रको विपक्षमा उभिने प्रवृत्तिसँग भने आफू असहमत रहने उनको स्पष्ट अडान छ। “चर्को स्वर, धम्की वा दुर्व्यवहारले म डगमगाउने छैन,” उनले लेखेकी छन्।
साथै, बिना प्रमाण व्यक्तिगत आरोप, चरित्रहत्या र भ्रामक सूचना फैलाउने गतिविधिले आन्दोलनलाई नै कमजोर बनाउने र समाजमा अराजकता निम्त्याउने चेतावनी पनि उनले दिएकी छन्।
अन्त्यमा, भिडियो सार्वजनिक भएपछि आफूले पाएको समर्थन र आलोचना दुवैप्रति आभार व्यक्त गर्दै उनले आलोचनाले आफूलाई अझ उत्तरदायी बनाएको उल्लेख गरेकी छन्। “म प्रश्नभन्दा माथि छैन, तर प्रश्न सोध्ने तरिकाबारे भने म सधैं आलोचनात्मक रहनेछु,” उनको निष्कर्ष छ।
उनले जेनजेड आन्दोलनकाे प्रतिवेदन सार्वजनिक गर्न अनुरोध गरेकी छन् ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय...

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित...

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ...

विद्यालयका सवारी चालकबाट मादक पदार्थ सेवन

विद्यालयका सवारी चालकबाट मादक पदार्थ सेवन

विद्यालयका सवारी चालकबाट मादक पदार्थ सेवन...

बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि...

बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि...

बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि......

कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन

कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन

कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्